NE/Prabhupada 0459 - प्रह्लाद महाराज महाजनहरु मध्ये एक हुनुहुन्छ



Lecture on SB 7.9.7 -- Mayapur, February 27, 1977


प्रधुय्मन: अनुवाद- प्रहलाद महाराजआफ्नो मान र दृश्य निर्सिम्ह देवमा केन्द्रित थियो | पूर्ण सावधान, र पूर्ण ध्यान पुर्वक | नियन्त्रित हृदयले उहाँले पुरा प्रेमले र मान्द स्वरले प्राथना गर्नु भयो |

प्रभुपाद: अस्त्औषीद् धरिम् एकाग्र​- मनसा सुसमाहितः प्रेम​-गद्गदया वाचा तन्-न्यस्त​-हृदयेक्षनः (श्री भा ७.९.७) यो वास्तविक प्रक्रिया हो | यो प्रक्रिया हामीले तुरुन्तै हुन्छ भन्ने सोच्नु हुन्न, तर यदी साधारण प्रक्रिया गरियो भने सहजै हुन्छ, भागवत-गीतमा उल्लेख गरिए जस्तै, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भा गी १८.६५). तिमीले प्रह्लाद महाराजको जस्तो स्थान तुरुन्तै प्राप्त गर्न सक्दैनौ | यो सम्भब छैन| यो प्रक्रियालै साधना भक्ति भनिन्छ | प्रहलाद महाराजको स्थान अलग्गै थियो | उहाँ मह-भागवत हुनुहुन्थ्यो | हामीले धेरै ठाउँमा देखेका छौँ, उहाँ नित्य-सिद्ध हुनुहुन्छ | यहाँ दुइ प्रकारका भक्त पाईन्छ, तिन: नित्य-सिद्ध, साधना-सिद्ध, कृपा-सिद्ध | यो कुराहरु भक्ति रसा-मृत सिन्धुमा उल्लेख गिरएको छ | नित्य-सिद्ध भनेको उनीहरु सिद्धी सर्वोच्च पुरुसोत्तम भगवानसंग सम्बन्धित छ | उनीहरुलाई नित्य-सिद्ध भनिन्छ | रसधना-सिद्ध भनेको कुनै पतित हो जो यो भौतिक संसारमा जन्म लिन्छ, तर भक्ति मार्गको साधना नित्य नियमले अभ्यास गरेर, शास्त्र पढेर, गुरको मार्ग अनुशरण गरेर येसरी, पतित व्यक्ति पूर्ण नित्य-सिद्ध हुन पुग्दछ | यसलाई साधना-सिद्ध भनिन्छ | र अर्को चाहिं | त्यो हो कृपा-सिद्ध | कृपा-सिद्ध भनेको... जस्तै नित्यानन्द प्रभु, उहाँले चाहनु हुन्थ्यो कि जगाइ-मधाइले पनि मुक्ति पाउनु पर्छ | उनिहरुसंग साधना थिएन | उनीहरुले कहिले पनि नियम पालना गरेनन, उनीहरु चोर र दुर्जन, निक्कै पतित थिए | तर नित्यानन्द प्रभु उधाहरण दिन चाहनुहुन्थ्यो, कि "मैले यी दुइ भाइलाई मुक्ति प्रधान गर्नु पर्छ |" उनीहरु पतित भएपनि केहि फरक पर्दैन |" यसलाई कृपा-सिद्ध भनिन्छ | हामीले यी तिन श्रेणीहरु बारे स्मरण राख्नु पर्दछ: नित्य-सिद्द, साधना-सिद्ध र कृपा-सिद्ध | तर जुन प्रक्रिया अनुशरण गरेर पनि जब उनीहरु सिद्ध हुन्छन, उनीहरु एउटी स्तरमा हुन्छन | त्यसमा भिन्नत छैन | त्यसैले प्रहलाद महाराजको स्तर नित्य-सिद्ध थियो | गौराङ्गेर सङ्गि गने नित्य​-सिद्ध बोलि माने | चैतन्य महाप्रभु, जब उहाँ आउनुभयो... उहाँ मात्रै होइन अरुपनि | जसतै कृष्णको धेरै भक्तहरु छन्, उनीहरु परस्द थिए, जस्तै अर्जुन थिए | अर्जुन नित्य-सिद्ध छन्, नित्य-सिद्ध मित्र | जब कृष्णले भन्नुभयो"मैले यो भागवाद-गीतको सिद्धान्त प्रथम सुर्य देवलाई भनेको थिएँ " इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् (भा गी ४.१), धेरै वर्ष पहिले | त्यो कुरा बुझ्न अर्जुनले सोधे "कृष्ण, तपाई मेरो उमेरको हुनुहुन्छ |" म कसरी विश्वास गरौ कि यो ज्ञान तपाइले हजारौँ वर्ष अघि भन्नु भएको थियो भनेर?" कृष्णले के भन्नुभयो त भन्दा, तिमीलाई थाहा छ हे मेरो प्रिय अर्जुन, तिमी र धेरै धेरै पटक एकै साथ प्रकट भएका छौँ | भिन्नता केहो भने केवल तिमीले बोर्सेका छौ | त्यसको मतलब तिमी त्यतिबेलामा पनि उपस्थित थियेउ, किनभने तिमी मेरो नित्य-सिद्ध मित्र हौ | जब म प्रकट हुन्छु तिमी पनि प्रकट हुन्छौ | तर तिमीले बिर्सेउ; मैले बिर्सेको छैन |" यो भगवान र जीव बीचको भिन्नता हो, हामी भगवानको सानो अंशको अंश हौँ; त्यसैले हामीले भुल्न सक्छौँ | तर कृष्णले भुल्नु हुन्न | यो मात्रै हो विन्नाता | त्यसैले नित्य-सिद्ध | प्रहलाद महाराजलाइ नित्य, महा-भागवत, नित्य-सिद्ध हुनुहुन्छ भनेर बुझ्नु पर्दछ | उहाँहरु कृष्णको लिला पूर्ण गर्न प्रकट हुनुभएको हो | त्यसैले हामीले प्रहलाद महाराज जस्तै नक्कल गर्नु हुन्न | यो राम्रो होइन | महाजनो येन गतः स पन्थाः, मैले हिजो नै यो व्याख्या गरी सके | प्रहलाद महाराज महाजनहरु मध्यको एक हुनुहुन्छ, सिध्हा व्यक्ति, सिद्ध भक्त | हामीले उहाँको अनुशरण गर्न जरुरी छ | महाजनो येन गतः स पन्थाः | त्यसैले स्रुतायो विभिन्नाह | तर्को ऽप्रतिष्ठः श्रुतयो विभिन्ना नास्औ मुनिर् यस्य मतम् न भिन्नम् यहाँ धेरै मायावादिहरु छन्, जो लगातार अन्त नहुने गरी लागि रहेका छन् :"भगवान के हो ?" नेती नेती: "यो होइन, यो होइन, यो होइन | ब्राह्मण के हो ?" त्यो प्रक्रियाबाट तिमीले कहिले पनि भगवानलाई बुझ्न सक्दैनौ | ज्ञाने प्रयासे उदपास्य नमन्त एव​ | चैतन्य महाप्रभुले यो सुत्र अपनाउनुभएको छ | तिम्रो ज्ञानले, तिम्रो शैक्षिक् छात्रव्रितीले बुझ्न खोजेउ भने बुझ्दैनौ- तिमी महा वा उच्चतम विद्वान होलाऊ- तर त्यो तिम्रो भगवानलाई बुझ्ने योग्यता होइन | यो योग्यता होइन | तिमीले आफ्नो सबै घमण्डहरु "म धनि," "म ज्ञानी भन्ने धारणा," हटाउनु पर्छ "म धेरै राम्रो छु," "म धेरै..." इत्यादी इत्यादी | त्यो जन्म्ऐश्वर्य श्रुत श्री (श्री भाग १.८.२६) हो | यो योग्यता होइन | कुन्तिदेवाले भन्नुभयो, अकिन्चना गोचरह: तिमी अकिन्चना गोचर |" अकिन्चना | किन्चना भनेको यदी कसैले सोच्छ कि " मसंग यो छ त्यो छ; त्यसैले मा कृष्णलाई खरिद गर्न सक्छु," ओह्हो यो होइन | यो सम्भब छैन | तिमी रित्तो आएको छौ, अकिन्चना-गोचरह |