NE/Prabhupada 0450 - भक्तिमय सेवा सम्पन्न गर्दा कुनै भौतिक इच्छा ल्याउनुहुँदैन



Lecture on SB 7.9.4 -- Mayapur, February 18, 1977


प्रद्युम्न: अनुवाद- "नारद मुनिले भन्नुभयो: हे राजा, महान भक्त प्रल्हाद महाराज एउटा सानो बालक भए तापनि, उनले ब्रह्माजीको शब्द स्वीकारे | उनी बिस्तारै भगवान नृसिंह​-देव​ अगाडी गए र हात जोडेर आफ्नो प्रणाम प्रकट गर्न झुके |"

प्रभुपाद: तथेति शनकै राजन् महा-भागवतो ऽर्भकः उपेत्य भुवि कायेन ननाम विधृताञ्जलिः (श्री भा ७|९|४) प्रह्लाद महाराज महा-भागवत हुनुहुन्छ, साधान भक्त होइन | अर्भकः | अर्भकः भनेको अवोध बाक, पाँच-वर्षका बालक | तर महा-भागवत | यो होइन कि उनी बालक भएको कारण..... अहैतुक्य् अप्रतिहता (श्री भा १|२|६) | एउटा सानो बालक महा-भागवत बन्न सक्छन् र धेरै विद्वान मानिस राक्षस हुनसक्छ | भक्ति यति उच्च छ कि यी विरोधाभाष छन् | अर्भकः | अर्भ भनेको मुर्ख वा बच्च्पना, तर उही समयमा महा भागवत | यो सम्भव छ | महा भागवत भनेको..... हामीले विभिन्न प्रकारका भक्त बीच भिन्नता देख्नुपर्छ, कनिष्ठ अधिकारी, मध्यम​-अधिकारी र महा-भागवत​, उत्तम अधिकारी | उत्तम अधिकारी | यी प्रह्लाद महाराज महा-भागवतम्, महा भागवत हुन्, उनी अहिले पाँच वर्ष भएको कारणले होइन...... होइन | उनी आफ्नी आमाको गर्भदेखि महा-भागवत हुन् | जब उनकी आमालाई देवताहरुले आक्रमण गरेका थिए, पक्राउ गर्दै, र देवताहरुद्वारा लाँदै, नारद मुनि त्यहाँबाट जाँदै थिए: "तिमी के गर्दैछौ ?" र "उनी हिरण्यकशिपुकी पत्नी हुन्, र उनको गर्भमा बच्चा छ | त्यसैले हामी त्यो बच्चालाई पनि मार्न चाहन्छौं |" नारद मुनिले तत्काल उनीहरुलाई भने,"हुँदैन, हुँदैन, हुँदैन, हुँदैन | उनी साधारण बालक होइनन् | उनी महा-भागवत हुन् | त्यसैले नछोऊ |" उनीहरु सहमत भए | नारद मुनि....... यी देवता हुन् | केहि गल्ति गरे तापनि, जब नारद मुनिले आदेश दिए कि "क्षति गर्ने प्रयास नगर | उनी महा-भागवत हुन्," तत्काल...... नारद-मुनिले भन्नुभयो,"मेरी प्रिय पुत्री, तिम्रो पति नफर्केसम्म तिमी मसँग आऊ |" हिरण्यकशिपु देवताहरुई हराउन धेरै कठिन तपस्या गर्न गएको थियो | यो राक्षसको तपस्या हो | हिरण्यकशिपु धेरै कठिन समस्यामा संग्लग्न थियो | प्रयोजन के हो ? केहि भौतिक प्रयोजन | तर यस प्रकारको तपस्या बेकार छ | श्रम एव हि केवलम् (श्री भा १|२|८) | भौतिकवादीहरु तपस्या गर्छन् | जबसम्म तिनीहरु त्यो गर्छन्, तिनीहरुले प्रगति गर्नसक्दैनन्, न व्यापारमा, न आर्धिक क्षेत्रमा, न राजनैतिक क्षेत्रमा | तिनीहरुले धेरै, धेरै कठिन मेहेनत गर्नुपर्छ | जस्तै हाम्रो देशमा, महान नेता महात्मा गान्धीले धेरै, धेरै कठिन मेहेनत गर्नुपर्यो | दर्बनमा उनले बीस वर्ष नाश गरे र तीस वर्ष भारतमा | मैले भन्छु उनको समय नाश गरे | केको लागि ? केहि राजनैतिक प्रयोजनको लागि | उनको राजनैतिक प्रयोजन के थियो ? "अहिले हामी भारतीय नामगरेको एक समुह छौं | हामीले यी बेलायतीहरुलाई भगाउनुपर्छ र परमधिकार लिनुपर्छ |" यो प्रयोजन हो | यो अन्याभिलाषिता-शून्यं (चै च मध्य १९|१६७) हो | प्रयोजन के हो ? आज तपाई भारतीय हुनुहुन्छ; भोलि तपाई अरु केहि हुन सक्नुहुन्छ | तथा देहान्तर​-प्राप्तिः (भ गी २|१३) | तपाईले आफ्नो शरीर परिवर्तन गर्नुपर्छ | त्यसैले अर्को शरीर के हो ? के तपाई फेरी भारतीय हुनुहुन्छ ? कुनै आश्वासन छैन | तपाईको भारतप्रति धेरै स्नेह भए पनि, ठिकै छ, तपाईको कर्म अनुसार तपाईले शरीर पाउनुहुनेछ | तपाईले रुखको भारतीय शरीर प्राप्त गरे पनि तपाई पाँच हजार वर्षसम्म उभिनुहुनेछ | फाइदा के भयो ? कृष्णले भन्नुहुन्छ तथा देहान्तर​-प्राप्तिः | उहाँले भन्नुहुँदैन कि एउटा मानव फेरी मानव हुनेछ | कुनै आश्वासन छैन | केहि धुर्तहरुले भन्छन् कि एक प्पतक यो मानव शरीर प्राप्त गरेपछी उसको दुर्गति हुँदैन | होइन | त्यो तथ्य होइन | तथ्य यो हो कि ८४,००,००० विभिन्न प्रजातिका योनीमध्ये आफ्नो कर्म अनुसार तपाईले शरीर प्राप्त गर्नुहुनेछ | त्यति हो | कुनै आश्वासन छैन कि तपाईले पाउनुहुन्छ...... र तपाईले भारतीय शरीर प्राप्त गरे पनि तपाईको मतलब कसले गर्छ ? त्यसैले कृष्ण भावना बिना, हामीले जे तपस्या गरे पनि, यो केवल समयको नाश हो | हामीले थाहा पाउनुपर्छ | केवल समयको नाश | किनकि तपाईले आफ्नो शरीर परिवर्तन गर्नुपर्छ | सबै कुरा परिवर्तन हुनेछ | तपाई नग्न अवस्थामा आउनुभएको थियो; तपाई नग्न अवस्थामा जानुपर्छ | तपाईले केहि लाभ पाउनुहुँदैन | मृत्युः सर्व​-हरश् चाहम् (भ गी १०|३४) | सर्व-हरश् च​ | तपाईसँग जे छ, सबैकुरा खोसिनेछ | मृयु..... जस्तै हिरण्यकशिपु | हिरण्यकशिपुले के जम्मा गरे, प्रह्लाद महाराजले भन्नुभयो कि "एक सेकेन्डमा, हजुरले खोस्नुभायो | त्यसैले, मेरो प्रभु, किन हजुरले मलाई यो भौतिक आशिर्वाद दिंदै हुनुहुन्छ ? यसको के मूल्य छ ? मैले मेरो पितालाई देखेको छु: उहाँको परेला हल्लिंदा देवताहरु भयभीत हुन्थे | त्यस्तो स्थान हजुरले एक सेकेन्डमा समाप्त गरिदिनुभयो | त्यसैले यो भौतिक स्थानको के महत्व ?" तसर्थ, जो शुद्ध भक्त हुन्छन्, उनीहरु केहि भौतिक कुराको इच्छा गर्दैनन् | त्यो उनीहरुको स्वार्थ........ अन्याभिलाषिता-शून्यं ज्ञान​-कर्माद्य्-अनावृतम् आनुकूल्येन कृष्णानु- शीलनं भक्तिर् उत्तमा (भ र सि १|१|११) हामीले त्यो सधैं सम्झनुपर्छ | भक्तिमय सेवा सम्पन्न गर्न कुनै भौतिक इच्छा नल्याउनुहोस् | तब यो शुद्ध हुँदैन | न साधु मन्ये यतो आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देह​ | जब तपाईले भौतिक इच्छा ल्याउनुहुन्छ, तब तपाईले आफ्नो समय नाश गर्नुहुन्छ | किनकि तपाईले एक शरीर प्राप्त गर्नुपर्छ | तपाईको इच्छा पुरा हुनेछ | कृष्ण यति दयालु हुनुहुन्छ- ये यथा मां प्रपद्यन्ते तांस् तथ्ऐव भजामि (भ गी ४|११) - यदि तपाईले भक्तिद्वारा केहि इच्छा पुरा गर्न चाहनुहुन्छ, कृष्ण धेरै दयालु हुनुहुन्छ: "ठिक छ |" तर तपाईले अर्को शरीर धारण गर्नुपर्दछ | र यदि तपाई शुद्ध हुनुहुन्छ, केवल, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९) | यो चाहिएको छ, शुद्ध भक्त | तसर्थ हामी सबजनालाई शुद्ध भक्त बन्न सुझाव दिन्छौं | शुद्ध भक्त...... यो उदाहरण हो, महा-भागवत | यी पाँच-वर्षका बालक, उनको कृष्णलाई सन्तुष्ट गर्ने, उहाँको शुद्ध भक्त बन्नेबाहेक केहि कार्य थिएन |