NE/Prabhupada 0594 - आत्मालाई हाम्रा भौतिक उपकरणद्वारा नाप्न असम्भव छ



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


त्यसैले निषेधबाट व्याख्या | प्रतक्ष्य रुपमा हामी बुझ्न सक्दैनौ अध्यात्मिक अंश के हो, जुन यस शरीर भित्र छ | किनकि त्यस आत्माको लम्बाई र चौडाई हाम्रा भौतिक उपकरणबाट नाप्न असम्भव छ, वैज्ञानिकहरुले उनीहरु नाप्न सक्छन भने तापनि | जे भए पनि, यो सम्भव भए पनि, सर्वप्रथम, तपाईले देख्नुपर्छ कि आत्मा कहाँ अवस्थित छ | तब तपाईले यसलाई नाने प्रयास गर्न सक्नुहुन्छ | सर्वप्रथम, तपाईले देख्न पनि सक्नुहुन्न | किनकि यो धेरै,धेरै सानो, कपालको टुप्पोको दश हजार भागको एक भाग | अब, किनकि हामी देख्न सक्दैनौं, हाम्रो प्रयोगात्मक ज्ञानबाट, हामी सराहना गर्न सक्दैनौं; तसर्थ कृष्णले आत्माको अस्तित्वको व्याख्या गर्दै हुनुहुन्छ, नकारात्मक तरिकाले: " यो यस्तो होइन |" कहिलेकाही जब हामी बुझ्न सक्दैनौं, व्याख्या दिइएको हुन्छ: "यो यस्तो होइन |" यदि म यो के हो व्यक्त गर्न सक्दिन, तब हामीले नकारात्मक तैकाले व्यक्त गर्न सक्छौं कि "यो यस्तो होइन |" त्यसैले यो "यस्तो होइन" के हो ? "यस्तो होइन" भनेको "यो भौतिक होइन हो |" आत्मा भौतिक होइन | तर हामीसँग भौतिक कुराको अनुभव छ | तब कसरी बुझ्ने कि यो नकारात्मक हो ? त्यो अर्को श्लोकमा व्याख्या गरिएको छ, कि नैनं छिन्दन्ति शस्त्राणि | तपाईले काट्न सक्नुहुन्न, आत्मालाई कुनै हतियार, चक्कु, तरबार वा बन्दुकले मर्न सक्नुहुन्न | यो सम्भव छैन | नैनं छिन्दन्ति शस्त्राणि | मायावाद दर्शनले भन्छ कि "म ब्रह्म हुँ | मेरो भ्रमको कारणले, म अनुभव गर्छु कि म छुटिएको छु | अन्यथा म एक हुँ |" तर कृष्ण भन्नुहुन्छ कि ममैवांशो जीव​-भूतः (भ गी १५|७) | के यसको मतलब, सम्पूर्ण आत्माबाट, यो अंश टुक्रामा काटेर छुटिएको छ ? होइन | नैनं छिन्दन्ति शस्त्राणि | यसलाई टुक्रा पार्न सकिन्न | तब ? तब उत्तर हुन्छ कि आत्मा शाश्वतको अंश हो | यो होइन कि मायाको कारणले यो छुट्टिएको छ | होइन | कसरी हुनसक्छ ? किनकि यो टुक्रा पार्न सकिन्न | यदि म भन्छु...... जस्तै तिनीहरु तर्क प्रस्तुत गर्छन्: घटाकाश​-पोटाकाश​, कि :आकाश भाँडोभित्र छ र भाँडोबाहिर छ, भाँडोको कारण, यो भित्रको आकाश छुट्टिएको छ |" तर यो कसरी छुट्टिन सक्छ ? यसलाई टुक्रा पार्न सकिन्न | तर्कको लागि..... वास्तवमा, हामी धेरै, धेरै अंश हौँ, आत्माका आणविक अंश | त्यसैले...... र उनीहरु नित्य रुपले अंश हुन् | यो होइन कि स्थितिवश यो अंश बन्यो, र फेरी यो जोडिन सक्छ | यो जोडिन सक्छ, तर सजातीय तरिकामा होइन, मिसिएको तरिकामा | होइन | यो जोडिए पनि, यो, आत्माले आफ्नो फरक अस्तित्व राख्छ | एउटा हरियो चरा जस्तै, जब ऊ रुख भित्र छिर्छ, यस्तो लाग्छ कि चरा रुखमा एकाकार भएको छ, तर यस्तो होइन | चारले रुखभित्र आफ्नो परिचय राख्छ | त्यो निष्कर्ष छ | रुख र चरा दुवै हरियो भए तापनि, यस्तो लाग्छ कि चरा अहिले रुखमा एकाकार भयो, यो एकाकार हुनु भनेको यो होइन कि चरा र रुख एक भए | होइन | यस्तो लाग्छ | किनकि दुवै उही रङ्गका छन्, लाग्छ कि चरा....... चराको अस्तित्व छैन | तर यो तथ्य होइन | चार..... त्यसैगरी, हामी पनि व्यक्तिगत रुपले आत्मा हौँ | गुण एउटै भएकाले, भनौं, महानता, जब कोहि ब्रह्मज्योतिमा एकाकार हुन्छ, जीवले आफ्नो परिचय गुमाउँदैन | र किनकि उसले आफ्नो परिचय गुमाउँदैन, र किनकि जीव, प्रकृतिले आनन्दमय हुन्छ, ऊ धेरै दिनको लागि निराकार ब्रह्मज्योतिमा रहन सक्दैन | किनकि उसले आनन्द पाउनुपर्छ | त्यो आनन्द भनेको भिन्नता हो |