NE/Prabhupada 0473 - डार्विनले विकासवाद सिद्धान्तको विचार पद्म पुरणबाट लिएको हो



Lecture -- Seattle, October 7, 1968


डार्विनले विकासवाद सिद्धान्तको विचार पद्म पुरणबाट लिएको हो | तपाईले संसारमा कुनै सिद्धान्त, कुनै मत पाउनुहुँदैन जुन वैदिक साहित्यमा पाइँदैन | यो धेरै पूर्ण छ, सबै कुरा यसमा छन् | त्यसैले सगुणवाद, वा के भनिन्छ, मानव जातिको विज्ञान ? डार्विनले भनेको मनुष्य जातिको विज्ञान पद्म पुराणमा छ | यो धेरै राम्ररी वर्णन गरिएको छ | डार्विनले विभिन्न जातिको संख्या कति छ भन्न सक्दैन, तर पद्म पुराणमा भनिएको छ कि पानीमा ९,००,००० प्रजातिका जीवन छन् | र पानी माथि, जब पानी सुक्छ, जमिन बाहिर आउँछ, तत्काल रुख-बिरुवा उम्रन सुरु गरे | विभिन्न प्रकारका रुख र बिरुवा निस्कन थाले | जलजा नव​-लक्षाणि स्थावरा लक्ष​-विंशति | बीस लाख, लक्ष​-विंशति | त्यो बीस लाख हो ? जे भए पनि...... स्थावरा लक्ष​ | स्थावरा भनेको जुन चल्न सक्दैनन् | विभिन्न प्रकारका जीवहरु छन् | रुखहरु, बिरुवाहरु, तिनीहरु चल्न सक्दैनन् | अरु प्रकारका जीवहरु, जस्तै चराहरु, पशुहरु, मानव, तिनीहरु चल्न सक्छन् | स्थावरा र जङ्गम​ | जङ्गम​ भनेको जो चलन सक्छन् र स्थावरा भनेको जो चलन सक्दैनन् | पहाड, हिमाल, तिनीहरु पनि स्थावरामा पर्छन् | तिनीहरु पनि जीव हुन् | धेरै पहाडहरु छन्, तिनीहरु हुर्कंदै छन् | त्यो भनेको त्यहाँ जीवन छ, तर ढुंगाको तल्लो स्तरमा | यस प्रकारले हामीले प्रगति गर्दैछौं | स्थावारा लक्ष-विंशति कृमयो रुद्र​-सङ्ख्यकाः | घिस्रिने जीव र किराहरु | रुद्र-सङ्ख्यकाः भनेको एघार लाख | अनि घिस्रिने जीवहरु, किराहरुबाट पखेटा उम्रन्छ- पंक्षीहरु | पखेटा हुर्केपछी...... अनि पंक्षीको जीवनमा आउँछ | पक्षिणां दश-लक्षणम्: दश लाख प्रकारका पंक्षीहरु | अनि पशवः त्रिंशल-लक्षाणि, चार-खुट्टे पशुहरु, तीस लाख प्रकारका छन् | नौ र बीस, उन्नाइस, अनि एघार, चालिस | अनि चारहरु, दश, पचास, पशु, तीस, असी- असी लाख | अनि...... असी लाख- र चारलाख मानव प्रजाति | मानव जति ठुलो मात्रामा छैन | त्यो मध्ये, धेरै असभ्य छन्, र धेरै कम आर्यन परिवारहरु | आर्यन परिवार- भारतीय-युरोपेली परिवार, तिनीहरु पनि आर्यन हुन्- तिनीहरु धेरै कम छन् | युरोपेलीहरु, तिनीहरु भारतीय-युरोपेली समुहमा पर्छन् | अमेरिकीहरु पनि युरोपबाट आएका हुन् | यो समुहको मानव समाज धेरै कम छ | अरु धेरै असभ्य समुह छन् | तसर्थ वेदान्तमा भनिएको छ, अथ अतः, अब तपाईसँग मानव जीवन छ, सभ्य जीवन, तपाईसँग आफ्नो आरामदायी जीवनको लागि राम्रो व्यवस्था छ | विशेषगरी अमेरिकामा तपाईसँग सम्पूर्ण भौतिक सुविधाहरु छन् | तपाईसँग गाडी छ, तपाईसँग राम्रो सडक छ, राम्रो भोजन, रामोर घर, राम्रो वस्त्र, राम्रो शारीरिक बनावट | भगवानले तपाई सबै कुरा धेरै राम्ररी दिनुभएको छ |