NE/Prabhupada 0400 - श्री श्री शिक्षाष्टकम तात्पर्य



Purport to Sri Sri Siksastakam, CDV 15

चेतो-दर्पण​-मार्जनम भव​-महा-दावाग्नि-निर्वापणं श्रेय:​-कैरव​-चन्द्रिका-वितरणं विद्या-वधू-जीवनम्,
आनन्दाम्बुधि-वर्धनं प्रति-पदं पूर्णामृतास्वादनं सर्वात्म​-स्नपनं परं विजयते श्री-कृष्ण​-सङ्कीर्तनम्

चैतन्य महाप्रभुले हामीलाई उहाँको लक्ष्यको आठ ओटा छंद दिनुभएको छ, उहाँले के गर्न खोज्दै हुनुहुन्थ्यो | यिनीहरुलाई आठओटा छंदमा व्याख्या गरिएको छ, यिनीहरुलाई शीक्षाष्टक​ भनिन्छ | शिक्षा भनेको निर्देशन, आष्टक भनेको आठ | त आठ ओटा छंदमा लेख्रेर आफ्नो निर्देशन दिनुभएको छ, र उहाँको अर्को शिष्य, छ गोस्वमीहरु, उहाँहरुले यसलाई आफ्ना पुस्तकहरुबाट दर्शाउनु भएका छन् | त चैतन्य महाप्रभुको विषय भनेको परं विजयते श्री-कृष्ण​-सण्कीर्तनम्: हरे कृष्ण मन्त्र वा कृष्ण संकिर्तन अभियानको जय होस् | जय होस् | सर्व विजयी | यो कसरी सर्व विजयी भयो ? त्यो उहाँले व्याख्या गर्नुभएको छ, चेतो-दर्पण​-मार्जनम् | यदि तिमीले यो हरे कृष्ण मन्त्र जप गर्यौ भने, तिम्रो हृदयमा भएको कल्मस हटेर जान्छ, जुन भौतिक प्रदुषणले गर्दा भरिएको थियो, हटेर जान्छ | उहाँले उदाहरण दिनु हुन्छ हृदय ऐना जस्तै हुन्छ | यदि ऐनामा धुलोहरु जम्मा भयो भने, त्यसपछि उसले आफ्नो असली अनुहारको प्रतिबिम्ब दिदैन | त्यसैले, यसलाई सफा गर्नुपर्छ | त हाम्रो अहिलेको बद्ध जीवनमा, हाम्रो हृदय धेरै धुलोले भरिएको छ , अनन्त काल देखिको भौतिक संगले गर्दा त यदि हामीले यो हरे कृष्ण मन्त्र जप गर्यौ भने, त्यो धुलोहरु हट्छन् | यहाँ सम्म कि तुरुन्तै, यसलाई हटाउन सुरु गरिन्छ | र जसरी नै हृदयको ऐना सबै धुलोबाट सफा हुन्छ, तुरुन्तै उसले आफ्नो अनुहार देख्न सक्छ, ऊ के हो | त्यो अनुहार भनेको असली पहिचान हो | हरे कृष्ण मन्त्र जप गरेर, उसले बुझ्न सक्छ ऊ शरीर होइन | यो हाम्रो गलत धारणा हो | धुलो भनेको गलत धारणा हो, यो शरीर र मनलाई आफु भनेर स्वीकार गर्नु | वास्तवमा, हामी यो शरीर र मन हैनौ | हामी आत्मा होउ | त जब हामीले म यो शरीर होइन भनेर बुझ्छौ, तुरुन्तै भव​-महा-दावाग्नि-निर्वापणम् | भौतिक अवस्थाको ज्वावालित आगो, वा भौतिक दुखहरुको ज्वाजलित आगो, तुरुन्तै हटेको हुन्छ | अरु पिडा हुदैन | अहं ब्रह्मास्मि | भागवत-गीतामा भनिएको छ, ब्रह्म​-भूत: प्रसन्नात्मा | तुरुन्तै उसले आफ्नो वास्तविक पहिचान एक आत्मा भनेर बुझ्छ, र ऊ हर्सित हुन्छ | हामी हर्षित छैनौ | हाम्रो भौतिक सम्पर्कले गर्दा, हामी चिन्ताले भरिएका छौ | हरे कृष्ण मन्त्र जप गरेर, हामी तुरुन्तै हर्षित जीवनको स्थितिमा आउँछौ | भव​-महा-दावाग्नि-निर्वापणम् | र यसलाई मुक्ति भनिन्छ | र जब एक हर्सित हुन्छ, पुरै चिन्ताबाट मुक्त हुन्छन्, यो स्थिति भनेको वास्तविक मुक्ति हो किनकि हरे प्राणी, आत्माको स्वभावले नै हर्षित हुनुहुन्छ | यो सबै बाच्नका लागी संघर्षले केवल त्यो हर्षित अवस्था खोज्दै छ, तर उसले त्यो बिन्दु भेटाएको छैन | तसर्थ, हर्षित जीवनको हरेक प्रयासमा हामी पराजित भएका छौ | यो लगातारको हारलाई हामीले तुरुन्तै हरे कृष्ण मन्त्र जप गरेर हटाउन सक्छौ | यो यस दिव्य मन्त्रको असर हो | र मुक्ति पछि, हर्षित भएर, भौतिक खुसि घट्छ | जुनसुकै हर्ष तिमी भोग गर्न चहान्छौ, त्यो घट्ने छ | उदाहरणको लागी खान लिऊ | यदि हामीलाई केहि मिठो खानेकुरा खान मनलाग्छ, केहि गाँस खाए पश्च्यात हामीले अरु खान सक्दैनौ | त्यो भनेको यो भौतिक दुनिया,हामीले जे पनि हर्ष स्वीकार गर्छौ त्यो घट्दै जान्छ | तर अध्यात्मिक हर्ष, चैतन्य महाप्रभु भन्नुहुन्छ आनन्दाम्बुधि-वर्धनम्, अध्यात्मिक हर्ष समुन्द्र जस्तै हुन्छ | तर यो भौतिक दुनियामा, हामीसँग अनुभव छ त्यो समुन्द्र बढ्दैन | त्यो समुन्द्र आफ्नो सिमासम्म मात्रै हुन्छ | तर अध्यात्मिक खुसीको सिमा बढ्छ | अनन्दाम्बुधि-वर्धनम् | स्रेय​:-कैरव​-चन्द्रिका-वितरणम् | यो कसरी बढ्छ ? उहाँले उदाहरण दिदै हुनुहुन्छ, चन्द्रमा उदाएको जस्तै | जसरी वर्धन चन्द्रमा | जसरी नव चन्द्रमा पछिको दिनको चन्द्रमा, नव चन्द्रमा रात, पहिलो दिन त्यो केवल एउटा वक्र जस्तै हुन्छ | तर दोस्रो दिन, तेस्रो दिन बिस्तारै बढ्छ, बिस्तारै बढ्छ | त्यसरी नै, अध्यात्मिक जीवन, अध्यात्मिक खुसिपनि चन्द्रमाको किरणजस्तै दिन प्रति दिन बढ्छ, जब सम्म त्यो पुर्णिमामा सम्म पुग्छ, हो त चेतो-दर्पण​-मार्जनम भव​-महा-दावाग्नि-निर्वापणम्, श्रेय:​-कैरव​-चन्द्रिका-वितरणम विद्या-वधू-जीवनम् | र जीवन पूर्ण ज्ञानले भरिएको हुन्छ किनकि अध्यात्मिक जीवन भनेको शाश्वत जीवन हो, पूर्ण आनंद र पूर्ण ज्ञानले भरिएको | त हामीले हाम्रो हर्षको परिमाण बढाउछौ, किनकि त्यहि हिसाबले हामीले हाम्रो ज्ञानको परिमाण बढाउछौ | श्रेय:​-कैरव​-चन्द्रिका-वितरणम विद्या-वधू-जीवनम्, आनन्दाम्बुधि-वर्धनं | यो समुन्द्र जस्तै छ, तर अझै त्यो बढ्छ | अनन्दाम्बुधि-वर्धनं​, सर्वात्म​-स्नपनं​ | यो राम्रो हो कि एक जीवनको यो स्थितिमा स्थित हुन्छ, र एकले सोच्छ " म पूर्णरुपमा सन्तुस्ट छु |" सर्वात्म​-स्नपनं | जसरि जब एक मानिसले पानीमा डुबकी लगाउन साथ तुरुन्तै ताजा हुन्छ | त्यसरी नै, अध्यात्मिक जीवनको हर्ष दिन दिनै बढेर, उसलाई पूर्ण सन्तुस्टीको अनुभव गर्दछ |