NE/Prabhupada 0582 - कृष्ण हृदयभित्र विराजमान हुनुहुन्छ



Lecture on BG 2.21-22 -- London, August 26, 1973


त्यसैले परिक्षा हाम्रो हातमा छ | यदि मङ्गल​-आरतिको समयमा हामी अल्छि अनुभव गर्छौं, त्यसको मतलब म अही अध्यात्मिक हिसाबले विकसित छैन | र यदि उसले उत्साहित अनुभव गर्छ, "अब मङ्गल-आरतिको समय हो, म उठ्नुपर्यो, मैले यो गर्नुपर्यो," तब यो अध्यात्मिक हो | जसले पनि परिक्षण गर्नसक्छ | भक्तिः परेशानुभवो विरक्तिर् अन्यत्र स्यात् (श्री भा ११|२|४२) | भक्ति भनेको अध्यात्मिक | त्यसैले जब तपाई परमात्मासँग जोडिनुहुन्छ, विरक्तिर् अन्यत्र स्यात्, यो भौतिक जगतमा अझ आनन्द हुँदैन | त्यसैले, कृष्ण त्यहाँ हुनुहुन्छ | कृष्ण पनि हृदयमा बस्नुहुन्छ, र म पनि हृदयमा बस्दै छु, एउटी डण्डामा दुई साथी जसरी | त्यो उपनिषदमा वर्णन गरिएको छ | समाने वृक्षे पुरुषो निमग्नः | उनीहरु बस्दै छन्, समान हिसाबले, उही स्तरमा | निमग्नः | त्यो चारले रुखको फल खाँदैछ, वा जीव-आत्मा, उसले आफ्नो फलप्रदायक कार्य गर्दैछ | क्षेत्र-ज्ञ | यी सब वर्णन गरिएको छ | क्षेत्र​-ज्ञं चापि मां विद्धि सर्व​-क्षेत्रेषु भारत (भ गी १३|३) | मालिक र निवासी | म यो शरीरको निवासी हुँ र मालिक कृष्ण हुनुहुन्छ | तसर्थ, कृष्णको अर्को नाम हृषिकेश हो | हृषिकेश | त्यसैले उहाँ वास्तवमा मेरो हात र खुट्टा र आँखा, सबै, मेरा सबै इन्द्रीयहरूको मालिक हुनुहुन्छ | म केवल निवासी हुँ | म माइक होइन | तर हामीले त्यो बिर्सियौं | जस्तै तपाई एउटा भाडाको घरमा हुनुहुन्छ, तपाई निवासी हुनुहुन्छ | तपाईलाई कोठा लिन अनुमति दिइन्छ | तपाई मालिक होइन | तर यदि तपाई सोच्नुहुन्छ कि तपाई मालिक हुनुहुन्छ, त्यो भनेको, स्तेन एव स उच्यते (भ गी ३|१२), तत्काल ऊ गलत हिसाबले निर्देशित हुन्छ | त्यसैले लिनुहोस्, यो शरीर वा देश वा राष्ट्र वा संसार वा ब्रह्माण्ड, कुनै तपाईको होइन | मालिक कृष्ण हुनुहुन्छ | मालिक सर्व​लोक​-महेश्वरम् (भ गी ५|२९) हुनुहुन्छ | कृष्ण भन्नुहुन्छ,"म मालिक हुँ |" त्यसैले गल्ति भनेको हामीलाई मालिक थाहा छैन, र हामी, हामीले लिएका भए तापनि, हाम्रो निवास अनुचित ढंगले प्रयोग गर्दैछौं | यो भौतिक स्थिति हो | अनुचित | अन्यथा, निर्देशन त्यहाँ छ, निर्देशक त्यहाँ बस्दै हुनुहुन्छ | उहाँले सधैं तपाईको मदत गर्दै हुनुहुन्छ | तर रोग यो छ कि हामी मालिक हो भनेर दाबि गर्दैछौं र आफ्नो उच्छा अनुसार चाहन्छौं, र त्यो भौतिक स्थिति हो | मेरो कार्य भनेको मालिकको लागि काम गर्नु हो, मेरो लागि होइन | तसर्थ, त्यो मेरो स्थिति हो..... कृष्णले मेरो सिर्जना गर्नुभयो, सृष्टि होइन, तर कृष्णसँग हामी सबै त्यहाँ छौं | तर हामी नित्य दास हौँ | जस्तै यो शरीरसँग औंला पनि जन्मन्छ | औंला छुट्टै जन्मदैन | जब म जन्में, मेरा औंलाहरु जन्मे | त्यसैगरी, जब कृष्ण त्यहाँ हुनुहुन्थ्यो, कृष्ण कहिल्यै जन्मनुभएँ | तब हामी पनि कहिल्यै जन्मिएनौं | न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | धेरै सजिलो दर्शन | किनकि हामी कृष्णको अंश हौँ | यदि कृष्ण जन्मनुहुन्छ, तब म जन्मन्छु | यदि कृष्ण जन्मनुहुन्न, त म जन्मदिन | कृष्ण अज हुनुहुन्छ, त्यसैले हामी पनि अज हौँ | अजम् अव्य्यम् कृष्ण अविनाशी, अचल हुनुहुन्छ | हामी पनि अचल छौं, किनकि हामी भगवानका अंश हौँ | त्यसैले किन अंशहरु छन् ? किन मेरो हात छ ? किनकि मलाई चाहिन्छ | मलाई मेरो हातको सहयोग चाहिन्छ, मलाई मेरो औंलाको सहयोग चाहिन्छ | यो आवश्यक छ | धुर्तहरु भन्छन्,"किन भगवानले हामीलाई बनाउनुभयो ": धुर्त, यो आवश्यक छ | किनकि उहाँ भगवान हुनुहुन्छ, उहाँ तपाईको सेवा चाहनुहुन्छ | जस्तै ठुलो मानिस, उसले धेरै नोकर राख्छ | यदि कोहि धुर्तले सोध्छ,"किन तपाई यति धेरै नोकर राख्दै हुनुहुन्छ ?" र "किनकि म ठुलो मानिस हुँ, म चाहन्छु !" सजिलो दर्शन | त्यसरिगारी, यदि भगवान परम अधिकारी हुनुहुन्छ, तब उहाँको धेरै सेवक हुनुपर्छ | अन्यथा, उहाँले कसरी व्यवस्थापन गर्नुहुन्छ ?