NE/Prabhupada 0496 - श्रुति भनेको सर्वोच्च अधिकारीबाट सुन्नु



Lecture on BG 2.14 -- Germany, June 21, 1974


यो कृष्ण भावनामृत अभियान भनेको सबै कुरालाई पूर्णत: थाहा पाउनु, परम अधिकारी, कृष्णबाट | यो विधि हो | तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् मु उ १|२|१२) | हाम्रो क्षमताभन्दा टाढाको विषय बुझनको लागि तपाई त्यस्ता अधिकारी समक्ष जानुपर्छ जसले तपाईलाई जानकारी दिन सक्छन् | ठिक उही रुपमा: मेरो पिता को हुन् भनेर बुझ्न मेरो क्षमता, मेरो कल्पनाभन्दा टाढा छ, तर यदि मैले आफ्नी आमाको आधिकारिक बयान स्वीकार्छु, यो पूर्ण ज्ञान हो | ज्ञान बुझ्न वा यसमा विकास गर्न तीन प्रकारका विधिहरु छन् | एउटा प्रत्यक्ष अनुभूति हो | र अर्को भनेको अधिकारी हो र अर्को भनेको श्रुति हो | श्रुति भनेको भगवानबाट सुन्नु | हाम्रो विधि श्रुति हो | श्रुति भनेको हामी सर्वोच्च अधिकारीबाट सुन्छौं | यो हाम्रो विधि हो र यो धेरै सजिलो छ | सर्वोच्च अधिकारी, यदि उहाँ उपस्थित हुनुहुँदैन........ साधारण मानिसहरु उपस्थित हुन्छन् | तिनीहरु अपूर्ण छन् | पहिलो अपूर्णता भनेको साधारण मानिसहरु गल्ति गर्छन् | र यो संसारको कुनै पनि महान मानिस, तपाईले देख्नुभएको छ, तिनीहरुले गल्ति गर्छन् | र तिनीहरु भ्रमित छन् | तिनीहरु जे यथार्थ होइन, त्यसलाई यथार्थ मान्छन् | जस्तै हामीले यो शरीरलाई यथार्थको रुपमा स्वीकार्छौं | यसलाई भ्रम भनिन्छ | तर यो यथार्थ होइन | "म आत्मा हुँ |" यो यथार्थ हो | त्यसैले यसलाई भ्रम भनिन्छ | अनि, यो भ्रामिक ज्ञानसँग, अपूर्ण ज्ञानसँग हामी शिक्षक हुन्छौं | यो अर्को ठगि हो | तिनीहरु भन्छन्, यी सब वैज्ञानिकहरु र दार्शनिकहरु, "हुन सक्छ," "यो होला |" तिमीहरुको ज्ञान कहाँ छ ? "यो हुनसक्छ" र "होला" | तिमीहरु शिक्षकको पद किन ओगट्दैछौ ? "भविष्यमा हामीले बुझ्नेछौँ |" र यो भविष्य के हो ? के तिमीले पछीको मितिको चेक स्वीकार्छौ ? "भविष्यमा मैले पट्ट लगाउनेछु, तसर्थ म वैज्ञानिक हुँ |" यो वैज्ञानिक के हो ? र, सबभन्दा माथि, हाम्रा इन्द्रियहरुको अपूर्णता | जस्तै हामीले प्रकासको कारण एक अर्कालाई देख्दैछौं | यदि कुनै प्रकास हुँदैन, मेरो दृष्टिको के शक्ति रहन्छ ? तर यी धुर्तहरुले बुझ्दैनन् कि तिनीहरु सधैं कम्जोर छन् तर पनि तिनीहरु ज्ञानका पुस्तकहरु लेख्दैछन् | तिम्रो ज्ञान के हो ? हामीले पूर्ण व्यक्तिबाट ज्ञान लिनुपर्छ | तसर्थ हामीले कृष्ण, परम पुरुष, पूर्ण पुरुषबाट ज्ञान प्राप्त गर्दैछौं | र उहाँले सुझाव दिनुहुन्छ कि यदि तपाईले आफ्नो पिडा र सुख अन्त्य गर्न चाहनुहुन्छ, तब तपाईले यो भौतिक शरीर अस्विकार गर्ने कुनै व्यवस्था गर्नुपर्छ | कृष्णले यो भौतिक शरीर कसरी अस्विकार गर्ने सल्लाह दिंदै हुनुहुन्छ | त्यो कुराको व्याख्या गरिएको छ | यो दोस्रो अध्यायमा छ | चौथो अध्यायमा कृष्णले भन्नुभएको छ कि जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९) | तपाई केवल कृष्णका गतिविधिहरु बुझ्ने प्रयास गर्नुहोस् | कृष्णका यी गतिविधिहरु इतिहासमा छन्, महाभारतमा छन्, महाभारत भनेको ठुलो भारत | त्यस इतिहासमा यस भगवद गीता पनि छ | र उहाँले आफ्नो बारेमा बोल्दै हुनुहुन्छ | तपाई कृष्णलाई बुझ्ने प्रयास गर्नुहोस् | यो हाम्रो कृष्ण भावनामृत अभियान हो | केवल कृष्ण, उहाँका गतिविधिहरु बुझ्ने प्रयास गर्नुहोस् | उहाँ निराकार हुनुहुन्न | जन्म कर्म मे दिव्यं | कर्म भनेको गतिविधिहरु | उहाँका गतिविधिहरु छन् | उहाँले यो संसारिक गतिविधिहरुमा किन भाग लिनुहुन्छ ? उहाँ किन आउनुहुन्छ ? यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्य् अहम् (भ गी ४|७) उहाँको केहि प्रयोजन छ | उहाँको केहि लक्ष्य छ | त्यसैले कृष्ण र उहाँका लक्ष्य एवं गतिविधिहरु बुझ्ने प्रयास गर्नुहोस् | तिनीहरु ऐतिहासिक रुपमा वर्णित छन् | त्यसैले कठिनाई कहाँ छ ? हामी धेरै कुराहरु पढ्छौं, इतिहास वा कुनै अगुवा, नेताको गतिविधि | उही कुरा, उही शक्ति, तपाई कृष्णलाई बुझ्न लगाउनुहोस् | कठिनाई कहाँ छ ? तसर्थ कृष्ण धेरै गतिविधिहरुका साथ प्रकट हुनुहुन्छ |