NE/Prabhupada 0417 - यो जीवन तथा अर्को जीवनमा खुसी



Lecture & Initiation -- Seattle, October 20, 1968


त्यसैले यस कृष्ण भावनामृत अभियान ग्रहण गरेर यो जीवन र अर्को जीवनमा खुसी हुनुहोस् | यदि तपाईले यो जीवनमा कृष्णसँगको प्रेममय सम्बन्ध सम्पन्न गर्नुहुन्छ, तपाईले शत प्रतिशत गर्नुभएको हुन्छ | यदि हुँदैन, तपाईले यो जीवनमा जति सम्पन्न गर्नुभएको छ, त्यो तपाईसँग रहनेछ | त्यो जानेछैन | भगवद गीतामा यो कुराको पुष्टि गरिएको छ कि, शुचीनां श्रीमतां गेहे योग भ्रष्टो सञ्जायते (भ गी ६|४१) | जसले यस योग विधि पूर्णत: शत-प्रतिशत सम्पन्न गर्न सक्दैन, उसले अर्को जन्म एउटा धनि परिवार, वा शुद्ध-परिवारमा पाउँछ | दुई विकल्पहरु | तपाईको जन्म कि शुद्ध परिवारमा हुन्छ वा धनि परिवारमा, कम्तिमा तपाईको मानव जन्म पक्का छ | तर यदि तपाईले यस कृष्ण भावनामृत अभियान लिनुहुँदैन, तपाईलाई थाहा छैन कि तपाईको अर्को जीवन के हुनेछ | ८४,००,००० विभिन्न प्रजातिका जीवन छन् र तपाईको स्थानान्तरण तीमध्ये कुनैमा हुन सक्छ | यदि तपाई रुख बन्नुहुन्छ...... जसलाई मैले सान फ्रान्सिस्कोमा देखेको छु | तिनीहरुले भन्छन् कि "यो रुख सात हजार वर्षदेखि उभिंदैछ |" तिनीहरु सात बेन्चमा सात हजार वर्षदेखि उभिंदैछन् | बालकहरुलाई कहिलेकाही शिक्षकले सजाय दिन्छन्,"बेन्चमा उठ |" यी रुखहरुलाई पनि प्रकृतिको नियमद्वारा सजाय दिइएको छ,"उठ |" त्यसैले रुख बन्ने सम्भावना छ, कुकुर, बिरालो वा मुसा बन्ने पनि सम्भावना छ | धेरै योनीहरु छन् | मानव जीवनको यो अवसर नगुमाउनुहोस् | कृष्णप्रतिको प्रेम पूर्ण बनाउनुहोस् र यो जीवन तथा अर्को जीवनमा खुसी हुनुहोस् |