NE/Prabhupada 0433 - हामी भन्छौं कि "तिमीले अवैध सम्बन्ध राख्नुहुँदैन"



Morning Walk -- May 13, 1975, Perth


गणेश: श्रील प्रभुपाद, श्री इशोपनिषदमा भनिएको छ कि एक मानिसले अज्ञानताको विधि बुझ्नुपर्छ, आत्म-सक्षत्कारको विधिसँगै |

प्रभुपाद: हँ ?

गणेश: इशोपनिषदमा, निवृत्तिसँग प्रवृत्ति | त्यो कसरी हुन्छ ?

प्रभुपाद: त्यो प्रवृत्ति र निवृत्ति के हो ?

अमोघ: उनले भने कि इशोपनिषदमा भनिएको छ कि हामीले आत्म-साक्षात्कारको विधि अज्ञानताको विधिसँगै सिक्नुपर्छ |

प्रभुपाद: अज्ञानता, हो | त्यो प्रवृत्ति र निवृत्ति हो | प्रवृत्ति भनेको इन्द्रियतृप्ति | र निवृत्ति भनेको आत्म-निषेध | जब हामी भन्छौं कि "तिमीले अवैध सम्बन्ध राख्नुहुँदैन," र उनीहरुको झुकाव अवैध सम्बन्ध हुन्छ, तसर्थ यो क्रान्तिकारी हो | तिनीहरु भौतिकवादी मानिसहरु हुन् | तिनीहरु आफ्नो पूर्ण क्षमतामा यौन आनन्द चाहन्छन्- समलिंगी यौन सम्बन्ध, यो सम्बन्ध, त्यो सम्बन्ध, नग्न नृत्य, सबै यौन झुकाव, प्रवृत्ति | र हामी भन्छौं,"यो रोक," निवृत्ति | तिनीहरुले यो रुचाउँदैनन् किनकि तिनीहरु आसुर हुन् | प्रवृत्ति जगत | तिनीहरुलाई थाहा छैन कि यो महत्वपूर्ण छ | तिनीहरुलाई यो थाहा छैन | यो महत्वपूर्ण छ | तपसा ब्रह्मचर्येन (श्री भा ६|१|१३) | तपस्या भनेको ब्रह्मचर्य | तथाकथित स्वामीहरू, तिनीहरु यो तथाकथित योग अभ्यासको लागि आउँछन् र...... तर तिनीहरु आफैं यौन सम्बन्धको सिकार छन् | यो चल्दैछन् | वास्तवमा, यो ठगि हो- तिनीहरु स्वामी बनेका छन् र कुनै योग विधि सिकाउँदैछन्- किनकि तिनीहरुलाई थाहा छैन कि सर्वप्रथम यो कुरा रोक्नुपर्छ | ब्रह्मचर्येन | यो ठगि सारा संसारभरि चल्दैछ र हामी केवल तिनीहरु विरुद्ध बोल्दैछौं | मुर्खयोपदेशो हि प्रकोपाय न शान्तये | यदि तिमी धुर्तहरुलाई उपदेश दिन्छौ ऊ केब क्रिधित हुन्छ | उसले यसको फाइदा लिंदैन | त्यो हाम्रो अवस्था छ | सबै तथाकथित प्राध्यापकहरु, दार्शनिकहरु, तिनीहरु सबै प्रवृत्ति-मार्गमा छन् | तसर्थ तिनीहरु भन्छन्."हाम्रो व्याख्या यस्तो छ |" प्रवृत्ति-मार्ग | किनकि यदि तिनीहरुले शास्त्रबाट केहि समर्थन प्राप्त गर्छन्, तब तिनीहरुले सोच्छन्,"हामी सुरक्षित छौं |" यो चल्दैछ | प्रवृत्तिम् च निवृत्तिम् जना न विदुर् आसुराः | संसार असुरहरुले भरिएको छ, हिरण्यकशिपुको वंशज, र यो धेरै कठिन छ | तर यदि हामीले तिनीहरुलाई हरे कृष्ण मन्त्र जप्ने अवसर दिन्छौं, क्रमिक रुपमा तिनीहरुले बुझ्नेछन् | (लामो विराम) हाम्रो कठिनाई: तथाकथित स्वामीहरु, पण्डितहरु, पादरीहरु, तिनीहरु पनि प्रवृत्ति-मार्गमा छन् | यी सब, पण्डितहरु अवैध सम्बन्ध राख्छन् | प्रवृत्ति मार्ग | त्यसैले तिनीहरु भन्छन्,"हो, पुरुषले पुरुषसँग सम्बन्ध राख्न सक्छन् |" तिनीहरु पुरुष-पुरुष बिचको विवाह स्वीकार्दैछन् | तिमीलाई थाहा छ ? तिनीहरु खुला चर्चमा पुरुष-पुरुषबीच विवाह समापन गर्दैछन् | तिनीहरु कुन स्तरका मानिस हुन् ? र तिनीहरु पादरी हुन् | हेर त | त्यस्ता पतित मानिसहरु, पिउँदै....... तिनीहरुसँग आफ्नो पिउने रोगको उपचार गर्न अस्पताल छ | अमेरिकाको एउटा अस्पतालमा पाँच हजार बिरामी छन्, सबै जड्याहा, र तिनीहरु पादरी हुन् | हेर त | केवल लामो कोट लाएर ?

श्रुतकीर्ति: जामा ?

अमोघ: व्यवहार ?

प्रभुपाद: जामा र क्रस, तिनीहरु बने | भारतमा पनि, केवल जनै लाएर, एउटा ब्राह्मण | दुई-पैसाको जनै | त्यति हो |

परमहंस: रेल स्टेशनमा कुलीहरु पनि |

प्रभुपाद: र केवल एउटा दण्ड लिएर एक मानिस सन्यासी बन्छ | यो सारा संसारभरि छ | मुस्लिम, लामो दाह्री राखेर ऊ मुस्लिम बन्छ | मुस्सुलेः इमन् | मुस्सुलेः भनेको पुरा, र इमान् भनेको ईमान्दार | मुसलमानको अर्थ यो हो | पूर्णत: ईमान्दार, पूर्णत: निष्ठावान |