NE/Prabhupada 0495 - मेरो आँखा बन्द गर्नुपर्यो । म खतराबाट बाहिर हुन्छु



Lecture on BG 2.14 -- Germany, June 21, 1974

श्रम एव हि केवलम् (श्री भा १|२|८) | श्रम एव हि केवलम् भनेको केवल कार्य गर्ने, बेकार कार्य र समय नाश गर्ने | तपाईले प्रकृतिको नियम रोक्न सक्नुहुन्न | मानौं यो जीवनमा तपाई धेरै ठुलो नेता, प्रधानमन्त्री वा त्यस्तै हुनुहुन्छ | त्यो ठिकै छ, तर तपाईको मानसिकता अनुसार तपाईले आफ्नो अर्को जीवन सिर्जना गर्दै हुनुहुन्छ | यो जीवनमा तपाई प्रधानमन्त्री रहनुहुन्छ र अर्को जीवनमा तपाई कुकुर बन्नुहुन्छ | तब फाइदा कहाँ छ ? तसर्थ यी नास्तिक मुर्खहरु, तिनीहरुले अर्को जीवन अस्विकार गर्न चाहन्छन् | यो तिनीहरुको लागि धेरै आपत्तिजनक हुन्छ | यदि तिनीहरुले अर्को जीवन स्वीकार्छन्........ तिनीहरुलाई थाहा छ कि तिनीहरुको जीवन धेरै पापी छ | तिनीहरुले प्रकृतिको नियमले कस्तो जीवन प्राप्त गर्दैछन् ? जब तिनीहरु यसको बारेमा सोच्छन्, तिनीहरु आतिन्छन् | "यसलाई अस्विकार गरेको राम्रो |" जस्तै एउटा खरायो | उसको अगाडी शत्रु हुन्छ, र ऊ मर्न लागेको छ, तर उसले सोच्छ,"मेरो आँखा बन्द गर्नुपर्यो | म खतराबाट बाहिर हुन्छु |" त्यो नास्तिक दृष्टिकोण हो, तिनीहरु बिर्सने प्रयासमा छन् कि....... तसर्थ तिनीहरु अस्विकार गर्छन्, "कुनै जीवन छैन |" किन छैन ? कृष्ण भन्नुहुन्छ कि "तिमीसँग बाल्यकालको शरीर थियो, तिमीसँग बच्चाको शरीर थियो...... त्यो शरीर कहाँ छ ? तिमीले त्यो त्यागेको छौ | तिमि भिन्न शरीरमा छौ | त्यसैगरी, यो शरीर तिमीले परिवर्तन गर्नेछौ | तिमीले अर्को शरीर प्राप्त गर्नेछौ |" र कसले भन्नुहुन्छ ? कृष्णले भन्नुहुन्छ | सर्वोच्च अधिकारीले भन्नुहुन्छ | मैले बुझ्न नसकुँला तर जब उहाँले भन्नुहुन्छ....... यो हाम्रो ज्ञानको विधि हो | हामीले पूर्ण पुरुषबाट ज्ञान स्वीकार्छौं | म मुर्ख हुन सक्छु, तर पूर्ण पुरुषबाट प्राप्त हुने ज्ञान पूर्ण हुन्छ | यो हाम्रो विधि हो | हामी कल्पना गर्ने प्रयास गर्दैनौं | त्यो सफल हुन पनि सक्छ, नहुन पनि सक्छ, तर यदि तपाईले पूर्ण अधिकारीबाट ज्ञान स्वीकार्नुहुन्छ, त्यो ज्ञान पूर्ण हुन्छ | जस्तै हामी कल्पना गर्दैछौं, "मेरो पिता को हुनुहुन्छ ?" तपाई आफ्नो पिताको बारेमा कल्पना गर्न सक्नुहुन्छ तर त्यो कल्पनाले तपाईलाई मदत गर्नेछैन | तपाईले आफ्नो पिताको हुनुहुन्छ कहिल्यै थाहा पाउनुहुनेछैन | तर तपाई आफ्नी माताकहाँ जानुहोस् जो परम अधिकारी हुनुहुन्छ | उहाँले तत्काल भन्नुहुनेछ,"यहाँ तिम्रो पिता हुनुहुन्छ |" त्यति हो | र तपाईले अरु कुनै तरिकाले आफ्नो पिता थाहा पाउन सक्नुहुन्न \ अरु कुनै तरिका छैन | यो व्यवहारिक छ | तपाईले आफ्नी आमाको आधिकारिक बयान बिना आफ्नो पिता थाहा पाउन सक्नुहुन्न | त्यसैगरी, जुन कुरा हाम्रो हाम्रो अनुभूतिभन्दा पर छ, अवन् मानस​-गोचर​, तपाईले सोच्न सक्नुहुन्न, तपाईले बोल्न सक्नुहुन्न | कहिलेकाही तिनीहरुले भन्छन्,"भगवानको बारेमा बोल्न सकिंदैन | भगवानको बारेमा सोच्न सकिंदैन |" त्यो ठिकै छ | तर यदि भगवान स्वयं तपाई समक्ष आउनुहुन्छ र भन्नुहुन्छ "म यहाँ छु," तब कठिनाई कहाँ छ ? म अपूर्ण छु | म थाहा पाउन सक्दिनँ | त्यो ठिकै छ | तर यदि भगवान मेरो समक्ष आउनुहुन्छ........ (विराम)