NE/Prabhupada 0583 - भगवद् गीतामा सबै कुरा छ



Lecture on BG 2.21-22 -- London, August 26, 1973


त्यसैले सम्पूर्ण ब्रह्माण्ड भगवानका सेवकहरुद्वारा व्यवस्थापन हुँदै छ, ब्रह्माजी, सबभन्दा शक्तिशाली सेवक अनुसार | तेने ब्रह्म हृदा य आदि-कवये मुह्यन्ति यत् सूरयः (श्री भा १|१|१) | ब्रह्माजीको हृदयमा पनि, तेने ब्रह्मा हृदा, हृदा फेरी हृदा | किनकि ब्रह्माजी एक्लो हुनुहुन्थ्यो, के गर्ने ? ब्रह्माजी व्याकुल हुनुभयो | तर कृष्णले उपदेश दिनुभयो,"तिमी गर, तिमि यो ब्रह्माण्ड यसरि बनाउ |" बुद्धि-योगं ददामि तम्, "म बुद्धि दिन्छु |" त्यसैले सबै कुरा छ | सबै कुरा छ, कृष्ण सदैव तपाईसँग हुनुहुन्छ | यदि तपाई घर फर्कन, भगवद धाम गर्कन चाहनुहुन्छ, तब कृष्ण सम्पूर्ण उपदेश दिन तयार हुनुहुन्छ | "हो, येन माम् उपयान्ति ते |" उहाँले उपदेश दिनुहुन्छ,"हो तिमी यसरि गर | तब तिमीले सक्नेछौ, तिम्रो, यो भौतिक कार्य र यो शरीर त्यागेपछि, तिमि मकहाँ आउनेछौ |" तर यदि तपाई यो भौतिक अस्तित्वलाई निरन्तरता दिन चाहनुहुन्छ, तब वासांसि जीर्णानि यथा विहाय (भ गी २।२२), तपाईले एउटा शरीर स्विकार्नुपर्छ, र जब त्यो प्रयोगहिन हुन्छ, तब तपाईले यो शरीर त्याग्नुपर्छ र अर्को शरीर स्वीकार्नुपर्छ | यो भौतिक अस्तित्वको निरन्तरता हो | तर यदि तपाई यसलाई समाप्त गर्न चाहनुहुन्छ, यदि तपाई वास्तवमा यस प्रकारको कार्यसँग घृणा गर्नुहुन्छ, भूत्वा भूत्वा प्रलीयते (भ गी ८|१९), एकपटक जन्मने, फेरी मर्ने, फेरी लिने | तर हामी यति निर्लज्ज र यति बेकार छौं कि हामी यो कार्यसँग त्यति घृणा नै गर्दैनौं | हामी निरन्तरता दिन चाहन्छौं, र तसर्थ कृष्ण पनि तयार हुनुहुन्छ: "ठिक छ, तपाई निरन्तरता दिनुहोस् |" यो भगवद गीतामा भनिएको छ, यन्त्रारूढानि मायया | ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति भ्रामयन् सर्व​-भूतानि यन्त्रारूढानि मायया (भ गी १८|६१) धेरै स्पष्ट | कृष्णलाई तपाईको इच्छा थाहा छ, कि यदि तपाई अझै यो भौतिक जगतको आनन्द लिन चाहनुहुन्छ,"ठिक छ, आनन्द लिऊ |" त्यसैले विभिन्न आनन्द लिनको लागि, हामीलाई विभिन्न प्रकारको यन्त्र चाहिन्छ | त्यसैले कृष्णले तपाईलाई तयार गर्नुहुन्छ, यति दयालु,"ठिक छ |" जस्तै पिताले खेलौना दिन्छन्, बच्चालाई गाडी चाहिन्छ | "ठिक छ, मेरो गाडी लिऊ |" उसलाई एउटा इन्जिन चाहिन्छ, ऊ एक रेलको व्यक्ति बन्न चाहन्छ | अब यस्ता खेलौनाहरु थिए | त्यसैगरी कृष्णले यी खेलौना शरीर प्रदान गर्नुहुन्छ | यन्त्र, यन्त्र भनेको मसिन | यो एउटा यन्त्र हो | सब बुझछन् यो एउटा यन्त्र हो | तर कसले यो यन्त्र प्रदान गर्यो ? यो यन्त्र प्रकृतिद्वारा प्रदान गरिएको हो, भौतिक सामाग्री, तर यो कृष्णको आज्ञामा तयार गरिएको हो | मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम् (भ गी ९|१०) | "प्रकृतिले यी सब वस्तुहरु मेरो निर्देशनमा तयार गर्दैछिन् |" त्यसैले कृष्ण भावना बुझ्न कहाँ कठिनाई छ ? सबै कुरा भगवद गीतामा छ | यदि तपाई मेहेनतका साथ पढ्नुहुन्छ र बुझ्ने प्रयास गर्नुहुन्छ, तपाई सधैं कृष्ण भावनाभावित रहनुहुनेछ | सबै कुरा त्यहाँ छ | मेरो स्थिति के हो, म कसरी कार्यरत छु, म कसरी मर्दैछु, म कसरी शरीर प्राप्त गर्दैछु, म कसरी घुम्दैछु | सबै कुरा विस्तृतमा त्यहाँ छ | केवल थोरै बुद्धिमान बन्नुपर्छ | तर हामी मुर्ख रहन्छौं, धुर्त, किनकि हामी धुर्तको सङ्ग गर्दैछौं | यी धुर्त दार्शनिक, धार्मिक व्यक्ति, अवतार, भगवान, स्वामी, योगी, र कर्मी | तसर्थ हामी धुर्त बनेका छौं | सत्-सङ्ग छाडि कैनु असते विलास​ | नरोत्तम दास ठाकुर तसर्थ खेद प्रकट गर्नुहुन्छ कि "मैले भक्तको सङ्ग त्यागें | म केवल यी सब धुर्तहरुसँग सङ्ग गर्दैछु |" असत्, असत्-सङ्ग​ | ते कारणे लागिले मोर कर्म​-बन्ध​-फाङ्स​: "तसर्थ म यो जन्म र मृत्युको पुनरावृत्तिमा बाँधिएको छु |" ते कारणे | "त्यसैले यो त्याग |" चाणक्य पण्डितले पनि भन्नुहुन्छ, त्यज दुर्जन​-संसर्गम्, "यी धुर्तहरुको सङ्ग त्याग |" भज साधु-समागमम्," केवल भक्तसँग सङ्ग गर |" यो ठिक हुनेछ | हामी विभिन्न केन्द्रहरु स्थापना गर्दैछौं, इन्द्रियतृप्तिको लागि होइन, तर भक्तको राम्रो सङ्गको लागि | यदि हामी यो गुमाउँछौं, जो कार्यरत छन्, जो यस संस्थाका व्यवस्थापक छन्, उनीहरुले सधैं थाहा पाउनुपर्छ कि हामीले यो संस्था वा यो केन्द्रलाई वेश्यालयजस्तो बनाउनुहुँदैन | यस्तो व्यवस्था हुनुपर्छ वा यस्तो प्रबन्ध हुनुपर्छ कि हामीसँग विकासको लागि सधैं राम्रो सङ्ग हुनुपर्छ | यो चाहिएको छ |

धेरै धेरै धन्यवाद | (अन्त्य)