NE/Prabhupada 0585 - एउटा वैष्णव अरुलाई दुःखी देखेर दुःखी हुन्छन्



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


त्यसैले सुर्य-ग्रहमा कुनै जीव छैनन् भनेर सोच्ने कुनै प्रश्न नै छैन | जीवहरु छन्, त्यस ग्रहको लागि योग्य | हामी ब्रह्म-संहिताबाट बुझ्छौं कि कोटिषु वसुधादि-विभूति-भिन्नम् | वसुधा | वसुधा भनेको ग्रह | हरेक ब्रह्माण्डमा अनगिन्ति ग्रहहरु छन् | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि-कोटिष्व् अशेष​-वसुधादि-विभूति-भिन्नम् (ब्र स ५|४०) | यो केवल एउटा ब्रह्माण्ड हो | लाखौं ब्रह्माण्ड पनि छन् | जब चैतन्य महाप्रभुलाई आफ्नो एक भक्तद्वारा अनुरोध गरिएको थियो, कि "मेरा प्रिय प्रभु, हजुर आउनुभयो | कृपया हजुर यी सब बद्ध जीवलाइ लानुहोस् | र यदि हजुर सोच्नुहुन्छ कि उनीहरु निकै पापी छन्, उनीहरु मुक्त हुन सक्दैनन्, तब हजुरले सम्पूर्ण पाप ममा सार्न सक्नुहुन्छ | म भोग्नेछु | हजुर उनीहरुलाई लानुहोस् |" यो वैष्णव दर्शन हो | वैष्णव दर्शन भनेको पर​-दुःख​-दुःखी | वास्तवमा, एक वैष्णव अरुलाई दु:खी देखेर दु:खी हुन्छन् | व्यक्तिगत रुपमा उनीसँग कुनै दु:ख हुँदैन | किनकि उनी कृष्णसँग सम्पर्कमा हुन्छन्, उनी कसरी दु:खी हुन सक्छन् ? व्यक्तिगत रुपमा, उनलाई कुनै दु:ख हुँदैन | तर उनी बद्ध जीवलाई दु:खी देखेर दु:खी हुन्छन् | पर-दु:ख-दु:खी | तसर्थ, वासुदेव घोष, उहाँले चैतन्य महाप्रभुलाई अनुरोध गर्नुभयो कि "हजुर यी सब दु:खी बद्ध जीवलाई मुक्त गर्नुहोस् | र यदि हजुर सोच्नुहुन्छ उनीहरु पापी छन्, उनीहरु मुक्त हुन सक्दैनन्, तब यी सब मानिसको पाप ममा सार्नुहोस् | म भोग्नेछु, र हजुर उनीहरुलाई लानुहोस् |" त्यसैले चैतन्य महाप्रभु यो प्रस्तावदेखि धेरै खुसी हुनुभयो र उहाँ हाँस्नुभयो | उहाँले भन्नुभयो कि "यो ब्रह्माण्ड, तोरीको दानाहरु भएको झोलामा भएको एउटा तोरी हो |" हाम्रो मुख्य कुरा भनेको धेरै ब्रह्माण्डहरु छन् | जेबा तुलना गर्नुहोस् | तपाई तोरीको दानाहरु भन्यो एउटा झोला लिनुहोस् र एउटा दाना टिप्नुहोस् | त्यो झोलाको तुलनामा एउटा दानाको के मूल्य छ ? त्यसैगरी, यो ब्रह्माण्ड त्यस्तै छ | धेरै ब्रह्माण्डहरु छन् | आधुनिक वैज्ञानिकहरु, तिनीहरु अरु ग्रहहरुमा जान प्रयास गर्दै छन् | तिनीहरु गए पनि, त्यसको के श्रेय भयो ? ती कोटिषु वसुधादि-विभूति-भिन्नम् छन् | त्यति धेरै ग्रहहरुमा कोहि जान सक्दैन | उनीहरुको गणना अनुसार पनि, यदि तपाई उच्च ग्रहमा जान चाहनुहुन्छ, जसलाई हामी ब्रह्मलोक भन्छौं, यसलाई प्रकाश-वर्षको गणनामा चालिस-हजार वर्ष लाग्छ | त्यसैले भगवानको सृष्टिमा सबै कुरा असिमित छ | यो हाम्रो ज्ञानको परिप्रेक्ष्य भित्र छैन | त्यसैले धेरै छन्, अनगन्ती ब्रह्माण्ड, अनगन्ती ग्रहहरु, र त्यहाँ अनगन्ती जीव छन् | र सबजना आफ्नो कर्म अनुसार घुम्दै छन् | र जन्म र मृत्यु भनेको एउटा शरीरबाट अर्कोमा परिणत गर्ने | यदि यो जीवनमा मैले एउटा योजना बनाउँछु र.... किनकि सबजना जीवनको शारीरिक धारणामा छन् | त्यसैले जबसम्म हामी जीवनको शारीरिक धारणामा छौँ..... "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ," "म वैश्य हुँ," "म शुद्र हुँ," "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म यो र त्यो हुँ |" यी सबै जीवनको शारीरिक धारणाका उपाधिहरु हुन् | जबसम्म म जीवनको शारीरिक धारणामा छु, म सोच्छु, :मैले यो कर्तव्य गर्नुपर्छ | ब्राह्मणको रुपमा, मैले यस्तो-यस्तो कार्य गर्नुपर्छ |" "अमेरिकीको रुपमा, मैले धेरै कार्य गर्नुपर्छ |" जबसम्म यो चेतनाको निरन्तरता हुन्छ, हामीले अर्को शरीर स्वीकार्नुपर्छ | यो प्रकृतिको विधि हो | जबसम्म.....