NE/Prabhupada 0533 - राधारानी हरि- प्रिया, कृष्णकी धेरै प्रिय हुनुहुन्छ



Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


राधारानी हरि-प्रिय हुनुहुन्छ, कृष्णको लागि धेरै प्रिय हुनुहुन्छ | त्यसैले यदि हामी राधारानीको कृपाको मदतले कृष्ण समक्ष जान्छौं भने यो धेरै सजिलो हुन्छ | यदि राधारानी ले सिफारिश गर्नुहुन्छ कि "यो भक्त धेरै राम्रो छ," तब म जतिसुकै मूर्ख भए पनि कृष्णले तत्काल स्वीकार्नुहुन्छ | राधारानीले सिफारिश दिनुभएको कारण कृष्णले स्वीकार्नुहुन्छ | तसर्थ तपाईले पाउनुहुनेछ कि वृन्दावनमा सबै भक्तहरु राधारानीको नाम कृष्णको नामभन्दा धेरै लिन्छन् | तपाई जहाँ जानुहुनेछ, तपाईले पाउनुहुनेछ कि भक्तहरुले "जय राधे" भन्दै सम्बोधन गर्छन् | तपाईले अझै पनि वृन्दावनमा पाउनुहुनेछ | उनीहरु राधारानीको महिमागान गर्छन् | उनीहरु राधारानीको आराधना गर्न धेरै इच्छुक छन् | किनकि म जति पतित भए पनि, यदि कुनै तरिकाले मैले राधारानीलाई खुसी पार्छु भने कृष्णलाई बुझ्न मेरो लागि धेरै सजिलो हुन्छ | अन्यथा, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये यतताम् अपि सिद्धानां कश्चिद् वेत्ति मां तत्त्वतः (भ गी ७|३) | यदि तपाई मानसिक कल्पनाको प्रक्रियाले कृष्णलाई बुझ्ने प्रयास गर्नुहुन्छ भने यसलाई धेरै, धेरै जीवन लाग्नेछ | तर यदि तपाईले भक्तिको प्रक्रिया स्वीकार्नुहुन्छ, यदि राधारानीलाई खुसि बनाउने प्रयास गर्नुहुन्छ भने कृष्णलाई धेरै सजिलै प्राप्त गर्न सकिन्छ | किनकि राधारानीले कृष्ण दिन सक्नुहुन्छ | उहाँ यति महान भक्त हुनुहुन्छ, महा-भागवतको प्रतिक हुनुहुन्छ | कृष्णले राधारानीको गुण बुझ्न सक्नुहुन्न | कृष्णले वेदाहं समतीतानि (भ गी ७|२६), "मलाई सबै थाहा छ" भन्नुभए तापनि, उहाँले राधारानीलाई बुझ्न असफल हुनुहुन्छ | राधारानी धेरै महान हुनुहुन्छ | उहाँले भन्नुहुन्छ कि........ वास्तवमा कृष्णलाई सबै कुरा थाहा छ | राधारानीलाई बुझ्न कृष्णले राधारानीको अवस्था स्वीकार्नुभयो | कृष्णले राधारानीको शक्ति बुझ्ने प्रयास गर्नुभयो | कृष्णले सोच्नुभयो कि "म पूर्ण छु | म हरेक हिसाबले पूर्ण छु तर पनि म राधारानीलाई बुझ्न चाहन्छु | किन ?" यो इच्छाले कृष्णलाई राधारानीको इच्छा स्वीकार्न बाध्य बनायो, कृष्णलाई आफ्नो बारेमा बुझ्ने इच्छा जगायो | अवश्य पनि, यो धेरै दिव्य विज्ञान हो | जो कृष्ण भावनामा विकसित छ र शास्त्रमा विज्ञ छ, उनीहरुले बुझ्न सक्छन् | तर पनि हामीले शास्त्रबाट छलफल गर्न सक्छौं | जब कृष्णले आफुलाई बुझ्ने इच्छा गर्नुभयो, उहाँले श्रीमती राधारानीको भाव ग्रहण गर्नुभयो | र ती चैतन्य महाप्रभु हुनुहुन्छ | राधा-भाव-द्युति-सुवलितम् | चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ तर उहाँले राधारानीको भाव ग्रहण गर्नुभएको छ | जसरी राधारानीले सधैं कृष्णबाट बिछोडको अनुभव गर्नुहुन्छ, त्यसैगरी, राधारानीको स्थितिमा अवस्थित भएर चैतन्य महाप्रभुले कृष्णबाट बिछोडको अनुभव गर्नुहुन्थ्यो | चैतन्य महाप्रभुको शिक्षा बिछोडको भाव हो, मिलनको होइन | भक्तिको प्रक्रिया चैतन्य महाप्रभुले सिकाउनुभएको छ र उहाँबाट आउने गुरु-शिष्य परम्पराले कसरी कृष्णबाट बिछोडको अनुभव गर्ने सिकाउँछ | सधैं बिछोडको अनुभव गर्नु राधारानीको स्थिति हो | गोस्वामीहरु पनि जब वृन्दावनमा हुनुहुन्थ्यो, उहाँहरुले कहिल्यै भन्नुभएन कि "मैले कृष्णलाई देखेको छु |" उहाँहरु सबभन्दा पूर्ण भए तापनि, उहाँहरुले कहिल्यै भन्नुभएन कि "मैले कृष्णलाई देखेको छु |" उहाँहरुको प्रार्थना यस्तो थियो: हे राधे व्रज​-देविके च ललिते हे नन्द​-सुनो कुतः | हे राधा, राधारानी, हे राधे व्रज​-देविके च​... राधारानी एक्लै बस्नुहुँदैन | उहाँ सधैं आफ्ना सखीहरुसँग बस्नुहुन्छ, वृज-देवी, ललिता वा विशाखा र वृन्दावनका अरु गोपीहरुसँग | गोस्वामीहरुले आफ्नो परिपक्व अवस्थामा प्रार्थना गर्नुहुन्छ, जब उहाँहरु वृन्दावनमा बस्नुहुन्थ्यो, उहाँहरु यस प्रकार प्रार्थना गर्नुहुन्थ्यो, हे राधे व्रज​-देविके च ललिते हे नन्द​-सुनो कुतः | "राधारानी हजुर कहाँ हुनुहुन्छ ? हजुरका सखीहरु कहाँ हुनुहुन्छ ? हजुर कहाँ हुनुहुन्छ नन्द-सुनो, नन्द-महाराजको पुत्र कृष्ण ? हजुरहरु सबै कहाँ हुनुहुन्छ ?" उहाँहरुले यसरि खोज्नुहुन्थ्यो | उहाँहरुले कहिल्यै भन्नुभएन कि "मैले कृष्णलाई गोपीहरुसँग नाचेको देखें | हिजो रति मैले देखें |" (हाँसो) यो सहजिया हो | यो परिपक्व भक्त होइन | यसलाई भनिन्छ सहजिया | तिनीहरु दाबी कुरा धेरै सस्तो रुपमा लिन्छन्- कृष्णलाई धेरै सस्तो रुपमा, राधारानीलाई धेरै सस्तो रुपमा- मानौं तिनीहरुले हरेक रातदेख्न सक्छन् | होइन | गोस्वामीहरुले हामीलाई यस्तो सिकाउनुभएन | उहाँहरु खोज्नुहुन्थ्यो | हे राधे व्रज​-देविके च ललिते हे नन्द​-सुनो कुतः, श्री-गोवर्धन​-पादप​-तले कालिन्दी-वन्ये कुतः: "के हजुर गोवार्धन पर्वत नजिक हुनुहुन्छ वा यमुनाको तटमा हुनुहुन्छ ?" कालिन्दी-वन्ये कुतः | घोषन्ताव् इति सर्वतो व्रज​-पुरे खेदैर् महा-विह्वलौ | उहाँहरुको कार्य यसरि रुने थियो "हजुर कहाँ हुनुहुन्छ ? राधारानी, हजुर कहाँ हुनुहुन्छ ? ललिता, विशाखा, राधारानीका सखीहरु कहाँ हुनुहुन्छ ? कृष्ण, हजुर कहाँ हुनुहुन्छ ? के हजुर गोवर्धन पर्वत नजिक हुनुहुन्छ वा यमुनाको तटमा हुनुहुन्छ ? घोषन्ताव् इति सर्वतो व्रज​- शुद्ध | त्यसैले वृन्दावन-भुमिभरि उहाँहरु रुँदै खोज्नुहुन्थ्यो, खेदैर् महा-विह्वलौ, पागल मानिस जसरी | खेदैर् महा-विह्वलौ | वन्दे रूप​-सनातनौ रघु-युगौ श्री-जीव​-गोपालकौ |