NE/Prabhupada 0439 - मेरो आध्यात्मिक गुरुले मलाई महामूर्ख पाउनुभयो



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


तद् विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् (मु उ १|२|१२) | तद् विज्ञानार्थं, दिव्य ज्ञान प्राप्त गर्नको लागि गुरुलाई स्वीकार्नुपर्छ | गुरुम् एव, गनैपर्छ | अन्यथा कुनै सम्भावना छैन | तसर्थ यहाँ कृष्णलाई अर्जुनको गुरुको रुपमा स्वीकारिएको छ, र अध्यात्मिक गुरु वा पिता वा शिक्षकलाई आफ्नो छोरा वा शिष्यलाई गाली गर्ने अधिकार हुन्छ | पिताले गाली गर्दा छोरा कहिल्यै असन्तुष्ट हुँदैन | यो आचरण सर्वत्र छ | पिता कहिलेकाही हिंस्रक भए पनि बच्चाले सहन्छ | एउटा मिल्दो उदाहरण प्रह्लाद महाराजको छ | अवोध बालक, कृष्ण भावनाभावित बालक, तर पिताले दु:ख दिने | उनले कहिल्यै केहि भन्दैनथे | "ठिकै छ |" त्यसैगरी कृष्णले अध्यात्मिक गुरुको स्थान ग्रहण गर्नुभए पछी अर्जुनलाई पटमुर्खको रुपमा उपाधि दिनुभयो | जस्तै चैतन्य महाप्रभुले पनु भन्नुभयो कि "मेरो अध्यात्मिक गुरुले मलाई महमुर्ख पाउनुभयो (चै च आदी ७|७१) |" के चैतन्य महाप्रभु मुर्ख हुनुहुन्थ्यो ? र कोहि चैतन्य महाप्रभुको अध्यात्मिक गुरु बन्न सम्भव सम्भव छ ? दुवै कुरा असम्भव छ | चैतन्य महाप्रभुले उहाँलाई कृष्णको अवतारको रुपमा नस्विकारे पनि, यदि तपाई उहाँले केवल साधारण विद्वानको रुपमा स्वीकार्नुहुन्छ, उहाँलो विद्वताको कुनै तुलना छैन | तर उहाँले भन्नुभयो कि "मेरो अध्यात्मिक गुरुले मलाई महामुर्ख पाउनुभयो |" त्यसको अर्थ के हो ? कि "मेरो अवस्थामा भए पनि एउटा मानिस आफो गुरुको अगाडी सधैं मुर्ख रहन्छ | त्यो उसको लागि राम्रो हो |" कसैले भन्नुहुँदैन कि "तिमीलाई के थाहा छ ? मलाई तिमीभन्दा धेरै थाहा छ |" यो स्थिति अस्विकार गरिन्छ | र अर्को मुख्य कुरा, शिष्यको दृष्टिकोणबाट, किन ऊ अर्को मानिस अगाडी सधैं मुर्ख रहने ? जबसम्म उनी वास्तवमा आधिकारिक हुँदैनन्, वास्तवमा यति महान कि उनले मलाई मुर्खको रुपमा सिकाउन सक्छन् | जसले पनि अध्यात्मिक गुरु यो तरिकाले छान्नुपर्छ र जब अध्यात्मिक गुरुलाई छानिन्छ, ऊ सधैं मुर्ख रहनुपर्छ, ऊ मुर्ख नभए तापनि, तर राम्रो स्थिति त्यस्तै हो | त्यसैले अर्जुन, मित्रको स्तरमा रहनुभन्दा, उनले कृष्णको अगाडी स्वेच्छाले मुर्ख रहन स्वीकार गरे | र कृष्णले स्वीकार्दै हुनुहुन्छ कि "तिमी मुर्ख होऊ | तिमी विद्वान जसरी बोडीछौ, तर तिमी मुर्ख होऊ, किनकि तिमि त्यस्तो कुरामा शोक गर्दैछौ जुन विषयमा कुनै विद्वान मानिसले शोक गर्दैन |" त्यो भनेको "एउटा मुर्खले शोक गर्छ," कि "तिमी मुर्ख हौ | तसर्थ तिमि मुर्ख हौ |" यो एउटा घुमाउरो तरिकामा छ...... जस्तै, तर्कमा के भनिन्छ ? कोष्टक ? वा त्यस्तै केहि | यदि मैले भन्छु कि "तिमी त्यो मानिसजस्तै देखिन्छौ जसले मेरो घडी चोर्यो," त्यो भनेको "तिमी चोरजस्तै देखिन्छौ |" त्यसैगरी, कृष्णले घुमाएर भन्नुहुन्छ कि "मेरो प्रिय अर्जुन, तिमी विद्वान मानिस जसरी बोडीछौ तर तिमी कुनै विद्वान मानिसले शोक नगर्ने विषयमा शोक गर्दैछौ |"