NE/Prabhupada 0401 - श्री श्री शिक्षाष्टकम तात्पर्यको अंश



Purport Excerpt to Sri Sri Siksastakam -- Los Angeles, December 28, 1968


चैतन्य महाप्रभुले आफ्ना शिष्यहरुलाई कृष्ण भावनाको विज्ञानमा पुस्तक लेख्ने निर्देशन दिनुभयो | यस्तो कार्य जुन उहाँका अनुयायीले वर्तमान समयसम्म पनि सम्पन्न गर्न निरन्तरता दिनुपर्छ | चैतन्य महाप्रभुले सिकाउनुभएको दर्शनमा विस्तार र बयान, वास्तवमा सबभन्दा मोटो, कडा र तर्कयुक्त छन्, संसारको हरेक धार्मिक संस्कृतिको गुरु-शिष्य परम्पराको अटुट प्रक्रियाको कारणले | चैतन्य महाप्रभु, आफ्नो युवावस्थामा विद्वानको रुपमा सुपरिचित भए तापनि, हामीलाई केवल शिक्षाष्टक नामक आठ श्लोकमात्र छाड्नुभयो | श्री कृष्ण संकीर्तनको जय होस्, जसले हृदयमा वर्षौंदेखि जम्मा भएको मैलोलाई सफा पार्छ | तसर्थ बद्ध जीवनको निरन्तर जन्म-मृत्युको चक्करको आगो निभ्छ | दोस्रो श्लोक: हे मेरो प्रभु, केवल हजुरको पवित्र नामले जीवहरुमाथि सम्पूर्ण आशिर्वाद प्रदान गर्न सक्छ र तसर्थ कृष्ण, गोविन्द इत्यादी जस्ता हजुरका लाखौं-करोडौं नाम छन् | यी दिव्य नामहरुमा हजुरले आफ्नो सम्पूर्ण दिव्य शक्ति प्रदान गर्नुभएको छ, र यी पवित्र नाम जप्ने कुनै कडा नियम पनि छैन | हे मेरो प्रभु, हजुरले कृपा गरेर आफ्नो पवित्र नामद्वारा हजुर समक्ष पुग्न सजिलो बनाउनुभएको छ, तर म यति अभागी छु कि, मसँग ती नाम प्रति कुनै आकर्षण छैन | तीन | एक मानिसले भगवानको पवित्र नामको जप मनको विनम्र अवस्थामा गर्न सक्छ, आफुलाई बाटोको घाँसभन्दा तुच्छा सम्झेर, रुखभन्दा सहनशील सम्झेर, झुठो प्रतिष्ठाको सम्पूर्ण विचारबाट मुक्त भएर र सबैलाई सम्मान प्रकट गर्न तयार भएर | मनको त्यस्तो अवस्थामा उसले भगवानको पवित्र नामको जप निरन्तर गर्न सक्छ |