NE/Prabhupada 0475 - हामी भगवानको दास बन्नुपर्छ भन्ने सुनेपछि डराउँछौं



Lecture -- Seattle, October 7, 1968


हामी परब्रह्म बन्न सक्दैनौं | कम्तिमा हामीले वैदिक साहित्यमा पाउँदैनौं, कि एउटा जीव भगवान जति शक्तिशाली बन्न सक्छ | छैन | यो सम्भव छैन | भगवान महान हुनुहुन्छ | उहाँ सधैं महान हुनुहुन्छ | तपाई भौतिक बन्धनबाट मुक्त भए पनि, उहाँ महान हुनुहुन्छ | तसर्थ यो श्लोक, गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | हाम्रो भगवानसँगको नित्य सम्बन्ध भनेको उहाँको आराधना गर्नु वा उहाँको सेवा गर्नु | त्यो सेवा धेरै राम्रो हुन्छ | नसम्झनुहोस् कि........ जब हामी सेवाको कुरा गर्छौं, हामीले सुचना सक्छौं कि "ओहो, यहाँ हामी सेवा स्वीकार गरेर पिडा भोग्दैछौं |" जस्तै अर्को साँझ एउटा युवकले प्रश्न सोध्दै थिए,"हामीले किन ढोग्नुपर्यो ?" मलाई थाहा छैन कि उनी यहाँ छन् कि छैनन् | कोहिप्रति शरणागत हुन ढोग्नु भनेको नराम्रो होइन, तर हामी भिन्न परिस्थितिमा भएको कारण, अरुमा शरणागत हुन धेरै असुविधाजनक हुन्छ | जस्तै कोहि पनि अर्को देशमा निर्भर हुन चाहँदैन, कोहि पनि अर्को मानिसमा निर्भर हुन चाहँदैन | सबजना स्वतन्त्र हुन चाहन्छन् किनकि यो भौतिक जगत अध्यात्मिक जगतको विकृत प्रतिबिम्ब हो | तर आध्यात्मिक जगतमा तपाई जति धेरै शरणागत हुनुहुन्छ, तपाई जति धेरै दास बन्नुहुन्छ, तपाई खुसी हुनुहुन्छ | तपाई खुसी हुनुहुन्छ | तर हामीसँग वर्तमान समयमा त्यसको कुनै बुझाई छैन | हामीसँग कुनै अध्यात्मिक विचार छैन, कुनै अध्यात्मिक अनुभूति छैन, तसर्थ हामी भगवानको दास बन्नुपर्छ भन्ने सुन्नासाथ डराउँछौं | तर डराउने कुनै प्रश्न उठ्दैन | भगवानको दास बन्नु धेरै आनन्दमय हुन्छ | तपाईले धेरै सुधारकहरु देख्नुहुन्छ, उनीहरु आए, उनीहरुले भगवानको लक्ष्यको लागि सेवा गरे र उनीहरुको आराधना अझै पनि गरिन्छ | त्यसैले भगवानको सेवक बन्नु त्यस्तो तुच्छ कुरा होइन | यो धेरै महत्वपूर्ण कुरा हो | गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | तर यसलाई नस्वीकार्नुहोस् | सर्वप्रथम बुझ्ने प्रयास गर्नुहोस् | तसर्थ वेदान्त सूत्रमा भनिएको छ, अथातो ब्रह्म जिज्ञासा | ब्रह्म के हो बुझ्ने प्रयास गर्नुहोस् | (माइक्रोफोनले आवाज निकाल्छ) यो आवाज किन ? ब्रह्म के हो बुझ्ने प्रयास गर्नुहोस् र आफ्नो सम्बन्ध बुझ्ने प्रयास गर्नुहोस् | अनि, जब तपाई वास्तवमा शरणागत हुनुहुन्छ, तपाईले ज्ञानले पूर्ण आफ्नो शाश्वत आनन्दमय जीवन प्राप्त गर्नुहुन्छ | र तो कुरा चैतन्य महाप्रभुको दिव्योपदेशमा धेरै राम्ररी वर्णन गरिएको छ | भगवद गीतामा पनि, उही शिक्षा छ तर..... हामीसँग दुइटा पुस्तक प्रकासित भइसके, एउटा भगवद गीता यथारुप; अर्को, चैतन्य महाप्रभुको दिव्योपदेश | भगवद गीतामा शरणागतिको प्रक्रिया सिकाइएको छ | सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | "तिमी ममा शरणागत होऊ," भगवानले भन्नुहुन्छ | र भगवानका शिक्षा, चैतन्य महाप्रभुको शिक्षा भनेको कसरी शरणागत हुने | किनकि हाम्रो बानी छ, हाम्रो वर्तमान बद्ध जीवनमा शरणागति विरुद्ध जाने | धेरै समुहहरु छन्, धेरै "वादहरु", र मुख्य सिद्धान्त भनेको "म किन शरणागत हुने ?" त्यो मुख्य रोग हो | जुनसुकै राजनैतिक दल होस्, जस्तै साम्यवादी दल..... तिनीहरुको क्रान्ति भनेको तिनीहरुले भने अनुसार पुँजीवादीसँग हो | "हामीले किन गर्ने....." सर्वत्र, उही कुरा छ कि "म किन शरणागत हुने ?" तर हामी शरणागत हुनुपर्छ | त्यो हाम्रो मौलिक अवस्था हो | यदि म कोहि विशेष व्यक्ति वा विशेष सरकारप्रति शरणागत हुँदिन, वा विशेष समुदाय वा समाज वा केहिप्रति, तर अन्त्यमा म शरणागत हुन्छु | म भौतिक प्रकृतिको नियमप्रति शरणागत हुन्छु | कुनै स्वतन्त्रता हुँदैन | म शरणागत हुनुपर्छ | जब मृत्युको क्रुर हातको पुकार हुन्छ, तत्काल म शरणागत हुनुपर्छ | धेरै कुराहरु | हामीले बुझ्नुपर्छ..... यो ब्रह्म-जिज्ञासा हो कि "किन शरणागतिको प्रक्रिया हुन्छ ?" यदि मलाई शरणागत हुने इच्छा छैन, तब मलाई शरणागत हुन बाध्य बनाइन्छ | राज्यमा पनि यदि म राज्यको कानुन अनुरुप चल्दीनँ, राज्यले मलाई प्रहरी-बल, सैन्य-बल, वा धेरै कुराद्वारा शरणागत हुन बाध्य बनाउँछ | त्यसैगरी, म मर्न चाहन्नँ, तर मृत्युले मलाई शरणागत हुन बाध्य बनाउँछ | म बुढो हुन चाहन्नँ, तर प्रकृतिले मलाई बुढो हुन बाध्य बनाउँछिन् | म कुनै रोग चाहन्नँ, तर प्रकृतिले मलाई कुनै प्रकारको रोग स्वीकार्न बाध्य बनाउँछिन् | त्यसैले यो शरणागतिको प्रक्रिया हुन्छ | अब हामीले बुझ्नुपर्छ कि यो किन हुन्छ | त्यो भनेको मेरो मौलिक अवस्था भनेको शरणागत हुनु हो, तर वर्तमान कठिनाई भनको म गलत व्यक्तिप्रति शरणागत हुँदैछु | जब मैले बुझ्छु कि म भगवानप्रति शरणागत हुनुपर्छ, तब मेरो मौलिक अवस्था पुनर्जागृत हुन्छ | त्यो मेरो स्वतन्त्रता हो |