NE/Prabhupada 0547 - मैले सोचेको थिएँ 'सर्वप्रथम म धेरै धनी मानिस बन्नेछु; त्यसपछि म प्रचार गर्नेछु'



Lecture -- New York, April 17, 1969


प्रभुपाद: सबै ठिक छ ?

भक्तहरु: जय |

प्रभुपाद: हरे कृष्ण | (हाँस्नुहुन्छ) आराधितो यदि हरिस् तपसा ततः किम् (नारद​-पञ्चरात्र​) | गोविन्दम् आदि-पुरुष​ हरिको नामले चिनिनुहुन्छ | हरि भनेको "जसले तपाईको सबै पिडा लानुहुन्छ |" ति हरि हुनुहुन्छ | हरा | हरा भनेको लानु | हरते | जसरी चोरले पनि लान्छ, तर उसले मुल्यवान कुराहरु लान्छ, भौतिक विचार, कहिलेकाही कृष्णले पनि केवल तपाईलाई विशेष कृपा गर्न तपाईको भौतिक मुल्यवान वस्तु लानुहुन्छ | यस्याहम् अनुगृह्णामि हरिष्ये तद्-धनं शनै: (श्री भा १०|८८|८) | युधिष्ठिर​ महाराजले कृष्णसँग सोध्नुभयो कि "हामी धेरै पुण्य हुनुपर्ने हो | मेरा भाइहरु धेरै महान योद्धा हुन्, मेरी पत्नी भाग्यकि देवी हुन्, र सबभन्दा माथि, हजुर हाम्रो व्यक्तिगत साथी हुनुहुन्छ | त्यसैले यो कसरी भयो कि हामीले सब गुमायौं ? (हाँस्दै) हामीले आफ्नो राज्य गुमायौं, हामीले आफ्नी पत्नी गुमायौं, हामीले आफ्नो मान गुमायौं- सबै |" त्यसैले यसको जवाफमा, कृष्णले भन्नुभयो, यस्याहम् अनुगृह्णामि हरिष्ये तद्-धनं शनै: "मेरो पहिलो कृपा भनेको म मेरो भक्तको सम्पूर्ण धन लान्छु |" तसर्थ मानिसहरु कृष्ण भावनामा आउँ त्यती उत्साहित छैनन् | तर उहाँले यसो गर्नुहुन्छ | जस्तै पाण्डवहरु सुरुवातमा कठिनाईमा परेका थिए, तर पछि उनीहरु सबभन्दा उच्च व्यक्तित्व बने सारा इतिहास भरि | त्यो कृष्णको कृपा हो | सुरुवातमा, उहाँले त्यसो गर्न सक्नुहुन्छ किनकि हामीसँग आशक्ति छ हाम्रो भौतिक लाभको लागि | त्यो मेरो भौतिक अनुभव हो | सुरुवातमा, जब मेरो गुरु महाराजले मलाई आदेश दिनुभयो, मैले सोचें कि "मा सुरुमा धेरै धनि मानिस बन्छु; तब म प्रचार गर्नेछु |" (हाँस्नुहुन्छ) मैले मेरो व्यापारमा धेरै राम्रो गर्दै थिएँ | व्यापार क्षेत्रमा, मैले धेरै राम्रो नाम पाएँ, र जोसँग मैले व्यापारमा लेनदेन गर्दै थिएँ, उनीहरु धेरै सन्तुष्ट थिए | तर कृष्णले यस्तो छल गर्नुभयो कि उहाँले सबै तोड्नुभयो, र उहाँले मलाई सन्यास लिन बाध्य बनाउनुभयो | ती हुनुहुन्छ हरि | त्यसैले म तपाईको देशमा मात्र सात डलरका साथ आउनुपर्यो | तिनीहरु मेरो निन्दा गर्दै छन् "यस स्वामी यहाँ बिना पैसा आए | अहिले यिनी धेरै धनि छ |" (हाँस्नुहुन्छ) तिनीहरु नराम्रो पाटो लिंदै छन्, तपाई देख्नुहुन्छ ? तर यो कुरा भनेको.....अवश्य पनि, मलाई फाइदा भएको छ, फैदजनक वा मैले नाफा पाएको छु | मैले मेरो घर छोडें, मेरा बच्चा र सबै | म यहाँ कंगालको रुपमा आएँ, सात डलरका साथ | त्यो कुनै पैसा होइन | तर मसँग अहिले ठुलो सम्पति छ, सयौं बच्चा | (हाँसो) र तिनीहरुको प्रावधानको लागि मैले सोच्नु परेको छैन | तिनिहारी मेरो बारेमा सोच्दै छन् | त्यसैले त्यो कृष्णको कृपा हो | सुरुवातमा, यो धेरै तितो लाग्छ | जब मैले सन्यास लिएँ, जब म एक्लै बस्दै थिएँ, म धेरै तितो अनुभव गर्दै थिएँ | म, कहिलेकाही म सोच्दै थिएँ,"मैले यो स्वीकारेर गलत त गरिंन ?" त्यसैले जब मैले दिल्लीबाट ब्याक टू गडहेड प्रकाशन गर्दै थिएँ, एक दिन एउटा साँढेले मलाई मान्यो, र म फुटपाथमा लडें र मलाई गहिरो चोट लाग्यो | म एक्लो थिएँ | त्यसैले म सोच्दै थिएँ,"यो के हो ?" मेरा धेरै, धेरै दु:खका दिनहरु थिए, तर यो सबै राम्रोको लागि थियो | त्यसैले दु:खसँग नडराउनुहोस् | तपाई देख्नुहुन्छ ? अघि बढ्नुहोस् | कृष्णले तपाईलाई सुरक्षा प्रदान गर्नुहुनेछ | त्यो कृष्णको वाचा हो भगवद गीतामा | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति: (भ गी ९|३१) "कौन्तेय, मेरा प्रिय कुन्तिपुत्र, अर्जुन, तिमि सर संसारलाई घोषणा गर्न सक्छौ कि मेरा भक्तहरु कहिल्यै परास्त हुनेछैनन् | तिमीले यो घोषणा गर्न सक्छौ |" र उहाँ किन अर्जुनलाई घोषणा गर्न भन्दै हुनुहुन्छ ? किन उहाँ आफैं घोषणा गर्नुहुन्न ? त्यहाँ अर्थ छ | किनकि यदि उहाँ वाचा गर्नुहुन्छ, घटनाहरु छन् कि उहाँले कहिलेकाही आफ्नो वाचा तोड्नुभयो | तर यदि एक भक्तले वाचा गर्छन्, यो कहिल्यै टुट्दैन | कृष्णले सुरक्षा दिनुहुनेछ; तसर्थ उहाँले आफ्नो भक्तलाई भन्नुहुन्छ कि "तिमि घोषणा गर |" टुट्ने कुनै मौका छैन | कृष्ण यति दयालु हुनुहुन्छ कि कहिलेकाही उहाँ आफ्नो वाचा तोद्नुहुन्छ, तर यदि उहाँको भक्तले वाचा गर्नुहुन्छ, उहाँले धेरै सावधानीपूर्वक ध्यान दिनुहुन्छ कि उहाँको भक्तको वाचा नटुटोस् | त्यो कृष्णको कृपा हो |