NE/Prabhupada 0427 - आत्मा स्थूल शरीर र सूक्ष्म शरीरभन्दा भिन्न हुन्छ



Lecture on BG 2.11 -- Edinburgh, July 16, 1972


वैदिक चलन अनुसार समाजमा चार वर्गका मानिसहरु छन् | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४|१३) | मानव समाजलाई चार वर्गमा विभाजन गर्नुपर्छ | जस्तै हरो शरीरमा चार विभिन्न विभाग छन्: दिमाग विभाग, हात विभाग, पेट विभाग र खुट्टा विभाग | तपाईलाई यी सब चाहिन्छ | यदि शरीरको पोषण हुनुपर्छ, तपाईले आफ्नो टाउको, हात, पेट र खुट्टा उचित रुपमा पोषण गर्नुपर्छ | सहकारिता | तपाईए भारतको जात-प्रथा धेरै पटक सुन्नुभएको छ: ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र | यो कृत्रिम होइन | यो प्राकृतिक हो | कुनै समाजमा तपाई जानुहोस्, भारतमामात्र होइन, अरु कुनै पनि देशमा यी चार वर्गका मानिसहरु छन् | बुद्धिमान वर्गका मानिस, प्रशासक वर्गका मानिस, उत्पादक वर्गका मानिस र मजदुर वर्गका मानिस | तपाईले विभिन्न नामले भन्नुहुन्छ तर त्यस्तो विभाजन हुनुपर्छ | मैले भने जसरी मेरो आफ्नो शरीरमा विभाजन छ- दिमाग विभाग, हात विभाग, पेट विभाग र खुट्टा विभाग | सम्पूर्ण राजाहरु मानिसको सुरक्षाको लागि हात विभाजनमा पर्छन् | पहिले क्षत्रियहरु...... क्षत्रिय भनेको जसले नागरिकलाई अरु शत्रुद्वारा गरिने हानीबाट जोगाउँछ | उसलाई क्षत्रिय भनिन्छ | हाम्रो मुख्य कुरा भनेको कृष्णले अर्जुनलाई जानकारी दिंदै हुनुहुन्छ कि "तिमी आफ्नो कर्तव्यबाट किन मोडिनछौ ? के तिमीलाई लाग्छ कि अर्को पक्षमा तिम्रो दाजु-भाई वा तिम्रो काका वा तिम्रो हजुरबुवा, उनीहरु युद्धपछी मर्नेछन् ? होइन | त्यो तथ्य होइन |" मुख्य कुरा यो हो कि कृष्णले अर्जुनलाई यो शरीर आत्माभन्दा भिन्न हो भनेर सिकाउन चाहनुभयो | जस्तै हामी सबजना, हामी सर्ट र कोटले भिन्न छौं | त्यसैगरी, हामी जीव, आत्मा स्थुल शरीर र सुक्ष्म शरीरभन्दा भिन्न छौं | यो भगवद गीताको दर्शन हो | मानिसहरु यो बुझ्दैनन् | साधारणतया, मानिस बुझ्छन् कि उनीहरु यो शरीर हुन् | त्यो शास्त्रमा वर्जित छ | यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धीः यत्-तीर्थ​-बुद्धिः सलिले न कर्हिचिज् जनेष्व् अभिज्ञेषु स एव गो-खरः (श्री भा १०|८४|१३) गो भनेको गाई र खर भनेको गधा | जो पनि जीवनको शारीरिक धारणामा बाँच्दैछ, यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके... जीवनको शारीरिक धारणा पशुको लागि हो | कुकुरलाई थाहा छैन कि ऊ यो शरीर होइन, ऊ शुद्ध आत्मा हो | तर एउटा मानिस, यदि ऊ शिक्षित हुन्छ, उसले बुझ्न सक्छ कि ऊ यो शरीर होइन, ऊ शरीरभन्दा भिन्न हो | उसले कसरी बुझ्न सक्छ कि हामी यो शरीरभन्दा भिन्न हो ? त्यो पनि धेरै सरल विधि छ | यहाँ तपाईले भगवद गीतामा पाउनुहुनेछ, देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर​-प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २|१३) देहिन:..... अस्मिन् देहे, यो शरीरमा जसरी आत्मा छ, देही....... देही भनेको शरीरको मालिक | म यो शरीर होइन | यदि तपाईले मलाई सोध्नुहुन्छ,"के......" जस्तै कहिलेकाही हामीले बच्चालाई सोध्छौँ, "यो के हो ?" उसले भन्नेछ, "यो मेरो टाउको हो |" त्यसैगरी, यदि तपाईले मलाई पनि सोध्नुहुन्छ, "यो के हो ?" जसले पनि भन्नेछ, "यो मेरो टाउको हो |" कसैले भन्नेछैन,"म टाउको |" त्यसैले तपाईले शरीरको सम्पूर्ण अंश सुक्ष्म रुपमा विश्लेषण गर्नुभयो भने, तपाईले भन्नुहुनेछ, "यो मेरो टाउको हो, मेरो हात, मेरो औंला, मेरो खुट्टा," तर "म" कहाँ छु ? "मेरो" तब बोलिन्छ जब "म" हुन्छ | तर हामीसँग "म"को कुनै जानकारी छैन | हामीसँग केवल "मेरो"को जानकारी छ | यसलाई अज्ञानता भनिन्छ | सारा संसार शरीरलाई आत्माको रुपमा लिंदैछ | अर्को उदाहरण हामीले दिन सक्छौं...... जस्ती तपाईको कोहि आफन्त, मानौं मेरो पिता मर्नुभयो | म रुन्छु," ओहो, मेरो पिता जानुभयो | मेरो पिता जानुभयो |" तर यदि कसैले भन्छ, "तिमीले किन भन्छौ कि तिम्रो पिता जानुभयो ? उहाँ त्यहिं हुनुहुन्छ | तिमी किन रुँदैछौ ?" "होइन, होइन, होइन, त्यो उसको शरीर हो | त्यो उसको शरीर हो |" तसर्थ हाम्रो वर्तमान गणनामा मैले तपाईको शरीर देख्दैछु, तपाईले मेरो शरीर देख्दै हुनुहुन्छ, कसैले वास्तविक व्यक्ति देखेको छैन | मृत्यु पछी उसलाई विचार आउँछ: "ओहो, यो मेरा पिता होइन, यो मेरो पिताको शरीर हो |" त्यसैले हामी मृत्यु पछी बुद्धिमान हुन्छौं | र जब हामी जीवित हुन्छौं, हामी अज्ञानतामा हुन्छौं | यो आधुनिक सभ्यता छ | जीवित रहँदा...... जस्तै मानिसहरुसँग केहि पैसा पाउन विमा-नीति छ | त्यो पैसा मृत्यु पछी पाइन्छ, जीवित रहँदा होइन | कहिलेकाही जीवित हुँदा पनि | मेरो कुरा यो हो कि जबसम्म हामी जीवित छौं, हामी अज्ञानतामा छौं | हामीलाई थाहा छैन "मेरो पिता को हुनुहुन्छ, मेरो भाई को हो, म को हुँ |" तर सबजना यो प्रभावमा छन् कि "यो शरीर मेरो पिता हुनुहुन्छ, यो शरीर मेरो बच्चा हो, यो शरीर मेरी पत्नी हुन् |" यसलाई भनिन्छ अज्ञानता | यदि तपाईले सारा संसारको अध्ययन गर्नुहुन्छ, जीवित रहँदा सबैले भन्नेछन् कि "म बेलायती हुँ," "म भारतीय हुँ," "म हिन्दु हुँ," "म मुस्लिम हुँ |" तर यदि तपाईले उसलाई सोध्नुहुन्छ,"के तिमी वास्तवमा त्यो हौ ?" किनकि यो शरीर हिन्दु, मुस्लिम वा इशाई हो किनकि दुर्घटनाले यो शरीर उत्पादित भएको छ, हिन्दु, मुस्लिम समाजमा वा विशेष देशमा जन्मिएको छ, तसर्थ हामी भन्छौं, "म भारतीय हुँ," "म युरोपेली हुँ," "म यो हुँ," "म त्यो हुँ |" तर जब शरीर मृत हुन्छ, त्यस समय हामीले भन्छौं, "होइन, होइन, यो शरीर भित्रको व्यक्ति गएको छ | यो फरक कुरा हो |"