NE/Prabhupada 0412 - कृष्ण चाहनुहुन्छ कि यस कृष्ण भावनामृत अभियान फैलियोस्



Conversation with Devotees -- April 12, 1975, Hyderabad


प्रभुपाद: अनाश्रितः कर्म​-फलं कार्यं कर्म करोति यः, स सन्न्यासी (भ गी ६|१) | नाश्रितः कर्....... सबजना आफ्नो इन्द्रियतृप्तिको लागि केहि राम्रो नतिजा आश गर्दैछन् | त्यो आश्रितः कर्म​-फलं हो | उसले राम्रो नतिजाको आश्रय लिएको छ | तर जसले गतिविधिहरुको नतिजाको आश्रय लिंदैन...... यो मेरो कर्तव्य हो | कार्यम् | कार्यम् भनेको "यो मेरो कर्तव्य हो | यो मतलब हुँदैन कि नतिजा के हुन्छ | मैले आफ्नो पूर्ण क्षमताले यो इमान्दारीपूर्वक गर्नुपर्छ | अनि मैले नतिजाको मतलब गर्दिनँ | नतिजा कृष्णको हातमा छ |" कार्यम्: "यो मेरो कर्तव्य हो | मेरो गुरु महाराजले यो भन्नुभयो, त्यसैले यो मेरो कर्तव्य हो | यो मतलब हुँदैन कि यो सफल हुन्छ कि हुँदैन | त्यो कृष्णमा निर्भर हुन्छ |" यस प्रकारले, जो पनि, यदि उसले कार्य गर्छ, ऊ सन्यासी हुन्छ | वस्त्र होइन तर कार्य गर्ने मनोभाव | त्यो सन्यास हो | कार्यम्: "यो मेरो कर्तव्य हो |" स सन्यासी च योगी च | ऊ योगी हो, प्रथम श्रेणीको योगी | जस्तै अर्जुन | अर्जुनले आधिकारिक रुपमा सन्यास ग्रहण गरेनन् | उनी एक गृहस्थ, योद्धा थिए | तर जब उनले धेरै गम्भिरतापूर्वक लिए, कार्यम्- "कृष्ण यो युद्ध चाहनुहुन्छ | मैले आफ्ना आफन्तलाई मारे पनि मतलब छैन | मैले यो गर्नुपर्छ"- त्यो सन्यास हो | सर्वप्रथम उनले कृष्णसँग तर्क गरे कि "यस प्रकारको युद्ध राम्रो होइन," पारिवारिक हत्या र त्यस्तै, त्यस्तै | उनले तर्क गरे | तर भगवद गीता सुने पछी, जब उनले बुझे कि "यो मेरो कर्तव्य हो | कृष्णले मलाई यो गराउन चाहनुहुन्छ |" कार्यम् | त्यसैले उनी गृहस्थ, योद्धा भए पनि, उनी एक सन्यासी हुन् | उनले यो लिए- कार्यम् | कार्यम् भनेको "यो मेरो कर्तव्य हो |" यो वास्तविक सन्यास हो | "कृष्ण चाहनुहुन्छ कि यस कृष्ण भावनामृत अभियान फैलनुपर्छ | त्यसैले यो मेरो कार्यम् हो | यो मेरो कर्तव्य हो | र मेरो अध्यात्मिक गुरुले निर्देशन दिनुभएको छ | त्यसैले मैले गर्नुपर्छ |" यो सन्यास हो | यो सन्यास हो, सन्यास मानसिकता | तर आधिकारिकता छ | त्यो हुनुपर्छ...... त्यो स्वीकार्न सकिन्छ |

भारतीय मानिस: त्यसको केहि मानसिक असर हुन्छ |

प्रभुपाद: अँ | विशेषगरी भारतमा मानिस रुचाउँछन् | सन्यासीले प्रचार गर्न सक्छन् | अन्यथा, सन्यासको सुत्र दिइएको छ- कार्यम्: "तर यो मेरो एकमात्र कर्तव्य हो | त्यति हो | कृष्ण भावनामृत अभियानलाई अघि बढाउनुपर्छ | यो मेरो एकमात्र कर्तव्य हो |" ऊ सन्यासी हो | किनकि कृष्ण व्यक्तिगत रुपमा आउनुहुन्छ, उहाँ माग गर्नुहुन्छ, सर्व-धर्मान् परित्यज माम् एकं शरणं व्रज​ | र चैतन्य महाप्रभु, कृष्ण, उहाँले भन्नुहुन्छ, येइ कृष्ण तत्त्व वेत्थ सेइ गुरु हय​: "जसलाई कृष्णको विज्ञान थाहा छ, ऊ गुरु हो |" र गुरुको कार्य के हो ? यारे देख​, तारे कह ऽकृष्ण​ऽ-उपदेश​: (चै च मध्य ७.१२८) "तिमीले जसलाई भेट्छौ, उसमाथि कृष्णको उपदेशको प्रभाव पार्ने प्रयास गर |" सर्व धर्मान् परित्यज​.... यस प्रकारले, यदि हामीले यो धेरै गम्भिरतापूर्वक लिन्छौं- "यो मेरो कर्तव्य हो"- तब तपाई सन्यासी बन्नुहुन्छ | त्यति हो | स सन्यासी | कृष्णले प्रमाणित गर्नुहुन्छ, स सन्यासी | मानिसहरुले कृष्णको शिक्षालाई गम्भिरतापूर्वक लिएका छैनन् | यो भारतको दुर्भाग्य हो | तिनीहरु कृष्णको यति धेरै प्रतिस्पर्धी ल्याउँदैछन् | ऊ कृष्ण.......र "कृष्ण...... रामकृष्ण कृष्ण बराबर छ |" यो धुर्तताले मारेको छ | तिनीहरुले सबभन्दा ठुलो क्षति पुर्याएका छन् | कृष्णको सट्टा, तिनीहरुले एउटा धुर्त रामकृष्णलाई ल्याएका छन् |

भागवत: भुवनेश्वरमा तिनीहरुको ठुलो मठ छ | भुवनेश्वरमा तिनीहरुको ठुलो रामकृष्ण मठ छ | विवेकानन्द विद्यालय, पुस्तकालय, धेरै जमिन, सबै, धेरै व्यवस्थित |

प्रभुपाद: हामीले पनि त्यो गर्न सक्छौं | हामीले मानिसलाई मनाउनुपर्छ | तिनीहरुसँग प्रतिस्पर्धा गर्ने कुनै प्रश्न छैन | तर तपाई, तपाईले आफ्नो दर्शन जहाँ पनि प्रचार गर्न सक्नुहुन्छ |

भारतीय मानिस: उडिसामा मानिसहरुसँग जे भयो.....

प्रभुपाद: हँ ?

भारतीय मानिस: ...... उनीहरुलाई मनाउने प्रयास गर्ने: होइन, त्यो गलत होर यो मार्ग हो | प्रभुपाद: होइन, तिनीहरुको रामकृष्ण मिसन भ्रम हो कि दरिद्र-नारायण-सेवा र अस्पताल | त्योकेबा तिनीहरुको भ्रम हो | तिनीहरुको कुनै कार्यक्रम छैन | कोहि पनि तिनीहरुको दर्शनबाट आकर्षित छैन | र तिनीहरुसँग के दर्शन छ ? मतलब नगर्नुहोस् | हामीलाई तिनीहरुको सरोकार छैन |