NE/Prabhupada 0408 - उग्र-कर्म भनेको उद्दण्ड गतिविधिहरु



Cornerstone Laying -- Bombay, January 23, 1975


जस्तै हामी उद्योगहरुको बारेमा बोल्दै थियौं | उद्योगहरु, भगवद गीतामा तिनीहरुलाई उग्र-कर्मको रुपमा वर्णित छ | उग्र-कर्म भनेको उद्दण्ड गतिविधिहरु | जीविकोपार्जनको लागि, हामीलाई आफ्नो पोषण चाहिन्छ | आहार​-निद्रा-भय​-मै... यी भौतिक शरीरका प्रमुख आवश्यकता हुन् | त्यसको लागि, कृष्णले भन्नुभएको छ, अन्नाद् भवन्ति भूतानि (भ गी ३|१४) | अन्न-भनेको खाद्यान्न- हामीलाई चाहिन्छ | अन्नाद् भवन्ति भूतानि | कृषीबाट हामीले धेरै सजिलै अन्न उत्पादन गर्न सक्छौं | अर्को स्थानमा, कृष्णले भन्नुहुन्छ, कृषि-गो-रक्ष्य​-वाणिज्यं वैश्य​-कर्म स्वभाव​-जम् (भ गी १८|४४) | हामीले आफ्नो पोषणको लागि पर्याप्त अन्न उत्पादन गर्नसक्छौं, र सारा संसारमा पर्याप्त जमिन छ | म संसारभरि कम्तिमा चौध पटक भ्रमण गरेको छु | पछिल्लो आठ वर्षमा, मैले सारा संसारभरि यात्रा गरेको छु, आन्तरिक पनि | मैले देखेको छु कि त्यहाँ पर्याप्त जमिन छ, विशेषगरी अफ्रिकामा, अस्ट्रेलियामा, अमेरिकामा, र हामीले यति धेरै अन्न उत्पादन गर्नसक्छौं कि वर्तमान जनसंख्याको दश गुणालाई सजिलै पोषण गर्न सकिन्छ | दश गुणा | खानाको कुनै कमी छैन | तर कठिनाई यो छ कि हामीले सिमा खिचेका छौं,"यो मेरो जमिन हो |" कोहि भन्छ, "यो अमेरिका हो, मेरो जमिन," "अस्ट्रेलिया, मेरो जमिन," "अफ्रीका, मेरो जमिन," "भारत, मेरो जमिन," | यो "मेरो" र "म" | जनस्य मोहो ऽयम् अहं ममेति (श्री भा ५|५|८) | यसलाई भ्रम भनिन्छ, कि "म" र "मेरो" | "म यो शरीर हुँ र यो मेरो सम्पत्ति हो |" यसलाई भ्रम भनिन्छ | र यो भ्रम, यदि हामी यस भ्रमको स्तरमा उभिन्छौं, तब हामी पशुभन्दा राम्रो हुँदैनौं | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः यत्-तीर्थ​-बुद्धिः सलिले न कर्हिचिज् जनेषु अभिज्ञेषु स एव गो-खरः (श्री भा १०|८४|१३) गो भनेको गाई र खर: भनेको गधा | जो जीवनको शारीरिक अवधारणामा छन्, अहं ममेति (श्री भा ५|५|८), तिनीहरु गधा र गाईहरुभन्दा राम्रो छन्, भनेको पशुहरु | यो चल्दैछ | मैले तपाईको धेरै समय लिनेछैन, तर म तपाईलाई सम्झाउने प्रयास गर्छु, कृष्ण भावनामृत अभियानको प्रयोजन के हो | यस कृष्ण भावनामृत अभियानको प्रयोजन भनेको मानव समाजलाई पशु, गाई र गधा बन्नबाट जोगाउनु हो | यो अभियान हो | तिनीहरुले आफ्नो सभ्यताको स्थापना..... भगवद गीतामा भनिएको अनुसार, पशु वा आसुरी सभ्यता, सुरुवात भनेको प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुराः हो | आसुरी, दानवी सभ्यतालाई थाहा छैन कि हामीले आफुलाई कसरी मार्गदर्शन गर्नुपर्छ, जीवनको पूर्णता प्राप्त गर्नको लागि, प्रवृत्ति र निवृत्ति, र कुन हामीले नलिने- अनुकूल र प्रतिकूल | मानव जीवन..... सबजनालाई थाहा छ,"यो मेरो लागि अनुकूल छ र यो मेरो लागि प्रतिकूल छ |" आसुरा: जना, जो दानवी व्यक्ति छन्, तिनीहरुलाई यो थाहा छैन, कि "मेरो लागि के अनुकूल छ र के प्रतिकूल छ |" प्रवृत्तिं निवृत्तिं च जना न विदुर् आसुराः, न शौचं नापि चाचारः, "त्यहाँ कुनै सरसफाई छैन, न राम्रो व्यवहार छ |" न सत्यं तेषु विद्य​...... "र तिनीहरुको जीवनमा कुनै सत्यता छैन |" यो आसुरी हो | हामीले धेरै पटक सुनेका छौं, "असुरहरु," "आसुरी सभ्यता," "दानवी सभ्यता |" यो सुरुवात हो | प्रवृत्तिं च निवृत्तिं च जना न विदुर् आसुराः न शौचं नापि चाचारो न सत्यं तेषु... (भ गी १६|७) सत्यं, कुनै सत्यता छैन | र प्रथम-श्रेणीको जीवन भनेको ब्राह्मण जीवन | सत्यं शौचं तपो | सुरुवात सत्यं हो | आसुरी जीवनमा कुनै सत्य हुँदैन, र मानव जीवनमा प्रथम-श्रेणीको जीवन, ब्राह्मणहरु, सत्यं शौचं तपो, र तितिक्ष आर्जवः आस्तिक्यं ज्ञानं विज्ञानम् | यो प्रथम-श्रेणीको जीवन हो | त्यसैले हाम्रो कृष्ण भावनामृत अभियान आदर्श वर्गका मानिस सिर्जना गर्न हो, सत्यं शौचं तपो शमः दमः तितिक्षः सहितका प्रथम श्रेणीका मानिस | यो भागवत सभ्यता हो | र यो भागवत सभ्यता सारा संसारलाई भारतले दिन सक्छ | यो भारतको विशेषाधिकार | किनकि भरातभन्दा टाढाका अरु देशहरुमा, तिनीहरु लगभग आसुरि-जना र उग्र​-कर्म​ छन् | उद्योगहरु र अरु उग्र-कर्म पाश्चात्य देशबाट आएको छ | तर यस प्रकारले मानिस कहिल्यै खुसी हुनेछैनन् | भगवद गीताको सोह्रौं अध्यायमा यो कुरा धेरै विस्तृत रुपमा व्याख्या गरिएको छ | दुष्पूर अकङ्क्ष​ | तिनीहरुको इच्छा भौतिक विकासबाट कहिल्यै सन्तुष्ट हुँदैन | तिनीहरुलाई थाहा छैन | तिनीहरुले बिर्सदैछन् | त्यसैले हामीले बम्बई छान्यौं | बम्बई शहर उत्कृष्ट शहर हो, भारतमा सबभन्दा विकसित | र मानिसहरु पनि धेरै राम्रा छन् | तिनीहरुको झुकाव धार्मिक गतिविधिमा छ | तिनीहरु धनी छन् | तिनीहरुले राम्रो कुराहरु धेरै सजिलै स्विकार्छन् | तसर्थ मैले यो केन्द्र स्थापना गर्न इच्छा गरेको हुँ, बम्बई, कृष्ण भावनामृत अभियान फैलाउन | मेरो प्रयासमा धेरै बाधा भए तापनि, संत्यमा यो कृष्णको कार्य हो | यो सफल हुनेछ | त्यसैले आज....... सिलान्यास कार्यक्रम दुई वर्ष अगाडी समापन भएको थियो, तर आसुरी जनाबाट धेरै, धेरै बाधा सिर्जना भएको थियो | अहिले, कुनै तरिकाले हामीले त्यस्ता बाधाहरुबाट थोरै राहत पाएका छौं | त्यसैले आज पुण्य तिथिमा हामीले यो सिलान्यास कार्यक्रम गर्दैछौं र मलाई धेरै खुसी लाग्यो कि तपाईहरुले हामीलाई साथ दिनुभएको छ |