NE/Prabhupada 0571 - हामी पारिवारिक जीवनमा बस्नुहुँदैन । यो वैदिक संस्कृति हो
Press Interview -- December 30, 1968, Los Angeles
पत्रकार: जब तपाई...... के तपाई यो संस्था केहि समयको लागि जानुहुन्छ ?
प्रभुपाद: कुनै निश्चित समय छैन | छैन | तर, भनौं, मेरो लागि, म तालिमप्राप्त थिएँ, मेरो पिता यहि क्षेत्रको हुनुहुन्थ्यो.....
पत्रकार: ओहो, तपाईको पिता.....
प्रभुपाद: हो | मेरो पिताले मलाई बच्चादेखि तालिम दिनुभयो, हो | र तब मैले मेरो अध्यात्मिक गुरुलाई १९२२मा भेटें र म दीक्षित भएँ..... समग्रमा त्यहाँ पृष्ठभुमि थियो, किककी जसरी मैले तपाईलाई भनें, ८०, ९० प्रतिशत मानिस पारिवारिक हिसाबले कृष्ण भावनाभवित हुन्छन् | तपाई देख्नुहुन्छ | त्यसैले हामी जीवनको सुरुवात देखि तालिम प्राप्त थियौं | आधिकारिक रुपमा, अवश्य पनि, मैले मेरो अध्यात्मिक गुरुलाई १९३३मा स्वीकारें | तब देखि, मेरो केहि पृष्ठभूमि थियो, र जब देखि मैले भेटें, मैले यो विचार विकास गरें |
पत्रकार: मैले बुझें, मैले बुझें | तपाई, एक विचारमा, यो शब्द १९३३ देखि आफैं फैलाउदै हुनुहुन्छ |
प्रभुपाद: होइन | मैले प्रचारको रुपमा उन्नाइस सय......, व्यवहारिक रुपमा '५९ देखि |
पत्रकार: '५९ देखि | त्यस समय देखि तपाईले के देख्नुभयो......
प्रभुपाद: म एक गृहस्थ थिएँ | मैले औषधिको केहि व्यापार गर्दै थिएँ | पहिले, म ठुलो रासायनिक संस्थामा व्यवस्थापक थिएँ | तर मा गृहस्थ भए तापनि यो ज्ञान विकास गर्दै थिएँ | म ब्याक टू गडहेड प्रकाशन गर्दै थिएँ......
पत्रकार: तपाई त्यो प्रकाशन गर्दै हुनुहुन्थ्यो.....
प्रभुपाद: भारतमा |
पत्रकार: ए, मैले बुझें |
प्रभुपाद: हो, मैले १९४७मा सुरु गरें मेरो गुरु महाराजको आदेशमा | त्यसैले जे पनि मैले कमाउँदै थिएँ, मैले खर्च गर्थें | हो | मैले केहि फिर्ता पाएको थिइन, तर म वितरण गर्दै थिएँ | म धेरै पहिलेदेखि यो कार्य गर्दै थिएँ | तर वास्तवमा मेरो परिवारसँगको सबै सम्बन्ध त्यागेपछि, म यो कार्य १९५९ देखि गर्दैछु |
पत्रकार: के तपाईका बच्चा छन् ?
प्रभुपाद: छन्, मेरा हुर्किएका केटाहरु छन् |
पत्रकार: तपाईले उनीहरुलाई छाडीदिनुभयो ?
प्रभुपाद: हो | मेरी श्रीमती छिन्, मेरा नाती-नातिनी, सबै, तर मेरो उनीहरुसँग कुनै सम्बन्ध छैन | तिनीहरुले आफ्नै तरिकाले गर्दैछन् | मेरी श्रीमती छोराहरुको जिम्मामा छिन् | हो |
पत्रकार: के त्यो.....? मेरो मतलब मलाई यो बुझ्न थोरै गाह्रो भएको छ, परिवार त्याग्नु र भन्नु,"पछी भेटौंला |"
प्रभुपाद: हो, हो, त्यो वैदिक नियम हो | सबैले निश्चित आयुमा पारिवारिक जीवन त्याग्नुपर्छ, ५०वर्ष पछी | कहिँ पारिवारिक जीवनमा रहनु हुँदैन | त्यो वैदिक संस्कृति हो | यो होइन कि मृत्युसम्म, कोहि पारिवारिक-हिसाबको हुन्छ, होइन | त्यो राम्रो होइन |
पत्रकार: के तपाई त्यो व्याख्या गर्न सक्नुहुन्छ |
प्रभुपाद: सर्वप्रथम, एक बालकलाई ब्रह्मचारीको रुपमा तालिम दिइन्छ, अध्यात्मिक जीवन | तब उसलाई पारिवारिक जीवन प्रवेश नगर्ने सुझाव दिइन्छ | तर यदि ऊ यौन जीवन नियन्त्रण गर्न असक्षम छ, उसलाई अनुमति दिइन्छ,"ठिक छ | तिमि विवाह गर |" तब ऊ पारिवारिक जीवनमा रहन्छ | उसले २४ वा २५ वर्षको आयुमा विवाह गर्छ | २५ वर्ष, उसलाई यौन जीवनको आनन्द उठाउन दिने | त्यहि समयमा उसका केहि हुर्किएका बच्चा हुन्छन् | त्यसैले ५० वर्षको उमेरमा, पति र पत्नी घरबाट टाढा जान्छन् र उनीहरु सम्पूर्ण तिर्थस्थालको भ्रमण गर्छन्, केवल पारिवारिक स्नेहबाट अलग हुन | यस प्रकार, जब पुरुष अलि धेरै विकसित हुन्छ, उसले आफ्नी श्रीमतीलाई भन्छ "तिमि जाऊ र परिवारको ख्याल राख र तिम्रा छोराहरु, हुर्केका, उनीहरुले तिम्रो ख्याल राख्नेछन् | मलाई सन्यास लिन देउ |" ऊ एक्लो बन्छ र आफुले प्राप्त गरेको ज्ञान प्रचार गर्छ | यो वैदिक सभ्यता हो | यो होइन कि मानिस जन्म देखि मृत्युसम्म पारिवारिक जीवनमा रहन्छ | होइन | बौद्ध धर्ममा पनि त्यहाँ अनिवार्य नियम छ कि एक बौद्ध धर्मावलम्बी कम्तिमा दश वर्षको लागि सन्यासी बन्नुपर्छ | हो | किनकि सम्पूर्ण विचार भनेको कसरी अध्यात्मिक पूर्णता प्राप्त गर्ने हो | त्यसैले यदि कोहि पारिवारिक जीवनमा रहन्छ, भारग्रस्त, उसले कुनै अध्यात्मिक विकास गर्न सक्दैन | तर यदि पारिवारिक जीवन पनि, सम्पूर्ण परिवार कृष्ण भावनाभवित हुन्छ भने यसले मदत गर्छ | तर त्यो धेरै दुर्लभ छ | किनकि पति कृष्ण भावनाभवित हुनसक्छन्, पत्नी नहुन सक्छिन | तर त्यस संस्कृति यति राम्रो छ कि सबजना कृष्ण भावनाभवित रहन्छन् |