NE/Prabhupada 0431 - वास्तवमा भगवान् सबै जीवहरुको पूर्ण मित्र हुनुहुन्छ



Lecture on BG 2.11 -- Edinburgh, July 16, 1972


खुसीको लागि तीन कुराहरु बुझ्नुपर्छ | यो भगवद गीतामा वर्णित छ | भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (भ गी ५|२९) तपाईले केवल तीन कुरा बुझे तपाई शान्त हुनुहुन्छ | त्यो के हो ? पहिलो कुरा भनेको "भगवान भोक्ता हुनुहुन्छ, म भोक्ता होइन |" तर यहाँ, हाम्रो गल्ति भनेको, सबजना सोच्दैछन्,"म भोक्ता हुँ |" तर वास्तवमा, हामी भोक्ता होइनौं | उदाहरणको लागि, म भगवानको अंश भएकाले...... जस्तै, मेरो हात मेरो शरीरको अंश हो | मानौं हातले एउटा राम्रो केक समात्छ | हातले यो भोग गर्न सक्दैन | हातले यो उठाउँछ र मुखमा हाल्छ | र जब यो पेटमा जान्छ, जब त्यो खानेकुरा खाएर शक्ति सिर्जित हुन्छ, त्यसको आनन्द हातले लिन्छ | यो हातले मात्र होइन- अर्को हात पनि, आँखा पनि, खुट्टा पनि | त्यसैगरी, हामीले केहि पनि कृत्रिम रुपमा भोग गर्न सक्दैनौं | यदि हामीले सबै कुरा भगवानको आनन्दको लागि राख्छौं र तब हामी भाग लिन्छौं, त्यस आनन्दमा भाग लिन्छौं, त्यो हाम्रो स्वस्थ जीवन हो | यो दर्शन हो | हामीले केहि लिंदैनौं | भागवत प्रसादम् | हाम्रो दर्शन भनेको हामी राम्रो भोजन तयार गर्छौं र हामी कृष्णलाई अर्पण गर्छौं, र उहाँले खानु भएपछि, हामीले लिन्छौं | त्यो हाम्रो दर्शन हो | हामीले कृष्णलाई अर्पण नगरिएको केहि पनि लिंदैनौं | त्यसैले हामीले भगवानलाई परमभोक्ता भन्छौं | हामी भोक्ता होइनौं | हामी सब अधिनमा छौं | भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् (भ गी ५|२९) | र भगवान सबै कुराको मालिक हुनुहुन्छ | यो तथ्य हो | यो ठुलो समुद्रलाई मानौं | के तपाई मालिक हो ? हामी दाबी गर्दैछौं कि म यो जमिन वा यो समुद्रको मालिक हुँ | तर वास्तवमा, मेरो जन्म अगाडी पनि समुद्र त्यहाँ थियो, जमिन त्यहाँ थियो, र मेरो मृत्यु पछि पनि समुद्र त्यहाँ रहनेछ, जमिन त्यहाँ रहनेछ | म कहिले मालिक बन्छु ? जस्तै यो हलमा | हामी यो हल प्रवेश गर्नु अघि, हल अस्तित्वमा थियो, र जब हामी यो हल छाड्छौं, हल रहनेछ | हामी कहिले मालिक बन्यौं ? यदि हामीले झुठो रुपमा दाबी गर्छौं कि यहाँ एक घण्टा वा आधा घण्टा बसेर हामी मालिक भएका छौं, त्यो गलत प्रभाव हो | एक मानिसले बुझ्नुपर्छ कि हामी न मालिक हौँ न भोक्ता हौँ | भोक्तारं यज्ञ​... भगवान भोक्ता हुनुहुन्छ | र भगवान मालिक हुनुहुन्छ | सर्व-लोक​-महेश्वरम् | र सुहृदं सर्व​-भूतानाम् (भ गी ५|२९), उहाँ सबजनाको निकटतम मित्र हुनुहुन्छ | उहाँ मानव समाजको मात्र मित्र हुनुहुँदैन | उहाँ पशु समाजको पनि मित्र हुनुहुन्छ | किनकि हरेक जीव भगवानको पुत्र हो | हामीले कसरी मानिसलाई एक प्रकारले र पशुलाई अर्को प्रकारले व्यवहार गर्न सक्छौं ? हुँदैन | भगवान वास्तवमा सबै जीवहरुको पूर्ण मित्र हुनुहुन्छ | यदि हामी यी तीन कुराहरुमात्र बुझ्छौं, हामी तत्काल शान्त बन्छौं | भोक्तारं यज्ञ​-तपसां सर्व​-लोक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (Bङ् ५.२९) यो शान्तिको विधि हो | तपाईले स्थापना गर्न सक्नुहुँदैन...... यदि तपाई सोच्नुहुन्छ कि "ममात्र भगवानको पुत्र हुँ, र पशु, उसको आत्मा हुँदैन, यसलाई मारौं," त्यो राम्रो दर्शन होइन | किन होइन ? आत्मा हुनुको लक्षण के हुन् ? आत्मा हुनुको लक्षण उनी चार सुत्र हुन्: खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | पशुहरु पनि यी चार कुराहरुमा व्यस्त छन्; हामी पनि यी चार कुरामा व्यस्त छौं | तब पशु र ममा भिन्नता कहाँ छ ? सबै कुराको वैदिक साहित्यमा स्पष्ट धारणा हुन्छ, विशेषगरी तिनीहरु भगवद गीता यथारुपमा सारांशमा प्रस्तुत गरिएको छ | हाम्रो एकमात्र अनुरोध भनेको तपाई भगवान भावनाभावित हुनुहोस् | यो अवसर हो | यो मानव जीवन यी कुराहरु बुझ्न एकमात्र अवसर हो, भगवान के हुनुहुन्छ, म के हुँ, भगवानसँग मेरो के सम्बन्ध छ | पशुहरु- हामीले यो भेलामा कुकुर-बिरालोलाई बोलाउन सक्दैनौं | त्यो सम्भव छैन | हामीले मानवलाई बोलाएका छौं किनकि उनीहरुले बुझ्न सक्छन् | त्यसैले मानवसँग बुझ्नको लागि विशेषाधिकार | दुर्लभं मानुषं जन्म​ | तसर्थ यसलाई दुर्लभ भनिन्छ, हामीले यो मानव जीवन धेरै दुर्लभ रुपमा पाउँछौं | यदि हामीले यो जीवनमा बुझ्न सक्दैनौं "भगवान के हुनुहुन्छ, म के हुँ, हाम्रो सम्बन्ध के हो," तब हामीले आत्महत्या गर्दैछौं | किनकि यो जीवन पछी, मैले यो शरीर त्याग्ने बित्तिकै, मैले अर्को शरीर स्विकार्नुपर्नेछ | र हामीलाई थाहा छैन कस्तो प्रकारको शरीर मैले स्वीकार्नुपर्छ | त्यो मेरो हातमा छैन | तपाईले आदेश दिन सक्नुहुँदैन कि "अर्को जीवनमा मलाई राजा बनाऊ |" यो सम्भव छैन | यदि तपाई वास्तवमा राजा बन्न योग्य हुनुहुन्छ, प्रकृतिले तपाईलाई राजाको घरमा शरीर दिनेछिन् | तपाईए त्यो गर्न सक्नुहुँदैन | तसर्थ, हामीले अर्को राम्रो शरीर प्राप्त गर्न सोहीअनुसार कार्य गर्नुपर्छ | त्यो पनि भगवद गीतामा वर्णित छ: यान्ति देव​-व्रता देवान् पित्ṟन् यान्ति पितृ-व्रताः भूतानि यान्ति भूतेज्या यान्ति मद्-याजिनो ऽपि माम् (भ गी ९|२५) यदि हामीले आफुलाई अर्को शरीरको लागि यो जीवनमा तयार गर्छौं, किन घर फर्कन, भगवद धाम फर्कन आफुलाई तयार नगर्ने | यो कृष्ण भावनामृत अभियान हो | हामी हरेक मानिसलाई यो तयारी सिकाउँदैछौं ताकी यो शरीर छाडेपछी, ऊ सिधै भगवानकहाँ जान सक्छ | घर गर्कन, भगवद धाम फर्कन | यो भगवद गीतामा वर्णित छ | त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४|९) | त्यक्त्वा देहं, यो शरीर त्यागेपछी....... (विराम) ....... हामीले त्याग्नुपर्छ | मलाई यो शरीर त्याग्ने इच्छा छैन होला, तर मैले त्याग्नुपर्छ | यो प्रकृतिको नियम हो | "मृत्यु जस्तै पक्का |" मृत्यु अगाडी, हामीले आफुलाई तयार गर्नुपर्छ, अर्को शरीर के हो | यदि हामीले त्यसो गर्दैनौं, तब हामीले आफुलाई मार्दैछौँ, आत्महत्या गर्दै | त्यसैले यो कृष्ण भावनामृत अभियान मानवलाई जोगाउन हो, जीवनको शारीरिक अवधारणाबाट हुने गम्भीर चोट पाउनबाट | र सजिलो विधि भनेको सोह्र माला जपेर वा यदि तपाई दार्शनिक हुनुहुन्छ, यदि तपाई वैज्ञानिक हुनुहुन्छ, यदि तपाईले सबै कुरा वैज्ञानिक, दार्शनिक रुपमा जान्न चाहनुहुन्छ, हामीसँग योजस्ता ठुला, ठुला पुस्तक छन् | तपाईले कु पुस्तक पढ्न सक्नुहुन्छ वा केवल हामीसँग संग्लग्न भएर हरे कृष्ण मन्त्र जप्न सक्नुहुन्छ |

धेरै धेरै धन्यवाद |