NE/Prabhupada 0490 - आमाको गर्भभित्र हावा पनि नपस्ने परिस्थितिमा कैयौं महिना बस्नु
Lecture on BG 2.14 -- Germany, June 21, 1974
अगाडीको श्लोकमा भनिएको छ कि देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा: (भ गी २|१३) "हामी एउटा शरीरबाट अर्कोमा सर्दैछौं |" जसरी हामी बच्चा शरीरबाट बालक शरीरमा सर्दैछौं, एउटा बालकको शरीरबाट युवाको शरीरमा सर्दैछौं | त्यसैगरी, हामी यो शरीरबाट पनि सर्दैछौं, र अर्को शरीर स्वीकार्दैछौं |" अब, पिडा र सुखको प्रश्न प्रश्न | पिडा र सुख- शरीर अनुसार | एउटा धेरै धनि मानिस थोरै आरामदायी स्थितिमा अवस्थित हुन्छ | साधारण पिडा र सुख, त्यो साधारण हो | त्यो साधारण के हो ? जन्म-मृत्यु-जरा-व्याधि-दुःख-दोषानुदर्शनम् (भ गी १३|९) | कुकुरको रुपमा जन्म लिनुपरोस् कि राजाको रुपमा, पिडा उही हो | कुनै भिन्नता छैन, किनकि कुकुर पनि आमाको गर्भमा बस्नुपर्छ, धेरै महिनाको लागि हावा पनि नपस्ने स्थितिमा, र मानिस, चाहे ऊ राजा होस् वा केहि होस्, ऊ पनि त्यो पीडाबाट गुज्रिनुपर्छ | कुनै क्षमा छैन | तपाईले राजाको परिवारमा जन्म लिनुभयो भने यो मतलब होइन कि आमाको गर्भमा दबिएर बस्नुको पिडा कम हुन्छ, र उसले कुकुरको आमाको गर्भमा जन्म लिएको कारण, उसको पिडा ठुलो हुन्छ | होइन | त्यो उही हुन्छ | त्यसैगरी, मृत्युको समयमा..... मृत्युको समयमा ठुलो पिडा हुन्छ | यो यति बलियो हुन्छ कि एक मानिसले आफ्नो शरीर छाड्नुपर्छ | जस्तै पिडा धेरै बलियो हुँदा, एक मानिसले आत्महत्या गर्छ | उसले सहन सक्दैन: "यो शरीर समाप्त गर |" कोहि पनि यो शरीर त्याग्न चाहँदैन, तर पिडा यति बलियो हुन्छ कि एक मानिस यो शरीर त्याग्न बाध्य हुन्छ | त्यसलाई भनिन्छ मृत्यु | भगवद गीतामा तपाईले पाउनुहुन्छ कि मृत्युः सर्व-हरश् च अहम् | कृष्णले भन्नुहुन्छ कि "म मृत्यु हुँ |" र मृत्युको अर्थ के हो ? मृत्यु भनेको "म उसको सबै कुरा हर्छु | समाप्त | म उसको शरीर हर्छु, म उसको सङ्ग हर्छु, म उसको देश हर्छु, म उसको समाज हर्छु, म उसको धन हर्छु, र सबै कुरा समाप्त हुन्छ |" सर्व-हरः | सर्व भनेको सबै | सबजना धेरै धन र ठुलो घर, ठुलो परिवार, ठुलो गाडी इत्यगी जम्मा गर्ने प्रयासमा छन् | तर मृत्यु सँगै सबै कुरा समाप्त हुन्छ | त्यसैले यो ठुलो पिडा हो | कहिलेकाही कोहि रुन्छ | तपाईले पाउनुहुन्छ कि मृत्युको समयमा, कोमामा हुँदा, उसको आँखाबाट आँसु आउँछ | उसले सोच्छ,"मैले आरामदायी जीवन बाँच्न धेरै कुराहरु राम्ररी बनाएँ र अहिले मैले सबै गुमाउँदैछु |" ठुलो पिडा | अल्लाहवादमा मेरा एक मित्र थिए | उनी धेरै धनि मानिस थिए | उनी केवल चवन्न वर्षीय थिए | उनले अनुरोध गर्दै थिए, डाक्टरसँग रुँदै, "डाक्टर, के तपाई मलाई कम्तिमा चार वर्ष बाँच्न दिन सक्नुहुन्छ ? मेरो एउटा योजना थियो | मलाई त्यो समाप्त गर्ने इच्छा छ |" डाक्टरले के गर्न सक्छन् ? "त्यो सम्भव छैन महाशय | तपाई जानुपर्छ |" तर यी मुर्ख मानिसहरुलाई थाहा छैन | तर हामीले सहनुपर्छ | हामीले सहनुपछ | यहाँ सल्लाह दिइएको छ कि "तिमीसँग यो भौतिक शरीर भएको कारण तिमीले सहनुपर्छ, आमाको गर्भभित्र बाँच्न |" अनि निस्कनुपर्छ | अनि म बोल्न सक्दिनँ | मानौं म सानो बालक छु र कुनै किराले मलाई टोक्दैछ | मैले भन्न म रुन्छु र आमाले सोच्छिन् कि "बच्चा भोको छ | उसलाई दुध देऊ |" (हाँसो) हेर्नुहोस त यो कति...... मलाई केहि चाहिएको छ र मलाई अरु केहि दिइन्छ | त्यो तथ्य हो | बच्चा किन रुँदैछ ? उसले असजिलो अनुभव गर्दैछ | यस प्रकारले म हुर्किन्छु | अनि मलाई विद्यालय जाने इच्छा हुँदैन | मलाई बलपूर्वक विद्यालय पठाइन्छ | हो | कम्तिमा म त्यस्तो थिएँ | (हाँसो) मलाई कहिल्यै विद्यालय जाने इच्छा हुँदैनथ्यो | र मेरो पिता धेरै दयालु हुनुहुन्थ्यो | "ठिकै छ | तिमी किन विद्यालय जाँदैनौ ?" मैले भन्थें,"म भोलि जानेछु |" "ठिकै छ |" तर मेरी माता धेरै सावधान हुनुहुन्थ्यो | यदि मेरी माता थोरै कडा नहुनुभएको भए मैले कुनै शिक्षा पाउँदिन थिएँ होला | मेरा पिता धेरै उदार हुनुहुन्थ्यो | त्यसैले मेरी माताले मलाई कर गर्नुहुन्थ्यो | एक मानिसले मलाई विद्यालय लाने गर्थे | वास्तवमा बच्चाहरु विद्यालय जाने इच्छा गर्दैनन् | उनीहरु खेल्न चाहन्छन् | बच्चाको इच्छा विपरित ऊ विद्यालय जानुपर्छ | त्यसपछि त्यहाँ परिक्षा हुन्छ, विद्यालय गएर मात्र पुग्दैन |