NE/Prabhupada 0424 - यस वैदिक संस्कृतिको पूरा फाइदा उठानुहोस्



Lecture on SB 1.1.1 -- New York, July 6, 1972


संस्कृत भाषा धेरै महत्वपूर्ण छ, सारा संसारभरि सम्मानित | विशेषगरि जर्मनीमा, उनीहरु संस्कृतलाई धेरै रुचाउँछन् | धेरै जर्मन विद्वानहरु छन् जसले घन्टौं संस्कृत भाषामा बोल्न सक्छन् | उनीहरु संस्कृतका गम्भीर विद्यार्थी छन् | मेरा एक गुरुभाई, उहाँ अहिले स्विडेनमा हुनुहुन्छ, उहाँले भन्नुहुन्थ्यो कि "जब एउटा भारतीय विद्यार्थी लन्डनबाट हाम्रो देशमा आउँथ्यो" बेलायती दिनहरुमा, भारतीयहरु लन्डन जन्हे र उनीहरुले त्यहाँ डिग्री प्राप्त गर्थे र उनीहरु ठुलो मानिस बन्थे | त्यो विधि थियो | घर फर्कदा तिनीहरुले अरु युरोपेली देशहरु भ्रमण गर्ने गर्थे | जर्मनीमा तिनीहरुले भारतीय विद्यार्थीलाई परिक्षण गर्ने गर्थे, उसलाई आफ्नो संस्कृतिको बारेमा कति थाहा छ | मेरा गुरुभाई, उहाँको नाम अर्न्स्ट सुल्ज थियो, अहिले उहाँ सदानन्द स्वामी हुनुहुन्छ, उहाँले भन्नुभयो कि जब उहाँले देख्नुहुन्थ्यो कि विद्यार्थीलाई आफ्नो भारतीय संस्कृतिको बारेमा केहि थाहा थिएन, तत्काल उसलाई अस्विकार गर्नुहुन्थ्यो,"यो बेकार छ |" त्यसैले जो भारतीय हुनुहुन्छ, विशेषगरी यो भेलामा उपस्थित, यदि तपाई आफ्नो देशको महिमागान गर्न चाहनुहुन्छ, यस वैदिक साहित्य प्रस्तुत गर्नुहोस् | तपाईले पश्चिमी देशहरुलाई तथाकथित यान्त्रिक ज्ञानले जित्न सक्नुहुँदैन | त्यो सम्भव छैन | उनीहरु धेरै विकसित छन् | सयौं वर्ष विकसित | जे यन्त्र तपाईले खोज गर्नुहुन्छ, त्यो यन्त्र पश्चिमी देशहरुमा एक सय वर्ष खोज भएको थियो | तपाईले सक्नुहुँदैन | जे पनि | यदि तपाई चाहनुहुन्छ, भारतीयहरु, आफ्नो देशको महिमागान गर्न, तब यो वैदिक साहित्यलाई हृदय र आत्मादेखि प्रस्तुत गर्नुहोस्, जसरी मैले गर्ने प्रयास गर्दैछु | मानिसहरु कसरी स्वीकार्दैछन् ? यो ठोस छ | मभन्दा पहिले धेरै स्वामीहरु यो देशमा आए, तिनीहरुले वास्तविक कुरा प्रस्तुत गर्न सकेनन् | तिनीहरु केहि पैसा चाहन्थे र फर्केर गए | त्यति हो | हाम्रो यस कृष्ण भावनामृत अभियान त्यस्तो होइन | हामी पश्चिमी देशहरुलाई केहि दिन चाहन्छौं | त्यो हाम्रो प्रयोजन हो | यो होइन कि हामी माग्न आएका छौं, हामीले उनीहरुलाई केहि दिनुपर्छ | त्यो मेरो लक्ष्य हो | उनीहरु यहाँ माग्न आएका छन्,"मलाई भात देऊ, मलाई दल देऊ, मलाई गहुँ देऊ, मलाई पैसा देऊ," तर म यहाँ भारतीय संस्कृतिबाट केहि दिन आएको हुँ | त्यो भिन्नता छ | त्यसैले तपाई युरोपेली, अमेरिकी विद्यार्थीहरु यस वैदिक संस्कृतिको पुरा फाइदा लिनुहोस् | तसर्थ, म यति धेरै मेहेनत गर्दैछु कि मैले यो शरीर छाड्नु अघि, म तपाईलाई केहि पुस्तक दिन सकूँ जसको आनन्द तपाईले मेरो मृत्युपछी पनि लिन सक्नुहोस् | त्यसैले यसको उपयोग गर्नुहोस् | उपयोग गर्नुहोस् | हरेक श्लोक राम्ररी पढ्नुहोस्, अर्थ बुझ्ने प्रयास गर्नुहोस्, आफुमाझ छलफल गर्नुहोस् | नित्यं भगवत​-सेवया | त्यो हाम्रो लक्ष्य हो | नष्ट​-प्रायेष्व् अभद्रेषु नित्यं भगवत​-सेवया (श्री भा १|२|१८) | अभद्र, हाम्रो हृदयमा धेरै फोहोर कुराहरु छन् | यी फोहोर कुराहरु केवल कृष्ण भावनाद्वारा सफा गर्न सकिन्छ | अरु कुनै विधि छैन | शृण्वतां स्व​-कथाः कृष्ण पुण्य​-श्रवण​-कीर्तनः हृद्य् अन्तः स्थो ह्य् अभद्राणि विधुनोति सुहृत् सताम् (श्री भा १|२|१७) नष्ट​-प्रायेष्व् अभद्रेषु नित्यं भागवत​-सेवया भगवत्य् उत्तम​-श्लोके भक्तिर् भवति नैष्ठिकी (श्री भा १|२|१८) यो विधि हो | शृण्वतां स्व​-कथाः कृष्ण​, कृष्ण तपाईको हृदयभित्र हुनुहुन्छ | कृष्णले तपाईलाई भित्र र बाहिरबाट मदत गर्ने प्रयास गर्दै हुनुहुन्छ | बाहिरबाट, उहाँले मन्दिरमा आफ्नो रुप प्रस्तुत गर्दै हुनुहुन्छ | तपाईले उहाँको सेवा गर्ने फाइदा उठाउन सक्नुहुन्छ | उहाँले आफ्नो प्रतिनिधि, अध्यात्मिक गुरुलाई प्रत्यक्ष रुपमा कृष्णको बारेमा बोल्न पठाउनुभएको छ, र उहाँले भित्रबाट परमात्माको रुपमा मदत गर्न तयार हुनुहुन्छ | कृष्ण धेरै दयालु हुनुहुन्छ | उहाँ चाहनुहुन्छ...... कि तपाई सबै यस भौतिक अस्तित्वमा पिडा पाउँदै हुनुहुन्छ, कृष्ण यथारुपमा आउनुहुन्छ, र उहाँले प्रचार गर्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | त्यसैले भागवत​-सेवया, नित्यं भागवत​-सेवया (श्री भा १|२|१८) | हृदयको सफाई, चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२) | यो विधि हो | हामी भगवान कृष्णका अंश हौँ | त्यसैले हामी शुद्ध छौं | हामी भौतिक प्रदुषणको कारणले अशुद्ध भएका छौं | त्यसैले हामीले आफुलाई शुद्ध पार्नुपर्छ र त्यो विधि भनेको कृष्णको बारेमा सुन्नु हो | त्यति हो |