NE/Prabhupada 0398 - श्री कृष्ण-चैतन्य प्रभु तात्पर्य



Purport to Sri Krsna Caitanya Prabhu -- Los Angeles, January 11, 1969


श्री-कृष्ण​-चैतन्य प्रभु दोया कोरो मोरे, तोमा बिना के दोयालु जगत​-मायारे | यो भजन नरोत्तम दास ठाकुरले लेख्नु भएको छ | उहाँले चैतन्य महाप्रभुलाई प्राथना गर्दै हुनुहुन्छ " मेरो प्यारो भगवान, कृपया म माथि दया गर्नुहोस्, किनकि तपाईभन्दा दयालु यो दिन लोकमा को हुनसक्छ ?" वास्तवमा, यो तथ्य हो | नरोत्तम दास ठाकुर मात्रै नभएर रुप गोस्वमीले पन, उहाँले नि चैतन्य महाप्रभुसँग प्राथना गर्नुहुन्छ जब उहाँहरु प्रयागमा भेट्नु हुन्छ, चैतन्य महाप्रभु र रुप गोस्वमीको प्रयागको पहिलो भेट मा | त्यो समयमा श्रीला रुप गोस्वमिले भन्नुहुन्छ, " मेरो प्यारो भगवान, तपाई सबै अवतार मध्ये सबैभन्दा उदार हुनुहुन्छ | किनकि तपाईले कृष्णप्रेम वितरण गर्नुभएको छ, कृष्ण चेतना |" अर्को शब्दमा, जब कृष्ण व्यक्तिगत रूपमा हुनुहुन्थ्यो, उहाँले केवल समर्पण गर्न भन्नुभयो, तर उहाँले व्यक्तिगत रुपमा वितरण गर्नुभएन | उहाँले शर्त राख्नुभयो " पहिला तिमि समर्पण गर |" तर यहाँ, यो अवतारमा, चैतन्य महाप्रभु, चाहे उहाँ कृष्ण हुनुहुन्त्यो, उहाँले केहि शर्त राख्नुभएन | उहाँले केवल विस्तार गर्नुभयो, "कृष्णको प्रेम लिऊ |" त्यसैले चैतन्य महाप्रभुलाई उदार अवतार पनि भनिन्छ, र नरोत्तम दास ठाकुर भन्नुहुन्छ " कृपया म माथि कृपा गर्नुहोस् | तपाई यति उदार हुनुहुन्छ किनकी तपाईले यो युगको बद्ध जीवहरु लाई देख्नु भएको छ , र तपाई उनीहरुमा धेरै दयालु हुनुहुन्छ | तर तपाईलाई यो थाहा हुनुपर्छ कि म सबै भन्दा पतित छु | कोहि पनि म भन्दा पतित छैन |" पतित​-पावन​-हेतु तव अवतार​ |" तपाईको अवतर केवल बद्ध जीवहरुको उद्धारका लागि हो | तर म तपाईलाई आश्वासन गर्छु कि तपाईले म भन्दा पतित कहिँ पनि पाउँनु हुन्न त्यसैले मेरो मांग पहिला आउँछ |" अनि उहाँले नित्यानन्द प्रभुसँग प्राथना गर्नुहुन्छ | उहाँ भन्नुहुन्छ, हा हा प्रभु नित्यानन्द​, प्रेमानन्द सुखी | " मेरो प्यारो नित्यानन्द प्रभु, तपाई सधै आनन्दित हुनुहुन्छ, अध्यात्मिक परमानंदमा र तपाई सधै खुसि देखिनुहुन्छ | त्यसैले म तपाईको मा आएको छु किनकि म सबै भन्दा दुखि छु | त्यसैल्र यदि तपाईले आफ्नो नजर ममा पर्नुभयो भने म पनि खुशी हुन्छु |" त्यसपछि उहाँले अद्वैत प्रभुसँग प्राथना गर्नुहुन्छ: हा हा प्रभु सीता-पति अद्वैत गोसाइ | अद्वैत प्रभुको श्रीमतीको नाम सिता थियो | तसर्थ उहाँलाई कहिले कहिँ सिता-पति भनिन्छ | त " मेरो प्यारो अद्वित प्रभु, सिताको पति, कृपया म माथि दया गर्नुहोस् , किनकि यदि तपाई म माथि दया गर्नुभयो भने चैतन्य महाप्रभु र नित्यानन्द प्रभु म माथि स्वतः दया गर्नुहुन्छ |" त्यसको कारण वास्तवमा, अद्वैत प्रभुले चैतन्य महाप्रभुलाई बोलाउनु भएको हो | जब अद्वैत प्रभुले यी बद्ध जीवहरु देख्नुभयो, उनीहरु केवल इन्द्रिय तृप्तिमा संलग्न थिए कृष्ण चेतनाको बारे नबुझी, उहाँ बद्ध जीवहरुमा धेरै दयावान हुनुभयो, र उहाँले आफुलाई ति बद्ध जीवहरुको उद्धार गर्न योग्य सम्झिनु भएन | त्यसैले उहाँले भगवान कृष्णको सामु प्राथना गर्नुभयो " तपाई आफै आउनुहोस् | तपाईको व्यक्तिगत उपस्थिति नभई यी बद्ध जीवहरुको उद्धार हुन सम्भव छैन |" त उहाँको निमन्त्रणामा चैतन्य महाप्रभु आउनुभयो |" प्राकृतिक रूप ..." नरोत्तम दास ठाकुरले अद्वैत प्रभुलाई प्राथना गर्नुहुन्छ " यदि तपाईले म माथि दया गर्नुभयो भने, प्राकृतिक रूपमै चैतन्य महाप्रभु र नित्यानन्द प्रभु म माथि दयावान हुनुहुन्छ |" त्यसपछि उहाँले गोस्वमीहरु सँग प्राथना गर्नुभयो | हा हा स्वरूप​, सनातन​, रूप​, रघुनाथ​ | " मेरो प्यारो गोस्वमी प्रभुहरु, " स्वरुप | स्वरुप दामोदर चैतन्य महाप्रभुको व्यक्तिगत सचिव हुनुहुन्थ्यो | उहाँ सधै चैतन्य महाप्रभुसँग हुनुहुन्थ्यो, र उहाँलाई जे चाहिन्थ्यो त्यो तुरुन्तै मिलाउनु हुन्थ्यो | दुईजना व्यक्तिगत सचिवहरु, स्वरुप दामोदर र गोविन्द, सधै चैतन्य महाप्रभुको साथमा हुन्थे | त नरोत्तम दास ठाकुरले स्वरुप दामोदरसँग प्राथना गर्दै हुनुहुन्छ | र त्यसपछि गोस्वमीहरु | चैतन्य महाप्रभुका अर्का शिष्यहरु छ गोस्वमीहरु हुन् : श्री रुप, श्री सनातन, श्री भट्ट रगुनाथ, श्री गोपाल भट्ट गोस्वमी, जीव गोस्वमी र रघुनाथ दास गोस्वमी | यी छ गोस्वमीहरु चैतन्य महाप्रभुले कृष्ण चेतना अभियान प्रचार गर्न सिधै निर्देशन दिनुभएको छ | नरोत्तम दास ठाकुरले उहाँहरुको कृपालाई प्राथना गर्दै हुनुहुन्छ | र छ गोस्वमी पछि, अर्का आचार्य श्रीनिवास आचार्य हुनुहुन्छ | त उहाँले श्रीनिवास आचार्यसँग प्राथना गर्दै हुनुहुन्छ | वास्तवमा, नरोत्तम दास ठाकुर श्रीनिवास आचार्य पछिको गुरु शिष्य परम्परामा हुनुहुन्छ | वा लगभग समकालीन हुनुहुन्थ्यो | र उहाँको व्यक्तिगत मित्र रामचन्द्र हुनुहुन्छ, रामचन्द्र चक्रवर्ती | त उहाँले प्राथना गर्दै हुनुहुन्छ " म सधै रामचन्द्रको संगको इच्छा गर्छु |" भक्तको संग | यो पुरै प्रक्रिया भनेको हामी सधै महान आचार्यहरुको कृपाको लागि प्राथना गर्नुपर्छ | र हामीले केवल शुद्ध भक्तहरुको संग गर्नुपर्छ | त्यसपछि हामीलाई कृष्ण चेतनामा प्रगति गर्न सजिलो हुन्छ, त कि चैतन्य महाप्रभु र भगवान कृष्णको कृपा प्राप्त हुन्छ | यो नैयो भजनको मूल सार हो जुन नरोत्तम दास ठाकुरले लेख्नुभएको छ |