NE/Prabhupada 0477 - हामीले नयाँ किसिमको धार्मिक सम्प्रदाय वा दर्शनको विधि उत्पादन गरेका छैनौं



Lecture -- Seattle, October 7, 1968


त्यसैले हाम्रो कृष्ण भावनामृत अभियान, त्यति कठिन छैन, बुझ्न वा सम्पन्न गर्न | हामीले केवल यो गर्ने इच्छा गर्नुपर्छ | त्यति हो | त्यस इच्छा तपाईको हातमा छ | यदि तपाईले चाहनुहुन्छ, तपाईले यो स्वीकार्न सक्नुहुन्छ | किनकि तपाईसँग केहि कुरा स्वीकार गर्न वा अस्विकार गर्न थोरै स्वतन्त्रता छ | त्यो स्वतन्त्रता तपाईसँग छ | र केहि राम्रो अस्विकार गरेर हामी पिडामा हुन्छौं र केहि राम्रो स्वीकार गेर हामी खुसी हुन्छौं | त्यसैले यो स्वीकार वा अस्विकार तपाईको हातमा छ | यहाँ कृष्ण भावनाको प्रस्ताव छ, महान अधिकारीहरुद्वारा, भगवान कृष्णद्वारा, चैतन्य महाप्रभुद्वारा, र हामी विनम्र सेवकमात्र हौँ | हामीले केवल वितरण गर्दैछौं | हामीले कुनै नयाँ प्रकारको धार्मिक सम्प्रदाय वा सिद्धन्तिक विषय उत्पादन गरेका छैनौं | होइन | यो धेरै, धेरै पुरानो विधि हो, कृष्ण भावना | हामीले केवल वितरण गर्ने प्रयास गर्दै छौं, यस्तो विधि जुन साधारण मानिसले स्वीकार्न सकुन् | त्यसैले यहाँ उपस्थित तथा अनुपस्थित सबैलाई हाम्रो अनुरोध छ, कि तपाई यस कृष्ण भावनामृत अभियान बुझ्ने प्रयास गर्नुहोस्, र यदि तपाईले तत्काल बुझ्नुहुँदैन, यदि तपाईले हामीसँग सङ्ग गर्नुहोस्, आफ्नो प्रश्न राख्नुहोस्, बुझ्ने प्रयास गर्नुहोस् | हामी भन्दैनौं कि तपाई यसलाई अन्धो रुपमा स्वीकार्नुहोस् | आफ्नो प्रश्न राख्नुहोस्, बुझ्ने प्रयास गर्नुहोस्, हाम्रो साहित्य पढ्नुहोस् र तपाईले बुझ्नुहुनेछ | यसमा कुनै शंका छैन | र तपाईले यो लिनुहुनेछ | यदि तपाईले यो लिनुहुन्छ, तपाई खुसी हुनुहुनेछ | अरु विधिहरुमा...... जस्तै एउटा राजनैतिक मत | यो राष्ट्रिय स्तरमा स्वीकार नगरिएसम्म...... जस्तै हेरक देशमा धेरै राजनैतिक दलहरु छन् | हरेक मानिस दलको राजनीति अगाडी ल्याउने प्रयासमा छन् किनकि सम्पूर्ण देशले उसको सिद्धान्त, उसको दललाई स्वीकार नगरेसम्म त्यस अगुवा सफल हुन सक्दैन | तर कृष्ण भावना यति राम्रो च कि यसमा आवश्यक छैन कि एउटा समुदाय वा एउटा राष्ट्र वा एउटा परिवार वा कुनै समुहले स्वीकार्नुपर्छ अनि तपाई खुसी हुनुहुनेछ | होइन | व्यक्तिगत रुपमा यदि तपाईले स्वीकार्नुहुन्छ | यदि तपाईको परिवारले स्वीकार्दैन, यदि तपाईको समुदायले स्वीकार्दैन, यदि तपाईको राष्ट्रले स्वीकार्दैन, यसको मतलब हुँदैन | तपाई खुसी हुनुहुनेछ | तर यदि तपाईको परिवारले स्वीकार्छ, यदि तपाईको समुदायले स्वीकार्छ, यदि तपाईको राष्ट्र......, तपाई धेरै खुसी हुनुहुनेछ | किनकि यो परम छ, स्वतन्त्र छ, त्यसैले कुन मानिसले कृष्ण भावना लिन्छ, ऊ तत्काल खुसी हुन्छ | त्यसैले हामीले तपाईलाई निमंत्रना गर्छौं | हाम्रोमा कक्षा हुन्छ. हामीसँग विभिन्न शहरहरुमा धेरै शाखा छन्, हामीसँग पुस्तक छ, हामीसँग पत्रिका छन् र हामी तपाईलाई बिहान र बेलुकाको कक्षाले विश्वास दिने प्रयास गर्छौं | त्यसैले मेरो तपाईहरु सबैलाई विनम्र अनुरोध छ कि तपाई बुझ्ने प्रयास गर्नुहोस् | चैतन्येर् दया कथा करह विचार | हामी बुझ्नको लागि तपाईलाई निर्णय गर्न दिन्छौं | हामील यस कृष्ण भावना तपाईको निर्णयको लागि तपाई अगाडी पेस गर्छौं | र यदि तपाई सुक्ष्म परिक्षण गरेर हेर्नुहुन्छ र बुझ्ने प्रयास गर्नुहुन्छ, तब तपाईले अनुभव गर्नुहुन्छ,"ओहो, यो यति धेरै दिव्य छ | यो धेरै राम्रो छ |" त्यो हाम्रो अनुरोध हो |

धेरै, धेरै धन्यवाद |