NE/Prabhupada 0587 - हामी सबजना आध्यात्मिक रुपमा भोको छौं



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


त्यसैले यदि मैले सोच्छु कि, म यो कोट हुँ, त्यो मेरो अज्ञानता हो | र त्यो चल्दै छ | तथाकथित मानवताको सेवा भनेको कोट धुनु हो | जस्तै यदि तपाई भोको हुनुहुन्छ र मैले तपाईको कोट साबुनले धेरै राम्ररी धुन्छु, के तपाई सन्तुष्ट हुनुहुन्छ ? होइन | त्यो सम्भव छैन | त्यसैले हामी सबजना अध्यात्मिक हिसाबले भोको छौं | यी मानिसहरुले कोट र सर्ट धोएर के गर्नेछन् ? कुनै शान्ति हुनेछैन | तथाकथित मानवतावादी सेवा भनेको तिनीहरु वासांसि जीर्णानि धुँदै छन् | त्यति हो | र मृत्यु भनेको, यो धेरै राम्ररी व्याख्या गरिएको छ, कि जब वस्त्र, तपाईको वस्त्र, मेरो वस्त्र, धेरै पुरानो बन्छ, हामी त्यसलाई परिवर्तन गर्छौं | त्यसैगरी, जन्म र मृत्यु भनेको वस्त्र परिवर्तन गर्ने | यो धेरै स्पष्टसँग व्याख्या गरिएको छ | वासांसि जीर्णानि यथा विहाय​ (भ गी २|२२) | जीर्णानि , पुरानो वस्त्र, पुरानो पहिरन, हामी त्यसलाई फाल्छौं, र अर्को वस्त्र लिन्छौं, नयाँ पहिरन | त्यसैगरी, वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति | एक नया, ताजा वस्त्र | त्यसैगरी, म एक वृद्ध छु | त्यसैले यदि म मुक्त हुँदिन, यदि मसँग यो भौतिक जगतमा पालन गर्ने धेरै योजनाहरु छन्, तब मैले अर्को शरीर स्वीकार्नुपर्छ | तर यदि तपाईसँग अरु कुनै योजन छैनन्, निष्किञ्चन​.... त्यसलाई निष्किञ्चन​ भनिन्छ | निष्किञ्चनस्य भगवद्-भजनोन्मुखस्य​ | चैतन्य महाप्रभु भन्नुहुन्छ निष्किञ्चन | एक पूर्णत: स्वतन्त्र हुनुपर्छ, यो भौतिक जगत सम्बन्धि पूर्णत: स्वतन्त्रता | एकले घृणा गर्नुपर्छ | तब अध्यात्मिक जगतमा स्थानान्तरण हुने कुनै सम्भावना छ |