NE/Prabhupada 0595 - यदि तपाई विविधता चाहनुहुन्छ भने तपाईले ग्रहको आश्रय लिनुपर्छ



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


त्यसैले ब्रह्मज्योतिमा, केवल चिन्-मात्र​ भएर, केवल आत्मा, त्यहाँ आत्माको विविधता हुँदैन | यो केवल आत्मा हुन्छ | आकाश जस्त्तै | आकाश पनि पद्धार्थ हो | तर आकाशमा विविधता छैन | यदि तपाई विविधता चाहनुहुन्छ, यो भौतिक जगतमा पनि, तब तपाईले एउटा ग्रहको आश्रय लिनुपर्छ, कि तपाई पृथ्वी ग्रहमा आउनुहोस् वा चन्द्र ग्रहमा जानुहोस् वा सुर्य ग्रहमा | त्यसैगरी, ब्रह्मज्योति कृष्णको शारिरको प्रज्वलित किरण हो | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि (ब्र स ५|४०) | जस्तै सुर्यको किरण सुर्य ग्रहको प्रज्वलित किरण हो, र सुर्य ग्रहभित्र, त्यहाँ सुर्य देव हुनुहुन्छ, त्यसैगरी, त्यहाँ, अध्यात्मिक जगतमा, त्यहाँ ब्रह्म्ज्योति छ, निराकार, र ब्रह्म्ज्योतिभित्र, अध्यात्मिक जगतहरु छन् | तिनीहरुलाई वैकुण्ठलोक भनिन्छ | र उच्चतम वैकुण्ठलोक कृष्णलोक हो | त्यसैले कृष्णको शरीरबाट, ब्रह्मज्योति आउँदैछ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि (ब्र स ५|४०) | सबै कुरा त्यस ब्रह्मज्योतिमा अवस्थित छन् | सर्वं खल्व् इदं ब्रह्म​ | भगवद गीतामा पनि भनिएको छ, मत्-स्थानि सर्व​-भूतानि नाहं तेषु अवस्थितः (भ गी ९|४) | सबै कुरा उहाँको ज्योति, ब्रह्मज्योतिमा अवस्थित छ..... जस्तै सम्पूर्ण भौतिक जगत, असंख्य ग्रहहरु, तिनीहरु सुर्यप्रकासमा अवस्थित छन् | सुर्यप्रकास सुर्य ग्रहको निराकार ज्योति हो, र सुर्यप्रकासमा लाखौं ग्रहहरु अवस्थित छन् | सबै कुरा सुर्य प्रकासको कारणले हुँदै छ | त्यसैगरी ब्रह्मज्योति, किरणहरु कृष्णको शरीरबाट आउँदै छन्, र सबै कुरा त्यस ब्रह्मज्योतिमा अवस्थित छन् | वास्तवमा, विभिन्न प्रकारका शक्तिहरु छन् | जस्तै सुर्य प्रकासबाट विभिन प्रकारको रङ्ग, शक्तिहरु आउँछन् | त्यसले यो भौतिक जगत बनाउँदै छ | जस्तै हामीले व्यवहारिक रुपमा अनुभव गर्न सक्छौं | जब पश्चिमी राष्ट्रहरुमा सुर्य हुँदैन, जब हिउँ पर्छ, रुखका सबै पातहरु झर्छन् | यसलाई चिसो मौसम भनिन्छ | केवल काठ रहन्छ, काठको टुक्रा मात्र | फेरी, जब वसन्त मौसम हुन्छ, सुर्य उपलब्ध हुन्छ, सबै एकपटकमा, तिनीहरु हरियो हुन्छन् | त्यसैले जसरी सुर्यले यो भौतिक जगतमा कार्य गर्दैछ, त्यसैगरी सर्वोच्च पुरुषोत्तम भगवानको शारीरिक किरण सम्पूर्ण सृष्टिको स्रोत हो | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि (ब्र स ५|४०) | ब्रह्मज्योतिको कारणले लाखौं-लाखौं ब्रह्माण्डहरु आउँदै छन् |