NE/Prabhupada 0428 - मानव जीवनको विशेषाधिकार यो बुझ्नु हो कि - म को हुँ



Lecture on BG 2.11 -- Edinburgh, July 16, 1972


केवल बुझ्ने प्रयास गर्नुहोस् कि हामी कति मुर्ख छौं | हामी सब अज्ञानतामा छौं | यो शिक्षा चाहिएको छ किनकि मानिसहरु यस अज्ञानताको कारणले एक-अर्कासँग युद्ध गर्दैछन् | एउटा राष्ट्र अर्को राष्ट्रसँग युद्ध गर्दैछ, एउटा धार्मिक व्यक्ति अर्को धार्मिक व्यक्तिसँग युद्ध गर्दैछ | तर यो सबै अज्ञानतामा आधारित छ | म यो शरीर होइन | तसर्थ शास्त्रमा भनिएको छ, यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके (श्री भा १०|८४|१३) | आत्म-बुद्धि: कुणपे, यो हड्डी र मासुको ठुलो झोला, र यो तीन धातुहरुले उत्पादित हो | धातु भनेको तत्त्व | आयुर्वेद विधि अनुसार: कफ, पित्त, वायु | भौतिक कुराहरु | तसर्थ म आत्मा हुँ | म भगवानको अंश हुँ | अहं ब्रह्मास्मि | यो वैदिक शिक्षा हो | यो बुझ्ने प्रयास गर्नुहोस् कि तपाई यो भौतिक जगतसँग सम्बन्धित हुनुहुँदैन | तपाई आध्यात्मिक जगतसँग सम्बन्धित हुनुहुन्छ | तपाई भगवानको अंश हुनुहुन्छ | ममैवांशो जीव​-भूतः (भ गी १५|७) | भगवद गीतामा भगवानए भन्नुहुन्छ कि "सब जीवहरु मेरा अंश हुन् |" मन: षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति (भ गी १५|७) | उसले जीवनमा यो प्रभावमा ठुलो संघर्ष गर्दैछ कि, शारीरिक प्रभाव कि ऊ यो शरीर हो, तर यस्तो प्रकारको प्रभाव वा बुझाई पशु सभ्यता हो | किनकि पशुहरु पनि आफ्नै तरिकाले खाँदैछन्, सुत्दैछन्, मैथुन गर्दैछन् र रक्षा गर्दैछन् | यदि हामी मानव पनि यी सब कार्यमा संग्लग्न हुन्छौं, खाने, सुत्ने, मैथुन र रक्षा, तब हामी पशुभन्दा राम्रो हुँदैनौं | मानव जीवनको विशेषाधिकार यो बुझ्नु हो कि "म के हुँ ? म यो शरीर हुँ कि अरु केहि हुँ ?" वास्तवमा, म यो शरीर होइन | मैले तपाईलाई धेरै उदाहरण दिइसकें | म आत्मा हुँ | तर वर्तमान समयमा हामी सबजना आफु यो शरीर हुँ भन्ने धारणामा व्यस्त छौं | कोहि पनि ऊ शरीर होइन, ऊ आत्मा हो भन्ने धारणामा कार्यरत छैन | तसर्थ यस कृष्ण भावनामृत अभियान बुझ्ने प्रयास गर्नुहोस् | हामी मानिसहरुलाई कुनै भेद बिना शिक्षा दिने प्रयासमा छौं | हामी भन्दैनौं..... किनकि हामी शरीरलाई विचार गर्दैनौं | शरीर हिन्दु हुनसक्छ, शरीर मुस्लिम हुनसक्छ, शरीर युरोपेली हुनसक्छ, शरीर अमेरिकी हुनसक्छ, वा शरीर भिन्न तरिकाको हुनसक्छ | जस्तै तपाईसँग एउटा वस्त्र छ | अहिले, किनकि म गेरुवस्त्रमा छु र तपाई कालो कोटमा हुनुहुन्छ, त्यसको मतलब हामी एक-आपसमा झगडा गर्छौं भन्ने होइन | किन ? तपाईको भिन्न वस्त्र हुन सक्छ, मेरो भिन्न वस्त्र हुनसक्छ | त्यसैले झगडा गर्ने कारण कहाँ छ ? यो बुझाई वर्तमान समयमा चाहिएको छ | अन्यथा, यो पशुको सभ्यता हुनेछ | जस्तै जङ्गलमा पशु छन् | त्यहाँ बिरालो, कुकुर, फ्याउरो, बाघ छन् र तिनीहरु सधैं झगडा गर्छन् | तसर्थ, यदि हामी वास्तवमा शान्ति चाहन्छौं, तब हामीले "म के हुँ" बुझ्ने प्रयास गर्नुपर्छ | त्यो हाम्रो कृष्ण भावनामृत अभियान हो | हामीले सबलाई वास्तवमा ऊ के हो सिकाउँदैछौं | तर उसको स्थिति...... सबजनाको स्थिति, मेरो वा तपाईकोमात्र होइन | सबजना | पशुहरु पनि | उनीहरु पनि आत्मा हुन् | उनीहरु पनि | कृष्ण दाबि गर्नुहुन्छ कि सर्व​-योनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः तासां ब्रह्म महद् योनिर् अहं बीज​-प्रदः पिता (भ गी १४|४) कृष्णले दाबि गर्नुहुन्छ कि "म सबै जीवको बिज-प्रदायक पिता हुँ |" वास्तवमा, यो तथ्य हो | यदि हामी सृष्टिको स्रोत जान्न चाहन्छौं, सबै कुरा भगवद गीतामा वर्णित छ | जसरी पिताले आमाको गर्भमा बिउ दिन्छन्, र बिउ विशेष प्रकारको शरीरमा हुर्कन्छ, त्यसैगरी, हामी जीवहरु सबजना भगवानका अंश हौँ, भगवानले यो भौतिक प्रकृतिमा बिज-प्रत्यारोपण गर्नुभयो, र हामी यस भौतिक शरीरमा विभिन्न रुपमा आउँछौं | ८४,००,००० प्रकारका प्रजातिहरु छन् | जलजा नव​-लक्षाणि स्थावरा लक्ष​-विंशति | त्यहाँ सुची छ | सबै कुरा त्यहाँ छ |