NE/Prabhupada 0535 - हामी जीवहरु कहिल्यै मर्दैनौं, कहिल्यै जन्म लिंदैनौं



Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


महामहिम, उच्च आयुक्त, सज्जन तथा महिलाहरु, म तपाईहरुलाई धन्यवाद ज्ञापन गर्दछु कि आज तपाईहरु यो समारोहमा सहभागी हुनुभयो, जन्माष्टमी, कृष्णको प्राकट्य तिथिको समारोहमा | मलाई आज कृष्णको प्राकट्यको विषयमा बोल्न भनिएको छ | कृष्णले भगवद गीतामा भन्नुहुन्छ, जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४|९) | यस तथ्य कि हामीले जीवनको उच्च स्तर तब प्राप्त गर्न सक्छौं, जब हामीले आफ्नो जन्म र म्रोत्यु रोक्छौं | स ऽमृतत्वाय कल्पते | आज बिहान मैले यो श्लोक व्याख्या गर्दै थिएँ, यं हि न व्यथयन्त्य् एते पुरुषं पुरुषर्सभ सम​-दुःख​-सुखं धीरं सो ऽमृतत्वाय कल्पते (भ गी २|१५) | अमृतत्व अर्थात् अमरता | आधुनिक सभ्यतासँग कुनै विचार छैन चाहे महान दार्शनिक होस् वा महान नेता वा महान वैज्ञानिक, यिनीहरुलाई थाहा छैन कि अमरताको अवस्था प्राप्त गर्न सम्भव छ | अमृतत्व | हामी सब अमृत हौँ | भगवद गीतामा भनिएको छ, न जायते न म्रीयते वा कदाचिन् | हामी जीवहरु कह्निल्यै मार्दैनौं, कहिल्यै जन्मँदैनौं | नित्यः शाश्वतो यं, न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | हामी सबजना शाश्वत छौं, नित्यः शाश्वतो; पुराण​, सबभन्दा पुरानो छौं | र यो शरीरको विनाश पछि हामी मार्दैनौं | न हन्यते | यो शरीर नाश हुन्छ तर मैले अर्को शरीर स्वीकार्नुपर्छ | तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति | देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा (भ गी २|१३) | वर्तमान समयमा यो सरल कुराको ज्ञान तिनीहरुसँग छैन कि हामी सब जीव कृष्णका अंश हौँ, हामी शाश्वत छौं, हामी आनन्दमय छौं र हामी सबै कुराको जानकार छौं | कृष्ण वैदिक शास्त्रमा वर्णित हुनुहुन्छ: ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्र स ५|१) | सच्-चिद्-आनन्द​-विग्रहः | मैले जब कृष्णको बारेमा बोल्छु, यसको अर्थ भगवान हुन्छ | यदि कुनै महत्वपूर्ण नाम छ भने..... कहिलेकाही भनिन्छ कि भगवानको नाम छैन | त्यो तथ्य हो | तर भगवानलाई उहाँका गतिविधिहरुद्वारा नाम दिइन्छ | जस्तै कृष्णले महाराज नन्दको पुत्रको स्थान स्वीकार्नुभयो, वा यशोदामायी वा देवकी वा वासुदेवको पुत्रको स्थान स्वीकार्नुभयो | देवकी र वासुदेव कृष्णका वास्तविक माता-पिता हुनुहुन्थ्यो | कोहि पनि कृष्णको वास्तविक माता-पिता होइनन् किनकि कृष्ण सबजनाको मूल पिता हुनुहुन्छ | तर जब कृष्ण यहाँ अवतरित हुनुहुन्छ, उहाँले केहि भक्तलाई आफ्ना माता-पिताको रुपमा स्वीकार्नुहुन्छ | कृष्ण मूल हुनुहुन्छ, आदि-पुरुषं | आद्यं पुराण​-पुरुषम् नव​-यौवनं च (ब्र स ५|३३) | उहाँ मूल पुरुष हुनुहुन्छ | तब के उहाँ धेरै बुढो हुनुहुन्छ ? होइन | आद्यं पुराण​-पुरुषम् नव​-य्औवनं च | सधैं कलिलो युवा | ती कृष्ण हुनुहुन्छ |