NE/Prabhupada 0534 - कृत्रिम रूपमा कृष्णलाई देख्ने प्रयास नगर्नुहोस्



Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


प्रभुपाद: हामीले गोस्वामीहरुको पदचिह्नको अनुसरण गर्नुपर्छ, कसरी कृष्ण र राधारानीलाई वृन्दावन वा आफ्नो हृदयभित्र खोज्ने | त्यो चैतन्य महाप्रभुको भजनको प्रक्रिया हो: बिछोडको भाव, विप्रलम्भ​-सेवा | जस्तै चैतन्य महाप्रभुले कृष्णबाट बिछोडको अनुभव गर्दै उहाँ समुद्रमा खस्नुभएको थियो | उहाँ आफ्नो शयन कक्षबार बाहिर निस्किएर मध्य-रातमा बाहिर निस्किनुहुन्थ्यो | कसैलाई थाहा थिएन उहाँ कता जानुभयो | उहाँले खोज्दै हुन्थ्यो | भक्तिको यस्तो प्रक्रिया चैतन्य महाप्रभुले सिकाउनुभएको छ | यो होइन कि धेरै सजिलै "हामीले कृष्ण वा राधारानीलाई रास-लीलामा देखेका छौं |" होइन, त्यस्तो होइन | बिछोडको अनुभव | तपाईले जति धेरै कृष्णबाट बिछोडको अनुभव गनुहुन्छ, तपाईले बुझ्नुपर्छ कि त्यति नै तपाईले विकास गर्दै हुनुहुन्छ | कृष्णलाई कृत्रिम रुपमा देख्ने प्रयास नगर्नुहोस् | बिछोडको भावमा विकसित हुनुहोस् र तब यो पूर्ण हुनेछ | चैतन्य महाप्रभुको शिक्षा यहि हो | किनकि हाम्रा भौतिक आँखाले हामीले कृष्णलाई देख्न सक्दैनौं | अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै च मध्य १७|१३६) | हाम्रा भौतिक इन्द्रियद्वारा हामीले कृष्णलाई देख्न सक्दैनौं, हामीले कृष्णको नामको बारेमा सुन्न सक्दैनौं | तर सेवोन्मुखे हि जिह्वादौ | जब तपाईले आफुलाई भगवानको सेवामा संग्लग्न गराउनुहुन्छ...... सेवा कहाँ सुरु हुन्छ ? जिह्वादौ | सेवा जिब्रोबाट सुरु हुन्छ | खुट्टा, आँखा वा कानबाट होइन | यो जिब्रोबाट सुरु हुन्छ | सेवोन्मुखे हि जिह्वादौ | यदि तपाईले आफ्नो सेवा जिब्रोबाट सुरु गर्नुहुन्छ भने...... कसरी ? हरे कृष्ण जप्नुहोस | आफ्नो जिब्रोको प्रयोग गर्नुहोस् | हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे, हरे राम, हरे राम, राम राम, हरे हरे | र कृष्ण प्रसादम् लिनुहोस् | जिब्रोको दुई कार्य छन्: हरे कृष्णको ध्वनि उत्पन्न गर्नु र प्रसादम् लिनु | यो प्रक्रियाले तपाईले कृष्णलाई बुझ्नुहुनेछ | भक्त: हरिबोल ! प्रभुपाद: कृष्णलाई हेर्ने प्रयास नगर्नुहोस् | तपाईले कृष्णलाई आफ्ना भौतिक आँखाले देख्न सक्नुहुन्न | न तपाईले आफ्ना भौतिक कानले उहाँको बारेमा सुन्न सक्नुहुन्छ | न तपाईले सुन्न सक्नुहुन्छ | तर यदि तपाईले आफ्नो जिब्रोलाई भगवानको सेवामा संग्लग्न गराउनुहुन्छ भने उहाँले आफुलाई तपाई समक्ष प्रकट गर्नुहुन्छ: "यहाँ म छु |" त्यो चाहिएको छ | त्यसैले चैतन्य महाप्रभुले सिकाउनुभए जसरी राधारानी जसरी कृष्णबाट बिछोडको अनुभव गर्नुहोस् र आफ्नो जिब्रोलाई भगवानको सेवामा संग्लग्न गराउनुहोस्; तब एक दिन, जब तपाई परिपक्व हुनुहुन्छ, तपाईले आफ्ना आँखाले कृष्णलाई देख्नुहुन्छ |

धेरै, धेरै धन्यवाद |