NE/Prabhupada 0478 - तपाईको हृदयभित्र पनि टेलिभिजन बाकस छ



Lecture -- Seattle, October 18, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: हामी गोविन्दको आराधना गर्दैछौं, जो सर्वोच्च पुरुषोत्तम भगवान, मूल पुरुष हुनुहुन्छ | यो ध्वनि, गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि, उहाँसम्म पुग्दैछ | उहाँले सुन्दै हुनुहुन्छ | तपाईले भन्न सक्नुहुन्न कि उहाँले सुन्नुभएको छैन | के तपाईले भन्न सक्नुहुन्छ ? हुँदैन | विशेषगरी यो वैज्ञानिक युगमा, जब टेलिभिजन, रेडियो सन्देशको प्रसारण हुन्छ, हजारौं मील पर, र तपाईले सुन्न सक्नुहुन्छ, अब तपाईले कसरी......? किन कृष्णले तपाईको प्रार्थना, इमानदार प्रार्थना सुन्न सक्नुहुन्न ? तपाईले कसरी भन्न सक्नुहुन्छ ?कसैले नकार्न सक्दैन | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति (ब्र स ५|३८) | जसरी हजारौं मील तथा तपाईले टेलिभिजनको चित्र पथाउना सक्नुहुन्छ, वा तपाईको रेडियो ध्वनि, त्यसैगरी, यदि तपाईले आफुलाई तयार गर्नुहुन्छ, तब तपाईले सधैं गोविन्दलाई देख्न सक्नुहुन्छ | यो कठिन छैन | यो ब्रह्म संहितामा वर्णित छ, प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन | तपाईले केवल आफ्नो आँखा, आफ्नो मन त्यस प्रकारले तयार गर्नुपर्छ | तपाईको हृदयभित्र टेलिभिजन बाकस छ | यो योगको पूर्णता हो | यो होइन कि तपाईले एउटा यन्त्र वा टेलिभिजन किन्नुपर्छ | यो त्यहिँ छ र भगवान पनि त्यहिँ हुनुहुन्छ | तपाईले देख्न सक्नुहुन्छ, तपाईले सुन्न सक्नुहुन्छ, तपाईले बोल्न सक्नुहुन्छ, तपाईसँग यन्त्रमात्र हुनुपर्छ | तपाईले यसलाई मर्मत गर्नुपर्छ, त्यति हो | मर्मतको प्रक्रिया कृष्ण भावना हो | अन्यथा, सबै कुरा प्रदान गरिएको छ, पूर्ण, तपाईकोभित्र यन्त्र पूर्ण रुपमा छ | र केवल मर्मत गर्न, एक दक्ष मिस्त्री चाहिन्छ, त्यसैगरी, तपाईलाई कोहि दक्षको मदत चाहिन्छ | तब तपाईले देख्नुहुन्छ कि तपाईको यन्त्रले कार्य गर्दैछ | यो बुझ्न त्यति कठिन छैन | कसैले भन्न सक्दैन कि यो कठिन छैन | शास्त्रमा हामीले सुन्छौं पनि | साधु शास्त्र, गुरु वाक्य, तिनेते करिय ऐक्य​ | अध्यात्मिक अनुभूतिको पूर्णता यी तीन समानान्तर प्रक्रियाबाट प्राप्त गर्न सकिन्छ | साधु | साधु भनेको सन्त व्यक्ति, जो आत्मानुभूति गरेका व्यक्ति छन् | र शास्त्र | शास्त्र भनेको धर्म-ग्रन्थ, आधिकारिक धर्म-ग्रन्थ, वैदिक शास्त्र | साधु, शास्त्र र गुरु, एक अध्यात्मिक शिक्षक | तीन समानान्तर रेखा | र यदि तपाईले आफ्नो गाडीलाई यी तीन समानान्तर रेखामा राख्नुहुन्छ, तपाईको गाडी सिधै कृष्णसम्म जान्छ | तिनेते करिया ऐक्य | जस्तै रेलको रेखामा तपाईले दुइटा समानान्तर रेखा देख्नुहुन्छ | यदि तिनीहरु सहि स्थानमा हुन्छन्, रेल-गाडी धेरै सजिलो गरि गन्तव्यसम्म पुग्छन् | यहाँ पनि, तीन समानान्तर रेखाहरु छन्- साधु, शास्त्र, गुरु: सन्त व्यक्ति, सन्त व्यक्तिको सङ्ग, आधिकारिक अध्यात्मिक गुरुको स्वीकारोक्ति, र शास्त्रमा श्रद्धा | त्यति हो | तब तपाईको गाडी धेरै राम्ररी जानेछ, कुनै बाधा बिना | साधु शास्त्र गुरु वाक्य, तिनेते करिय ऐक्य​ | त्यसैले यहाँ भगवद-गीतामा, सर्वोच्च पुरुषोत्तम भगवानले आफ्नो व्याख्या स्वयं गर्दै हुनुहुन्छ | त्यसैले यदि तपाईले भन्नुहुन्छ,"कसरी मैले विश्वास गर्नुको कृष्णले भन्नुभयो ? कसैले कृष्णको नाममा लेखेको छ कि 'कृष्णले भन्नुभयो,' 'भगवानले भन्नुभयो' |" होइन | यसलाई गुरु-शिष्य परम्परा भनिन्छ | तपाईले यो पुस्तक, भगवद-गीतामा देख्नुहुन्छ, कृष्ण, उहाँले के भन्नुभयो र कसरी अर्जुनले बुझे | यी कुराहरु त्यहाँ वर्णित छन् | र साधु, सन्त व्यक्ति, व्यासदेव, नारदबाट सुरु गरेर, धेरै आचार्यहरु सम्म, रामानुजाचार्य, मध्वाचार्य, विष्णु स्वामी, र अन्तिममा चैतन्य महाप्रभु, यस प्रकारले, उहाँहरुले स्वीकार गर्नुभएको छ | "हो | यो कृष्णद्वारा बोलिएको हो |" त्यसैले यो प्रमाण हो | यदि सन्त पुरुषहरुले स्वीकार्नुभएको छ........ उनीहरुले अस्विकार गरेनन् | अधिकारीहरु, उनीहरुले स्वीकार गरेका छन्, "हो" | यीनलाई भनिन्छ साधु | र साधु, सन्त पुरुषहरुले स्वीकारेको कारण यो शास्त्र हो | त्यो परिक्षण हो | जस्तै...... यो व्यवहारिक बुद्धिको कार्य हो | यदि वकिलले कुनै पुस्तक स्वीकार गर्छ, तब यसलाई कानुनी-पुस्तकको रुपमा बुझ्नुपर्छ | तपाईले भन्न सक्नुहुँदैन कि "मैले यो कानुन हो भनेर कसरी स्वीकार्नु ?" प्रमाण भनेको वकिलको स्वीकारोक्ति | यदि चिकित्सकहरुले स्वीकार्छन् तब यो आधिकारिक हुन्छ | त्यसैगरी, यदि सन्त पुरुषहरुले भगवद गीतालाई शास्त्रको रुपमा स्वीकार्छन्, तपाईले यसलाई अस्विकार गर्न सक्नुहुन्न | साधु शास्त्र: सन्त पुरुष र धर्म-ग्रन्थ, दुई कुराहरु, र अध्यात्मिक गुरुसँग, तीन समानान्तर रेखाहरु, जसले साधु र शास्त्रलाई स्वीकार्छन् | साधुले शास्त्रको पुष्टि गर्छन् र अध्यात्मिक गुरुले शास्त्रलाई स्वीकार्छन् | सजिलो प्रक्रिया | उनीहरु असहमतिमा हुँदैनन् | शास्त्रमा बोलिएको कुरा सन्त पुरुषद्वारा स्विकारिन्छ, र जे शास्त्रमा बोलिएको छ, अध्यात्मिक गुरुले केवल त्यो कुरा व्याख्या गर्नुहुन्छ | त्यति हो | त्यसैले माध्यम शास्त्र हो | जस्तै वकिल र विपक्षीहरु- माध्यम कानुनी-पुस्तक हो | त्यसैगरी, अध्यात्मिक गुरु, शास्त्र..... सन्त पुरुष भनेको जसले वेदक उपदेशको पुष्टि गर्छन्, जसले स्वीकार्छन् | र शास्त्र भनेको जुन सन्त पुरुषद्वारा स्वीकारिएको छ | र अध्यात्मिक गुरु भनेको जसले शास्त्रलाई स्वीकार्छन् | त्यसैले समान कुरासँग बराबर कुराहरु एक अर्कासँग पनि बराबर हुन्छन् | यो स्वयंसिद्ध सत्य हो | यदि तपाईसँग एक सय डलर छ र अर्को मानिससँग एक सय डलर छ, र यदि मसँग सय डलर छ, तब हामी सबै समान हुन्छौं | त्यसैगरी, साधु शास्त्र गुरु वाक्य, जब यी तीन समानान्तर रेखाहरु सहमतिमा हुन्छन्, तब जीवन सफल हुन्छ |