NE/Prabhupada 0413 - हामी जप गरेर पूर्णताको सर्वोच्च स्तरमा आउन सक्छौं



Lecture on SB 1.16.26-30 -- Hawaii, January 23, 1974


जपका तीन स्तर छन् | स्रुरुवातमा एक प्रकारको जप अपराधसँग हुन्छ | दश प्रकारका अपराधहरु छन् | हामीले धेरै पटक वर्णन गरिसक्यौं | यदि हामीले अपराध सहित जप गर्छौं, त्यो एक स्तर हो | यदि हामी अपराध बिना जप गर्छौं, त्यो एक स्तर हो | र यदि हामी शुद्ध जप गर्छौं....... अपराध बिना तर शुद्ध होइन | तपाईले अपराध रहित बनाउने प्रयास गर्दै हुनुहुन्छ, तर भइसकेको छैन | तर आजबा शुद्ध जप हुन्छ, त्यो सफलता हो | नाम, नामाभास र शुद्ध-नाम | हाम्रो लक्ष्य भनेको..... यो छलफल भइसक्यो | तपाईले चैतन्य-चरिताम्रितामा पाउनुहुन्छ, हरिदास ठाकुर र एक ब्राह्मणबीचको वार्ता | हामी पूर्णताको सर्वोच्च स्तरमा जपद्वारा पुग्न सक्छौं | सुरुवातमा अपराध हुन सक्छ, तर यदि हामी अपराधबाट बच्ने प्रयास गर्छौं, त्यो नामाभास हुन्छ | नामाभास भनेको वास्तवमा शुद्ध नाम होइन तर लगभग शुद्ध | नामाभास र शुद्ध-नाम | जब कसैले भगवानको पवित्र नाम, शुद्ध-नाम जप्छ, तब ऊ कृष्ण-प्रेमको स्तरमा हुन्छ | त्यो पूर्णताको स्तर हो | र नामाभास स्तरमा, शुद्ध होइन, तटस्थ, शुद्ध र आपराधको बिचमा, त्यो मुक्ति हो | तपाई मुक्त बन्नुहुन्छ, भौतिक बन्धनबाट मुक्त | र यदि हामीले अपराधसँग जप्छौँ, तब हामी भौतिक जगतमा रहन्छौं | भक्तिविनोद ठाकुरले भन्नुभएको छ, नामाकार बहिर हय नाम नाहि हय​ | यो यान्त्रिक हो,"हरे कृष्ण, हरे कृष्ण, हरे कृष्ण," तर पनि यो हरे कृष्ण होइन | नामाकार, नाम बहिर हय, नामाकार, नाम नाहि हय​ | त्यसैले हामीले शुद्ध रुपले जप्नुपर्छ | तर हामी निराश हुनुहुँदैन | अशुद्ध पनि..... तसर्थ हामीले जप विधि निर्धारण गरेका छौं | किनकि हामी शुद्ध स्तरमा छैनौं | तसर्थ, बलपूर्वक...... जस्तै विद्यालयमा एक बालक | हामीले आफ्नो बाल्यकालको विद्यालयमा यो अभ्यास प्राप्त गरेका थियौं | हाम्रो शिक्षकले मलाई सोध्नुहुन्थ्यो,"तिमि दश पाना लेखा, हस्तलेखन |" त्यो भनेको दश पाना अभ्यास गरेर मेरो हस्तलेखन राम्रो हुनेछ | त्यसैले हामीले सोह्र माला पुरा गर्दैनौं भने हरे कृष्ण जप्नुको प्रश्न कहाँ उठ्छ ? त्यसैले कृत्रिम नहुनुहोस् | एउटा देखावटी सिसिजस्तो नबन्नुहोस् | वास्तविक कुरा बन्नुहोस् | र त्यो चाहिएको छ | यदि तपाई अध्यात्मिक जीवनको वास्तविक फाइदा चाहनुहुन्छ, देखावटी सिसिजस्तो नबन्नुहोस् | तपाईलाई देखावटी सिसि थाहा छ ? औषधि पसलमा एउटा ठुलो सिसि हुन्छ | त्यसमा पानीमात्र हुन्छ | र रङ्ग रातो वा निलो वा त्यस्तै हुन्छ | तर वास्तविक औषधिलाई चाहिंदैन.......(सँगै:) होइन, अहिले होइन | वास्तविक औषधिलाई देखावटी सिसि चाहिंदैन | एउटा सानो...... यदि कसैले अपराध बिना जपना सक्छ, एक पटक कृष्ण-नाम, ऊ सम्पूर्ण भौतिक बन्धनबाट मुक्त हुन्छ | एक पटकमात्र | एक कृष्ण नामे यत पाप हय​, पापी हय तत पाप करि बरो नाहि | त्यसैले शौचम्, शौचम् भनेको भित्रि सरसफाई र बाहिरी सरसफाई | भित्र, हामी शुद्ध हुनुपर्छ, शुद्ध रुपमा सोच्ने, कुनै समिश्रण बिना | हामीले "म शुद्ध छैन; तसर्थ म कसैलाई आफ्नो शत्रुको रुपमा सोच्दैछु |" धेरै लक्षणहरु छन् | त्यसैले शौचम्: एक मानिस भित्र र बाहिर सफा हुनुपर्छ | सत्यं शौचं दया | त्यो दया मैले व्याख्या गरिसकें | दया भनेको पतित जीवप्रति कृपालु हुनु, जो पतित छ, जो पिडामा छ | वस्तवमा, वर्तमान समयमा सम्पूर्ण जनसंख्या पतित छ | कृष्ण भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्य् अहम् (भ गी ४|७) परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्म​-संस्थापनार्थाय सम्भवामि युगे युगे (भ गी ४|८) कलि युगको वर्तमान क्षणमा, तिनीहरु सबै व्यवहारिक रुपमा राक्षस छन् | सबै राक्षस | त्यसैले यदि कृष्ण..... अवश्य पनि, केहि समयमा कृष्ण केवल राक्षसलाई मार्न आउनुपर्नेछ | ती कल्की अवतार हुन् | यसको वर्णन जयदेव गोस्वामीले गर्नुभएको छ | त्यो के हो ? केशव धृत​-कल्कि-शरीर जय जगदीश हरे | कलौ, धूमकेतुम् इव किम् अपि करालम्, म्लेच्छ​-निवह​-निधने कलयसि करवालम् | म्लेच्छ, यस शब्द, यवन, यिनीहरु..... वैदिक भाषामा केहि शब्दहरु छन्, म्लेच्छ​, यवन​ | यवन भनेको मांसभक्षक | यवन | यसको मतलब यो होइन कि केवल युरोपेलीहरु यवन हुन्, र अमेरिकी होइनन्, भारतीयहरु होइनन् | होइन | जसले मासु खान्छ, ऊ यवन हो | यवन भनेको मांसभक्षक | र म्लेच्छ भनेको अशुद्ध | जसले वैदिक सिद्धान्त पालन गर्दैन, उसलाई म्लेच्छ भनिन्छ | जस्ती मुस्लिमहरुले कफिर् भन्छन् | जसले मुस्लिम धर्म पालन गर्दैन, तिनीहरुलाई कफिर् भनिन्छ | यो धार्मिक दृष्टिकोण हो | र इशाईहरुले "हिथेन |" जसले इशाई धर्म पालन गर्दैन, तिनीहरुलाई हिथेन भनिन्छ | यो होइन र ? त्यसैले जसले वैदिक सिद्धान्त पालन गर्दैनन्, उसलाई म्लेच्छ भनिन्छ | समय आउनेछ जब कसैले पनि जीवनको वैदिक सिद्धान्त पालन गर्नेछैन | तसर्थ, म्लेच्छ | म्लेच्छ-निवह, जब सबै मानिसहरु म्लेच्छ बन्नेछन्, कसैले वैदिक सिद्धान्त पालन नगर्ने, म्लेच्छ​-निवह​-निधने, त्यस समयमा कुनै प्रचार हुनेछैन, केवल मार्ने |