NE/Prabhupada 0593 - तपाई कृष्णभावनामा आउनासाथ आनन्दमय बन्नुहुन्छ



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


प्रभुपाद: त्यसैले हामी सब कृष्णका अंश हौँ, मम्ऐवांशो जीव​-भूतः (भ गी १५।७) | हाम्रो नाता नित्य छ | अहिले हामी बिर्सियौं | हामी सोच्छौं कि "म कृष्णको होइन; म अमेरिकाको हुँ |' "म भारतको हुँ |" यो हाम्रो भ्रम हो | त्यसैले उचित विधिबाट....... विधि भनेको सुन्नु हो | र उसको कानमा भन्नु | "तिमी अमेरिकी होइनौ | तिमी कृष्णको हौ | तिमी अमेरिकी होइनौ |" "तिमी भारतीय होइन | तिमी कृष्णको हौ |" यस प्रकारले, सुन्नु, सुन्नु, उसले भन्नसक्छ: "ओहो, हो, म कृष्णको हो |" यो तरिका हो | हामीले निरन्तर घुसाउनुपर्छ | "तिमी अमेरिकी होइनौ | तिमी भारतीय होइनौ | तिमी रुसी होइनौ | तिमि कृष्णको हौ | " तब हरेक मन्त्रको मूल्य हुन्छ, तब ऊ आउँछ, " ओहो, हो, म कृष्णको हुँ |" ब्रह्म-भूत: प्रस....... "किन म सोच्दै थिएँ कि म रुसी र अमेरिकी र यो र त्यो हुँ ?" ब्रह्म-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति (भ गी १८|५४) | जब ऊ त्यस स्थितिमा आउँछ, उसको कुनै विलाप हुँदैन | यहाँ, अमेरिकी वा भारतीय वा रुसीको रुपमा, हामीसँग दुई कुरा छन्: विलाप र चाहना | सबै चाहना गर्दैछन्, जे ऊसँग छैन: "मसँग यो हुनुपर्छ |" र जब ऊसँग हुन्छ, यदि त्यो हराउँछ, ऊ विलाप गर्छ: "ओहो, मैले गुमाएँ |" यी दुइ कार्य चल्दै छन् | जाबसम्म तपाई आउनुहुन्न, कृष्णभावनामा आउनुहुन्न, तपाईका, यी दुइ कार्य चल्दै गर्छन्, विलाप र चाहना | र जब तपाई कृष्ण भावनामा आउनुहुन्छ, तपाई आनन्दमय बन्नुहुन्छ | विलाप गर्ने कुनै कारण छैन | चाहना गर्ने कुनै कारण छैन | सबै पूर्ण हुन्छ | कृष्ण पूर्ण हुनुहुन्छ | त्यसैले ऊ मुक्त हुन्छ | त्यो हो ब्रह्म-भूत स्थिति | त्यसैले यो सुनेर जगाउन सकिन्छ | तसर्थ वैदिक मन्त्रलाई श्रुति भनिन्छ | एकले यो जागरण कानबाट ग्रहण गर्नुपर्छ | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | सधैं विष्णुको बारेमा सुन्नुहोस् र जप्नुहोस् | हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम, हरे हरे | तब चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२), सबै कुरा सफा हुन्छ, र उसले बुझ्नेछककि "म कृष्णको नित्य दास हुँ |" (विराम) प्रभुपाद: जब तपाई वैष्णव बन्नुहुन्छ, ब्राह्मणत्व पहिल्यै सम्मिलित हुन्छ | साधारण प्रक्रिया भनेको जबसम्म कोहि सत्त्व-गुण स्तरमा आउँदैन, उसले कृष्ण भावना के हो बुझ्न सक्दैन | त्यो साधारण नियम हो | तर यो कृष्ण भक्ति, कृष्ण भावनामृत अभियान यति राम्रो छ कि केवल कृष्णको बारेमा सुनेर, तपाई तत्काल ब्राह्मण स्तरमा आउनुहुन्छ | नष्ट​-प्रायेषु अभद्रेषु नित्यं भागवत​-सेवया (श्री भा १|२|१८) | अभद्र | अभद्र भएंको भौतिक प्रकृतिका यी तीन गुण | ब्राह्मण गुण पनि | शुद्र गुण, वैश्य गुणम वा क्षत्रिय गुण वा ब्राह्मण गुण पनि | तिनीहरु सब अभद्र हुन् | किनकि ब्राह्मण गुणमा, उही परिचय आउँछ | "ओहो, म ब्राह्मण हुँ | कोहि पनि जन्म बिना ब्राह्मण बन्न सक्दैन | म महान छु | म ब्राह्मण हुँ |" यो झुठो मान आउँछ | त्यसैले ऊ बद्ध हुन्छ हुन्छ | ब्राह्मण गुणमा पनि | तर जब ऊ अध्यात्मिक स्तरमा आउँछ, वास्तवमा, जसरी चैतन्य महाप्रभुले भन्नुभयो, "म ब्राह्मण होइन, म सन्यासी होइन, म गृहस्थ होइन, म ब्रह्मचारी होइन," होइन, होइन, होइन..... यी आठ सिद्धान्त, वर्णाश्रम, उहाँ नकार्नुहुन्छ | तब हजुर के हुनुहुन्छ ? गोपी-भर्तुः पद​-कमलयोर् दास​-दासानुदासः (चै च मध्य १३।८०) | "म कृष्णको दासको दासको दास हुँ |" यो आत्मा-साक्षात्कार हो |