NE/Prabhupada 0586 - वास्तवमा यो शरीरको स्वीकारोक्तिको मतलब म मर्छु भन्ने होइन



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


तसर्थ माहि यो जीवनमा केहि योजना बनाउँछौं, र मेरी, यो भौतिक शरीर, यो स्थूल शरीर सकिन्छ, त्यो मर्छ, तर मेरो विचार, सुक्ष्म शरीरमा, मनमा, यो रहन्छ | र किनकि यो मेरो मनमा रहन्छ, तसर्थ मेरो इच्छा पुरा गर्न मैले अर्को शरीर स्वीकार्नुपर्छ | यो आत्माको स्थानान्तरणको न्याय हो | आत्मा, तसर्थ, उसको योजनासँग, ऊ अर्को स्थुल शरीरमा सर्छ | र आत्मासँग, परमात्मा हुन्छ, सर्वोच्च परमपुरुष भगवान हुनुहुन्छ | सर्वस्य चाहं हृदि सन्निविष्टो मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च (भ गी १५|१५) | त्यसैले परमात्मा, सर्वोच्चा पुरुषोत्तम भगवानले उहाँलाई बुद्धि दिनुहुन्छ: "अब तिमीले यो योजना पालन गर्न चाहेको थियौ | अब तिमीसँग उपयुक्त शरीर छ र तिमीले यो गर्न सक्छौ |" तसर्थ हामीले पाउँछौं कि कोहि महान वैज्ञानिक हुन्छ | वा धेरै राम्रो मेकानिक हुन्छ | यो भनेको पहिलेको जन्ममा ऊ मेकानिक थियो, उसले केहि योजना बनाउँदै थियो, र यो जीवनमा उसले पाउँछ र उसले आफ्नो इच्छा पुरा गर्छ | उसले केहि पट्ट लगाउँछ र धेरै सम्मानित, प्रख्यात मानिस बन्छ | किनकि कर्मीहरु, तिनीहरु तीन कुरा चाहन्छन: लाभ-पुजा-प्रतिष्ठा | तिनीहरु केहि भौतिक फाइदा चाहन्छन् र तिनीहरु केहि भौतिक श्रद्धा चाहन्छन्, र लाभ-पुजा-प्रतिष्ठा र स्थिरता | यो भौतिक जीवन हो | त्यसैले एक पछी अर्को, हामी लिने प्रयास गर्दैछौं केहि भौतिक फाइदा, केहि भौतिक श्रद्धा, भौतिक मान | र तसर्थ हामी विभिन्न प्रकारको शरीर पाउँदैछौं | र यो चल्दै छ | वास्तवमा यो शरीरको स्वीकारोक्तिको मतलब म मर्छु भन्ने होइन | म त्यहाँ छु | सुक्ष्म रुपमा, म त्यहाँ छु | न जायते न म्रियते | तसर्थ जन्म र मृत्युको कुनै प्रश्न छैन | यो केवल शरीरको रुपान्तरण हो | वासांसि जीर्णानि यथा विहाय (भ गी २|२२), जसरी अर्को शोकमा व्याख्या हुन्छ: वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरो ऽपराणि तथा शरीराणि विहाय जीर्णान्य् अन्यानि संयाति नवानि देही (भ गी २|२२) देही, जीव, केवल वस्त्र परिवर्तन गर्दै | यो वस्त्र हो | शरीर वस्त्र हो | अब प्रश्न हुन्छ..... जसतै आत्माको कुनै रुप छैन भनेर छलफल हुँदै थियो | यो कसरी हुन सक्छ ? यदि यो हुन्छ, यो शरीर मेरो लुगा हो, कसरी मेरो कुनै रुप हुन सक्दैन ? कसरी वस्त्रको रुप भयो ? मेरो कोट वा सर्टको रुप छ किनकि मेरो शरीरको रुप छ | मेरो दुई हात छन् | तसर्थ मेरो वस्त्र, मेरो कोटको पनि दुई हात छन् | मेरो सर्टको पनि दुई हात छन् | त्यसैले यदि यो वस्त्र, यो शरीर, जसरी भगवद-गीतामा वर्णन गरिएको छ- वासांसि जीर्णानि यथा विहाय (भ गी २।२२) - त्यसैले यदि यो वस्त्र हो, तब मेरो रुप हुनुपर्छ | अन्यथा कसरी यो वस्त्र बन्छ ? यो धेरै तार्किक निष्कर्ष छ र बुझ्न धेरै सजिलो | जबसम्म मसँग मेरो आफ्नो रुप छैन, जसरी वस्त्रको रुप हुन्छ ? जवाफ के हो ? कसैले भन्न सक्छ ? कसरी मूल जीव हात र खुट्टा बिना हुन्छ ? यदि मेरो शरीर वस्त्र हो..... केवल एक दर्जीकहाँ जानुहोस् | उसले तपाईको हातको, तपाइको खुट्टाको, तपाइको छाती नाप लिन्छ | तब तपाइको कोट वा सर्ट बन्छ | त्यसैगरी, जब तपाइसँग विशेष किसिमको वस्त्र हुन्छ, यो अनुमान गर्नुपर्छ कि मेरो रुप छ, अध्यात्मिक रुप | कसैले यो तर्क खण्डन गर्न सक्दैन | र हाम्रो तथाकथित तर्क बाहेक, हामीले कृष्णको बयान स्वीकार्नुपर्छ | किनकि उहाँ अधिकारि हुनुहुन्छ |