NE/Prabhupada 0531 - वैदिक साहित्यबाट हामीले बुझे अनुसार कृष्णका विविध शक्तिहरु छन्



Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


जीवको नाम सर्व​-गः हो | सर्व​-गः अर्थ "जो आफुले चाहेको स्थानमा जान सक्छ |" जस्तै नारद मुनि | नारद मुनि आफुले चाहेको स्थानमा जान सक्छन्, दुवै आध्यात्मिक जगत र भौतिक जगतमा | तपाईले पनि त्यसो गर्न सक्नुहुन्छ | कुनै सम्भावना छैन | दुर्वासा मुनि नामक महान ऋषी थिए | एक वर्षभित्र उनले सम्पूर्ण ब्रह्माण्डभरि यात्रा गरे, विश्नुलोक गए र फेरी फर्केर आए | यो कुरा इतिहासमा लेखिएको छ | यी जीवनका पूर्णताहरु हुन् | र यी पूर्णताहरु कसरी प्राप्त गर्न सकिन्छ ? कृष्णलाई बुझेर | यस्मिन् विज्ञाते सर्वम् एव विज्ञातं भवन्ति | उपनिषदमा भनिएको छ कि यदि तपाईले केवल कृष्णलाई बुझ्नुहुन्छ भने यी सबै कुराहरु सजिलै बुझ्न सकिन्छ | कृष्ण भावना यति राम्रो कुरा छ | आजको साँझ, हामी राधाष्टमीको बारेमा बोल्दैछौं | हामी कृष्णकी प्रधान शक्तिलाई बुझ्न प्रयासरत छौं | राधारानी कृष्णकी आनन्द शक्ति हुनुहुन्छ | हामीले वैदिक साहित्यबाट बुझ्छौं, कृष्णका विभिन्न शक्तिहरु छन् | परास्य शक्तिर् विविध्ऐव श्रुयते (चै च मध्य १३|६५, तात्पर्य) | जस्तै उही उदाहरण, जसरी एउटा ठुलो मानिसका धेरै सेवक र सचिवहरु हुन्छन् ताकी उसले कुनै पनि कार्य व्यक्तिगत रुपमा गर्नुपर्दैन, केवल उसको इच्छाले सबै कार्य सम्पन्न हुन्छ, त्यसैगरी, सर्वोच्च पुरुषोत्तम भगवानका विविध शक्तिहरु छन् र सबै कुरा राम्ररी सम्पन्न हुन्छ | जसरी यो भौतिक शक्ति | यो भौतिक जगत, जहाँ हामी अहिले बाँच्दैछौं...... यसलाई भौतिक शक्ति भनिन्छ | बहिर्-अङ्ग​-शक्ति | संस्कृत नाम बहिर्-अङ्ग, कृष्णकी बाहिरी शक्ति | भौतिक शक्तिमा सबै कुरा यति राम्ररी सम्पन्न हुँदैछ | यो पनि भगवद गीतामा वर्णित छ, मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम्: (भ गी ९|१०) "मेरो निर्देशनमा भौतिक शक्ति कार्यरत छिन् |" भौतिक शक्तिलाई अनधि मान्न सकिंदैन | पृष्ठभूमिमा कृष्ण हुनुहुन्छ | मयाध्यक्षेण प्रकृतिः (भ गी ९|१०) | प्रकृति अर्थात् यो भौतिक शक्ति | यी बाहिरी शक्ति हुन् | त्यसैगरी, अर्की शक्ति छिन् जुन अन्तरङ्गा शक्ति हुन् | अन्तरङ्गा शक्तिद्वारा आध्यात्मिक जगत प्रकट हुन्छ | परास् तस्मात् तु भवः अन्यः (भ गी ८|२०) | अर्की शक्ति, परा, वरिष्ठ, दिव्य, आध्यात्मिक जगत | जसरी यो भौतिक जगत बहिरङ्गा शक्ति अन्तर्गत चल्दैछ, त्यसैगरी, आध्यात्मिक जगत पनि अन्तरङ्गा शक्तिद्वारा चल्दै छ | ती अन्तरङ्गा शक्ति राधारानी हुनुहुन्छ | आज राधारानीको प्राकट्य दिवस हो | हामीले राधारानीको गुण बुझ्नुपर्छ | राधारानी आनन्द शक्ति, ह्लादिनी-शक्ति हुनुहुन्छ | आनन्दमयो ऽभ्यासात् (वेदान्त​-सूत्र १|१|१२) | वेदान्त-सूत्रमा परम-सत्यलाई आनन्दमय भनेर वर्णित गरिएको छ, जो सधैं आनन्द शक्तिमा रम्नुहुन्छ | ती आनन्दमय, आनन्द शक्ति..... जस्तै आनन्द | जब तपाई आनन्द चाहनुहुन्छ, तपाईले आनन्द लिन सक्नुहुन्न | तपाईले एक्लै भोग गर्न सक्नुहुन्न | जब तपाई मित्रको बीच रहनुहुन्छ, वा परिवार वा अरुको बीच रहनुहुन्छ, तपाई आनन्द अनुभव गर्नुपर्छ | जस्तै म बोल्दैछु | बोल्न धेरै आनन्द हुन्छ जब यहाँ धेरै मानिस हुन्छन् | मैले यहाँ एक्लै बोल्न सक्दिनँ | त्यो आनन्द होइन | मैले यहाँ मध्य-रातमा कोहि नहुँदा बोल्न सक्दिनँ | त्यो आनन्द होइन | आनन्द भनेको अरु पनि उपस्थित हुनुपर्छ |