NE/Prabhupada 0497 - सबजना अमर हुन प्रयासरत छन्



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


यहाँ, योभौतिक जगतमा, हामीलाई मृतत्व​मा राखिन्छ, जन्म, मृत्यु, बुढ्यौली र रोग भोग्नुपर्छ | तर अर्को अवस्था छ जहाँ कुनै जन्म, म्रोत्यु, बुढ्यौली र मृत्यु हुँदैन | त्यसैले हामीले कुन अवस्था रुचाउनुपर्छ- जन्म, मृत्यु, बुढ्यौली र रोग वा जन्म नहुने, मृत्यु नहुने, बुढ्यौली नहुने, रोग नहुने ? हामीले कुन रुचाउनुपर्छ ? हँ ? मलाई लाग्छ कि जन्म नहुने, मृत्यु नहुने, बुढ्यौली नहुने, रोग नहुने | त्यसलाई भनिन्छ अमृतत्व | अमृतत्वाय कल्पते | अमृत...... जब हामी आफ्नो वास्तविक, मौलिक स्थितिमा हुन्छौं, हामीले जन्म, मृत्यु, बुढ्यौली र रोग भोग्नुपर्दैन | जसरी कृष्ण सच्-चिद्-आनन्द​-विग्रह (ब्र स ५|१), शाश्वत, आनन्दमय, ज्ञानले पूर्ण हुनुहुन्छ, त्यसैगरी हामी कृष्णको अंश भएको कारण हामी पनि उही गुणका हौँ | हामीले जन्म, मृत्यु, बुढ्यौली र योगको यो अवस्था स्वीकारेका छौं, यो भौतिक जगतसँगको हाम्रो सङ्गको कारण | अब, सबजना अमर हुन प्रयासरत छन्, सबजना बुढो नहुन प्रयासरत छन्, सबजना मृत्यु नभोग्न प्रयासरत छन् | यो प्राकृतिक हो | किनकि प्रकृतिक रुपमा हामीले यी कुराहरु भोग्नुपर्दैन, तसर्थ हाम्रो प्रयास, हाम्रो गतिविधि भनेको संघर्ष गर्नु हो, कसरी मृत्युविहिन, जन्मविहिन, रोगविहिन बन्ने | त्यो अस्तित्वको लागि संघर्ष हो | त्यसैले यहाँ, भगवद गीतामा तपाईलाई राम्रो सूत्र दिइएको छ | यं हि न व्यथयन्त्य् एते पुरुषं पुरुषर्षभ​ | यो आत्माको स्थानान्तरण, जुन योद्वारा प्रभावित छैन, धीरस् तत्र न मुह्यति (भ गी २|१३), जसले बुझ्छ...... मानौं मेरो पिता मार्नुहुन्छ, मसँग स्पष्ट बुझाई हुन्छ कि "मेरो पिता मर्नुभएको छैन | उहाँले शरीर परिवर्तन गर्नुभएको छ | उहाँले अर्को शरीर स्वीकार्नुभएको छ |" त्यो तथ्य हो | जस्तै हामी सुतेको बेलामा, सपना देखेको बेलामा, मेरो शरीर ओछ्यानमा हुन्छ तर सपनामा मैले अर्को शरीर सिर्जना गर्छु र करिब हजार मील टाढा भिन्न स्थानमा जान्छु | जसरी तपाईको दैनिक अनुभव छ, त्यसैगरी स्थूल शरीर रोकिंदैछ, म, आत्मा भएको कारण म रोकिन्न | म कार्य गर्छु | मेरो मनले मलाई लान्छ | मेरो मन सक्रिय हुन्छ, मेरो बुद्धि सक्रिय हुन्छ | मानिसलाई थाहा छैन कि मन, बुद्धि र अहंकारले बनेको अर्को सुक्ष्म शरीर छ | त्यसले मलाई अर्को स्थूल शरीरमा लान्छ | त्यसलाई आत्माको स्थानान्तरण हो | तसर्थ जसलाई थाहा छ कि आत्मा शाश्वत, मृत्युविहिन, जन्मविहिन, सदावहार छ, नित्यः शाश्वतो ऽयं पुराणः | नित्यः शाश्वतो ऽयं पुराणः | पुराण भनेको धेरै पुरानो | हामीलाई थाहा छैन हामी कति पुरानो छौं किनकि हामी एउटा शरीरबाट अर्कोमा स्थानान्तरित हुँदैछौं | हामीलाई थाहा छैन कि हामीले कहिले यो सुरु गर्यौं | तसर्थ, हामी धेरै बुढो छौं तर उही समयमा नित्यः शाश्वतो ऽयं पुराणः छौं | धेरै बुढो भए तापनि...... जस्तै कृष्ण आदि-पुरुष, मूल पुरुष हुनुहुन्छ | तर पनि तपाईले कृष्णलाई सधैं युवा, सोह्रदेखि बीस वर्षको पाउनुहुन्छ | तपाईले कहिल्यै कृष्णको तस्विरमा उहाँलाई बुढो देख्नुहुन्दैन | नव-यौवन | कृष्ण सधैं नव-यौवन | अद्वैतम् अच्युतम् अनादिम् अनन्त​-रूपम् आद्यं पुराण​-पुरुषं नव​-यौवनम् (ब्र स ५|३३) | आद्यम्, मूल पुरुष र सबभन्दा बुढो; उही समयमा उहाँ सधैं युवा हुनुहुन्छ | आद्यं पुराण​-पुरुषं नव​-यौवनम् | जसलाई थाहा छ कि आत्मा कसरी एउटा शरीरबाट अर्कोमा स्थानान्तरित हुँदैछ, धीरस् तत्र न मुह्यति, जो धीर छन्, विद्वान छन्, ऊ विचलित हुँदैन | कृष्णको प्रयोजन यी सब कुराहरु अर्जुनलाई सिकाउनु....... किनकि उनी धेरै विचलित थिए कि आफ्ना सबै आफन्त, दाजु-भाईलाई मारेर उनी कसरी बाँच्नेछन् | कृष्णले देखाउन चाहनुहुन्थ्यो कि "तिम्रा दाजु-भाईहरु, तिम्र हजुरबुवा, उनीहरु मर्नेछैनन् | उनीहरुले केवल शरीर परिवर्तन गर्नेछन् | वासांसि जीर्णानि यथा विहाय (भ गी २|२२) | जसरी हामीले आफ्नो वस्त्र परिवर्तन गर्छौं, त्यसैगरी हामीले शरीर पनि परिवर्तन गर्छौं | शोक गर्ने कुनै कारण छैन |" तसर्थ भगवद गीतामा अर्को स्थानमा भनिएको छ ब्रह्म-भूत (भ गी १८|५४) | "जसले ब्रह्म बुझेको छ," प्रसन्नात्मा,"ऊ सधैं आनन्दित हुन्छ | यी भौतिक परिस्थितिद्वारा ऊ विचलित हुँदैन |" त्यो यहाँ वर्णित छ: यं हि न व्यथयन्त्य् एते | यी विभिन्न रुपान्तरण, प्रकृति र शरीरको विभिन्न परिवर्तन र सबै कुराहरु, यी कुराहरुबाट कोहि पनि विचलित हुनुहुँदैन | यी कुराहरु बाहिरी हुन् | हामी आत्मा हौँ | यो बाहिरी शरीर हो, वा बाहिरी वस्त्र हो | त्यो परिवर्तन हुँदैछ | त्यसैले यदि हामीले राम्ररी बुझ्छौं, न व्यथयन्ति, र तपाई यी परिवर्तनद्वारा विचलित हुनुहुँदैन, तब सः अमृतत्वाय कल्पते, तब उसले अध्यात्मिक प्रगति गर्छ | त्यो भनेको, अध्यात्मिक प्रगति भनेको उसले शाश्वत जीवनतर्फ प्रगति गर्दैछ | अध्यात्मिक जीवन भनेको शाश्वत, ज्ञानले पूर्ण आनन्दमय जीवन | त्यो अध्यात्मिक जीवन हो |