NE/Prabhupada 0418 - दिक्षा भनेको गतिविधिहरुको सुरुवात



Lecture & Initiation -- Seattle, October 20, 1968


यो दीक्षा..... जसरी हाम्रा धेरै शिष्यहरु दीक्षित भएका छन्, हाम्रा केहि शिष्य आज साँझ दीक्षित हुँदैछन् | दीक्षा भनेको यो अभियानमा संग्लग्न हुने तेस्रो अवस्था | पहिलो अवस्था श्रद्धा हो | जस्तै हाम्रा शिष्यहरु बजार जाँदैछन्, उनीहरु जप्दैछन्, र धेरै मानिसहरु केहि नगद दिन्छन्; कोहि हाम्रो ब्याक टु गडहेड खरिद गर्छन् | यो श्रद्धाको सुरुवात हो: "ओहो, यहाँ राम्रो अभियान छ | मैले सहयोग गर्नुपर्यो |" आदौ श्रद्धा | तब, ऊ थोरै बढी उत्सुक भयो भने ऊ यहाँ कक्षामा आउँछ | "ठिक छ, यी कृष्ण भावनाका मानिसले के सिकाउँदैछन् हेर्नुपर्यो |" तिनीहरु आउँछन् | त्यो दोस्रो अवस्था हो | पहिलो अवस्था यस अभियानप्रतिको स्वत: आउने सहानुभूति हो | दोस्रो अवस्था हाम्रो गतिविधिमा संग्लग्न हुनु हो | जस्तै तपाईहरु यहाँ आउनुभएको छ | तपाई मलाई सुन्दै हुनुहुन्छ | त्यसैगरी, यदि कोहि अझै उत्सुक हुन्छ वा उसको श्रद्धा अझै विकसित हुन्छ, तब ऊ आउँछ, त्यो दोस्रो स्तर हो | र तेस्रो स्तर भनेको....... आदौ श्रद्धा ततः साधु-सङ्ग अथ भजन​-क्रिया (चै च मध्य २३|१४-१५) | अब, दीक्षा भनेको गतिविधिहरुको सुरुवात | कसैले कृष्ण भावना कसरी पूर्णताको स्तरमा विकास बर्न सक्छ, त्यसलाई दीक्षा भनिन्छ | यो होइन कि दीक्षा भनेको समाप्ति | यो तेस्रो स्तर हो | तब चौथो स्तर भनेको, जो दीक्षित हुन्छ, यदि उसले नियम पालन गर्छ, र यदि उसले हरे कृष्ण निश्चित मात्रामा जप्छ, तब क्रमिक रुपमा उसका सम्पूर्ण सन्देह हराउनेछन् | ती सन्देह के हुन् ? हामी आफ्ना विद्यार्थीलाई भन्छौं कि अवैध सम्बन्ध नराख्ने, मांस-भक्षण नगर्ने, तथा नशा र जुवामा नलाग्ने | यी चार कुराहरु | साधारणतया यी चार कुराहरु समाजमा धेरै प्रधान छन्, विशेषगरी पश्चिमी देशहरुमा | तर दिक्षा लिएर र जप गर्ने यी विद्यार्थीहरु, उनीहरुले कुनै कठिनाई बिना धेरै सजिलै यी चार कुराहरु त्याग्छन् | यसलाई भनिन्छ अनर्थ निवृत्ति | त्यो चौथो अवस्था हो | पाँचौ अवस्थामा ऊ पक्का हुन्छ: "हो |" जस्ती एक विद्यार्थी, श्रीमान् एन्डरसन, मैले उनलाई देखेको छैन, तर केवल उनले अरु भक्तहरुसँग सङ्ग गरेर लेखेका छन् कि "म आफ्नो सम्पूर्ण जीवन यस कृष्ण भावनाको लागि समर्पित गर्न चाहन्छु |" यसलाई भनिन्छ निष्ठा, पक्का | ततो निष्ठा ततो रुचि | रुचि भनेको उनीहरुले स्वाद पाउँछन् | किन यी युवाहरु बाहिर जाँदैछन् ? यो जपमा उनीहरुले स्वाद पाएका छन् | उनीहरुले स्वाद विकास गरेका छन् | अन्यथा उनीहरु कुनै कारण बिना आफ्नो समय नाश गर्दैछैनन् | उनीहरु शिक्षित छन्, उनीहरु हुर्केका छन् | त्यसैले स्वाद | पक्का, तब स्वाद, तथासक्तिस् | जब स्वाद विकसित हुन्छ, तब आसक्ति हुन्छ | उसले यो त्याग्न सक्दैन | मैले धेरै पत्र प्राप्त गरिसकें | केहि विद्यार्थीहरु, उनीहरु आफ्ना गुरुभाईहरुसँग व्यवहार गर्न सक्दैनन्, उनीहरु बाहिर जान्छन्, तर उनीहरुले लेख्छन् कि "म जान सक्दिनँ | म जान सक्दिनँ |" उसलाई समाएको छ | तपाई देख्नुहुन्छ ? उमपतिले पत्र लेखेका छन् कि उनी कठिनाईमा छन्, उनी बाँच्न सक्दैनन्, उनी बाँ-च्-न वा नि-स्-क-न सक्दैनन् | उनी डालासमा छन् | उनले सङ्ग त्याग्न सक्दैनन्, वा कुनै असमझदारीमा आफ्ना गुरुभाईसँग बस्न सक्दैनन् | तर त्यो अस्थायी हो | त्यसलाई भनिन्छ आसक्ति: | तथासक्तिस् ततो भाव | तब क्रमिक रुपमा बढ्ने, केहि परमानन्दको अवस्था, सधैं कृष्णको बारेमा सोच्ने | अनि पूर्णताको स्तर कि उसले कृष्णलाई शत प्रतिशत प्रेम गर्छ | त्यसैले यो विधि हो |