NE/Prabhupada 0460 - प्रह्लाद महाराज साधारण भक्त हुनुहुन्न; उहाँ नित्य-सिद्ध हुनुहुन्छ



Lecture on SB 7.9.7 -- Mayapur, February 27, 1977


त्यसैले प्रहलाद महाराज... उहाँको बुबासंग उहाँको केहि मतभेद थियो, तर उहाँ साधारण वक्ति हुनुहुन्न थियो | उहाँको बुबा होलान... उहाँको बुबा निक्कै ठुलो व्यक्ति हुनुहुन्थ्यो, तिमीलाई थाहा छ | उनले पुरा विश्वलाई हराएका थिए | उहाँ गरिबको पुत्र हुनुहुन्न थियो | प्रहलाद महाराज निक्कै धनि व्यक्तिको पुत्र हुनुहुन्थ्यो, र उहाँलाई आफ्नो बुबाले शिक्षा ग्रहण गर्ने मौका प्रसस्त दिनु भएको थियो | अवस्य पांच बर्सको उमेरमै | जन्म्ऐश्वर्य​-श्रुत​-श्री | उहाँलाई सबै थोक थियो, तर प्रहलाद महाराज भौतिक अवस्थामा निर्भर हुनुहुनथिएन | उहाँ आफ्नो गम्भिरता,सुखकारी अल्लौकिक भक्ति सेवामा निर्भर हुनुहुन्थ्यो | यो चाहिन्छ | त्यो स्तरमा हामी तुरुन्तै पुग्न सक्दैनौ | उहाँ नित्य-सिद्ध हुनुहुन्थ्यो | मैले व्याख्या गर्न खोज्दै थिए, कि जब कृष्ण अवतर लिनु हुन्छ , उहाँको नित्य-सिद्ध भक्तहरु, पर्सादहरु, उहाँहरु पनि आउनुहुन्छ | ग्औराङ्गेर सङ्गि-गणे, नित्य​-सिद्ध बोलि माने, तर हय व्रजभूमि वास​, यस्तो, नरोत्तम दस ठाकुर... जस्तै, श्री कृष्ण चैतन्य प्रभु नित्यानन्द श्री अद्व्ऐत गदाधर श्रीवसदि ग्और भक्त वृन्द​ | उहाँहरु चैतन्य महाप्रभुको पर्सादहरु हुनुहुन्छ, उहाँहरु नित्य-सिद्ध हुनुहुन्छ | तिमीले कुनै एकलाई त्याग्नु मिल्दैन र आफ्नो कल्पना गर्न मिल्दैनाकी म उसको पुञ्ज गर्छु.... (बिश्राम ) कृष्ण प्रकट हुनुभयो - पन्च तत्व | कृष्ण ईश​ हुनुहुन्छ र नित्यानन्द प्रभु, उहाँ प्रकाश​ हुनुहुन्छ, उहाँको पहिलो विस्तार हो | भगवानको धेरै विस्तार छन् | अद्वैत अच्युत अनादि अनन्त​ऋऊपम् आद्यं पुराण​-पुरुषम् (ब्रह्मसंहिता ५.३३) | उहाँसंग हजारौं हजार छन् | उहाँको पहिलो विस्तार बलदेव-तत्त्व, नित्यानन्द हुनुहुन्छ; र उहाँको अवतर, अद्वैत; र उहाँको अत्ध्यत्मिक क्षमता, गढ़ादारा र उहाँको सिमान्त क्षमता, श्रीवास | त्यसैले चैतन्य महाप्रभु पन्च तत्त्वमा आउनुभयो..., पञ्च​-तत्त्वात्मकम् | तिमीले यो अस्विकार गर्न मिल्दैन | यदी तिमीले "म् केवल कसैलाई पूजा गर्छु...' भन्यो भने त्यो ठुलो अपारद हुन्छ | चैतन्य महाप्रभु वा चैतन्य नित्यानन्द | होइन | तिमीले पन्च-तत्त्वलाई पूजा गर्नुपर्छ, पूर्ण रुपमा पञ्च​-तत्त्वात्मकं कृष्णम् | त्यसैगरी, हरे कृष्ण महामंत्र,सोर्ह नामहरु, हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे, हरे,(भक्तहरु भन्छन) हरे राम, हरे राम, राम राम, हरे, हरे | तिमीले मिसाउन मिल्दैन | शास्त्रले जे भन्छ तिमीले त्यही गर्नु पर्छ | महाजनो येन गतः स पन्थाः (चै च मध्ये १७.१८६) | यदी तिमि शास्त्रबाट विचलित भयोभने, त्यसपछि तिमि कहिले सफल हुँदैनौ | यः शास्त्र विधिम् उत्सृज्य वर्तते काम​-कारतः न सिद्धिम् अवाप्नोति न सुखं न परां गतिम् (भ गी १६.२३) एदी तिमीले प्रहलाद महाराजको स्थरमा प्रवेश गर्न चाहनछौ भने, हामीले तुरुन्तै उहाँको नक्कल गर्नु हुँदैन | हामीले साधना-भक्ति अपनाउनु पर्छ, साधना-भक्ति, समन्यको लागि; र कृपा-सिद्धि, यो निक्कै विशेष छ | यो अनुमान गर्न नसकिने चिज हो | यदी कृष्ण चाहनुहुन्छ, उहाँले तुरुन्तै कोहीलाई महत्वपूर्ण बनाई दिनुहुन्छ | यो हो कृपा-सिद्ध | त्यसैले त्यहाँ तीन तहक भक्तहरु छन् : नित्य-सिद्ध र साधना-सिद्ध र कृपा-सिद्ध | प्रहलाद महाराज नित्य-सिद्द हुनुहुन्छ | उहाँ समन्य साधना-सिद्ध वा... अवश्य, त्यसमा कुनै भिन्नता छैन, यदी त्यो साधना-सिद्ध वा कृपा-सिद्ध होस्, तर हामीले सधैं प्रहलाद महाराजलाई सामान्य भक्त ठान्नु हुन्न, उहाँ नित्य-सिद्ध हुनुहुन्छ | त्यसैले उहाँले गहन लक्षण तुरुन्तै अनुशरण गर्नुभयो, अस्त-सिद्धि | अस्त-सिद्धि, हामीले यो भक्ति रसा-मृत सिन्धुमा पढेका छौँ | यो परमसुख, एकाग्र-मनसा | एकाग्र-मनसा, "पुरा सावधान पुर्वक |" हामीलाई त्यस्तो एकाग्रता जगौना सय वा हजारौं वर्ष लग्न सक्छ | तर प्रहलाद महाराजले - तुरुन्तै, केवल पाँच वर्षको बच्चाले किनब हने उहाँ नित्य सिद्ध हुनुहुन्थ्यो तुरुन्तै अनुशरण गर्नु भयो | हामीले सधैँ स्मरण गर्नुपर्छ हामीले उहाँको नक्कल गर्नु हुँदैन | प्रहलाद महाराज तुरुन्तै एकाग्र-मनसा हुनुभयो, र म पनि हुन्छु |" होइन | यो सम्भब छैन | यो सम्भब हुन सक्ला तर यो मार्गबाट होइन |