NE/Prabhupada 0597 - हामी जीवनमा केहि आनन्द प्राप्त गर्न कठिन परिश्रम गर्दैछौं



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


हरेक जीवले भौतिक प्रकृतिमाथि विजय प्राप्त गर्ने प्रयास गर्दैछ | यो उसको रोग हो | उसले जित्न चाहन्छ | ऊ दास हो, तर कृत्रिम तरिकाले, ऊ भगवान बन्न चाहन्छ | त्यो रोग हो | सबजना.... अन्त्यमा, जब ऊ भौतिक प्रकृतिमाथि विजय प्राप्त गर्न असफल हुन्छ, ऊ भन्छ "ओहो, यो भौतिक जगत मिथ्य छ | अब ,म भगवानसँग एक हुन्छु |" ब्रह्म सत्यं जगन् मिथ्या | तर किनकि आत्मा कृष्णको अंश हो, त्यसैले प्रकितिले, ऊ आनन्दमय छ | ऊ आनन्द पछी छ | हामी सबजना, हामी यस्तो कठिन मेहेनत जीवनको केहि आनन्द पाउँ गर्दैछौं | जीवनको त्यो आनन्द अध्यात्मिक ज्योतिमा पाउन सकिन्न | तसर्थ श्रीमद भगवतममा हामी यो जानकारी पाउँछौं कि आरुह्य कृच्छ्रेण परं पदम् (श्री १०।२।३२) | कृच्छ्रेण, कठिन तपस्या गरेपछि, एक ब्रह्मज्योतिमा एकाकार हुनसक्छ | सायुज्य-मुक्ति | यसलाई सायुज्य मुक्ति भनिन्छ | सायुज्य, एकाकार हुने | त्यसैले आरुह्य कृच्छ्रेण परं पदम् | कोहि त्यस स्थानसम्म गए पनि, ब्रह्मको अस्तित्वमा एकाकार हुने धेरै कठिन तपस्या गरेपछि, तब पहि तिनीहरु झर्छन् | पतन्त्य् अधः | अध: भनेको फेरी भौतिक जगतमा आउँछ | आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधः (श्री भा १०|२|३२) | किन तिनीहरु झर्छन् ? अनादृत​-युष्मद्-अङ्घ्रयः | तिनिहरु कहिल्यै सहमत हुनेछैनन् कि भगवान व्यक्ति हुनुहुन्छ | तिनीहरु कहिल्यै सहमत हुनेछैनन् | तिनीहरुको सानो दिमागमा अटाउन सक्दैन कि भगवान, परम, व्यक्ति हुन सक्नुहुन्छ | किनकि उसको आफ्नै वा अरुको व्यक्तित्वको अनुभव छ | यदि भगवान म र तपाईजस्तै व्यक्ति हुनुहुन्छ, तब कसरी उहाँ ब्रह्माण्ड, अनगन्ती ब्रह्माण्ड सिर्जना गर्न सक्नुहुन्छ ? तसर्थ सर्वोच्च पुरुषोत्तम भगवानलाई बुझ्न पर्याप्त पुण्य गतिविधि चाहिन्छ | भगवद गीतामा भनिएको छ, बहूनां जन्मनाम् अन्ते (भ गी ७|१९) | निराकार दार्शनिक तरिकाले कल्पना गरेपछि, जब कोहि परिपक्व हुन्छ, बहूनां जन्मनाम् अन्ते ज्ञानवान्, जब ऊ वास्तविक रुपमा बुद्धिमान हुन्छ..... जबसम्म उसले बुझ्न सक्दैन कि परमसत्य व्यक्ति सच्-चिद्-आनन्द​-विग्रह​... (ब्र स ५।१) हुनुहुन्छ | ब्रह्मेति परमात्मेति भगवान् इति शब्द्यते | भगवान | त्यो.... वदन्ति तत् तत्त्व​-विदस् तत्त्वं यज् ज्ञानम् अद्वयम् (श्री भा १।२।११) | यो श्रीमद भागवतममा भनिएको छ: " जसलाई परमसत्य थाहा छ, तिनीहरुलाई थाहा छ कि ब्रह्म, परमात्मा र भगवान, उनीहरु एक हुन् | यो बुझाईको विभिन्न स्तरमात्र हो |" जस्तै यदि तपाईले एउटा पहाड टाढाबाट देख्नुहुन्छ, तपैले निराकार, अस्पष्ट, केहि बादल जस्तो देख्नुहुन्छ | यदि तपाई अझ अघि बढ्नुहुन्छ, तब तपाईले केहि हरियो देख्नुहुन्छ | र यदि तपाई वास्तवमा त्यो पहाडमा जानुहुन्छ, तपाईले त्यहाँ धेरै पशु, रुख, मानिस देख्नुहुनेछ | त्यसैगरी, जो परमसत्यलाई टाढाबाट जान्ने प्रयास गर्दैछन्, तिनीहरु अनुभव गर्दैछन्, कल्पनाबाट, निराकार ब्रह्म | जो अझ अघि छन्, योगी, उनीहरुले स्थानबद्ध स्वरूप देख्छन् | ध्यानावस्थित​-तद्-गतेन मनसा पश्यन्ति यं योगिनः (श्री भा १२|१३|१) | तिनीहरुले देख्न सक्छन्, ध्यानावस्थित​ ऊभित्र स्थानबद्ध | यो परमात्मा लक्षण हो | र जो भक्त छन्, उनीहरु कृष्ण, सर्वोच्च पुरुषोत्तम भगवान देख्छन्, आँखा अगाडी, एउटा व्यक्ति र अर्को | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद २|२|१३) |