NE/Prabhupada 0606 - हामी भगवद्-गीता यथारूप प्रचार गर्दैछौं । यो भिन्नता छ



Room Conversation -- January 8, 1977, Bombay


भारतीय मानिस (१): यहाँको दैनिक आय कति छ ? उनीहरु तपाइको आफ्नो दैनिक आय, पुस्तक विक्रीको दैनिक आय जान्न चाहन्छन् |

प्रभुपाद: पुस्तक विक्री ? पाँच देखि छ लाख |

भारतीय मानिस (१): ठिक छ |

प्रभुपाद: तपाईले विक्रीबाट कल्पना गर्न सक्नुहुन्छ |

भारतीय मानिस (१): र कति जना मानिसहरु चल्दै छन् | यो पत्रिका मुस्किलले एक डलर पर्छ | अमेरिकामा एक रुपैयाँ | (हिन्दि).... उनीहरुको लागि पत्रिका |

प्रभुपाद: यो वृतचित्र हो | र युरोपेली र..... उनीहरु मुर्ख र धुर्त होइनन् कि उनीहरु अरु धार्मिक पुस्तक खरिद गर्न इच्छा गर्छन्, न उनीहरुको बाइबल | तपाई देख्नुहुन्छ ? यसको धेरै महान शक्ति छ | त्यसैले परिस्थिति अनुरुप, अब हामीले यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन संयुक्त प्रयास गर्नुपर्छ | म अहिले एक्लै गर्दैछु, यिनीहरुको मदतले..... तर कोहि भारतीय आउँदैनन् | यो कठिनाइ छ |

असोक छुगनी: मलाई लाग्छ, सबै सम्मानका साथ्, धेरै भारतीयहरु आफ्नै गाउँ वा आफ्नै जिल्लामा कार्यहरु गर्ने प्रयास गर्दैछन् |

प्रभुपाद: कसैले गरेका छैनन् |

असोक छुगनी: मेरो मतलब, यदि तपाई हालसालै भारत्पुत जानु भएको भए, करिब ५,२०० ओछ्यानहरु नेत्र-यज्ञको आगी थिए, आँखा को शल्यक्रियाको लागि |

प्रभुपाद: मलाई थाहा छ | त्यो मलाई थाहा छ | तर म यो संस्कृतिको कुरा गर्दैछु |

असोक छुगनी: संस्कृति, हो |

भारतीय मानिस (१): त्यो एउटा मानिसले दिने साधारण मदत हो |

भारतीय मानिस (२): (अस्पष्ट).... कर्म-भाग, कोहि ख्याल राख्दैछन् |

भारतीय मानिस (१): कसैले सक्दैन......

असोक छुगनी: भक्तिमा र.....

प्रभुपाद: तर एउटा कुरा भनेको हामी भगवद गीता यथारूप प्रचार गर्दैछौं | भगवद गीतामा कुनै बयान छैन कि तपाई मानिसको आँखाको ख्याल राख्नुहोस् | त्यहाँ कुनै त्यस्तो बयान छैन | त्यो तपाइद्वारा उत्पादित हो | तर हामी भगवद गीता यथारूप प्रचार गर्दैछौं | त्यो भिन्नता हो | हाम्रो प्रचार भनेको आँखालाई राहत दिनु भन्दा, उसलाई यतो प्रकारले राहत दिनुहोस् कि उसले पुन: आँखासहितको शरीर स्विकार्नु नपरोस् | तपाईले त्यस समस्याको समाधान निकाल्न सक्नुहुन्न | कोहि आँखाको ख्याल राख्दैछन्, कोहि औंलाको, कोहि कपालको, कोहि अर्को, जनेन्द्रियको, र त्यस्तै, त्यस्तै | यसले समस्या समाधान गर्दैन | समस्या भनेको, जसरी भगवद गीतामा भनिएको छ, जन्म​-मृत्यु-जरा-व्याधि-दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | यो बुद्धिमानी हो | जब तपाईले जन्म लिनुहुन्छ, तब तपाईसँग आँखा हुनेछ, तपाईको आँखामा समस्या हुनेछ, व्याधि | जन्म-मृत्यु-जरा-व्याधि | यदि तपाई जान-मृत्यु स्वीकार्नुहुन्छ, तब जन्म-मृत्युको बीचमा व्याधि र जरा हुन्छ | तपाईले स्विकार्नु पर्छ | तपाईले केहि राहत दिन सक्नुहुन्छ, तर तपाईले स्विकार्नु पर्छ | त्यसैले त्यो समाधान होइन | समाधान भनेको कसरी यो जन्म-मृत्यु-जरा-व्याधि रोक्नु हो | त्यो समाधान हो | त्यो ठुलो समाधान हो | त्यसैले हामी त्यस कुरा दिंदैछौं - कुनै आँखाको समस्या हुनेछैन | मुख्य रोग.... मानौं एक मानिस रोगी छ, कहिलेकाही उसको टाउको दुख्छ, कहिलेकाही आँखा दुख्छ, कहिलेकाही औंला दुख्छ, र तपाई टाउको दुखाईको लागि केहि औषधि लगाउँदै हुनुहुन्छ | त्यो समाधान होइन | समाधान भनेको मानिस यो रोगबाट पिडित छ | कसरी यसलाई निको पार्ने ? त्यसैले भगवद गीता त्यस प्रयोजनको लागि हो | त्यक्त्वा देहं पुनर् जन्म नैति (भ गी ४|९) | र जब तपाई अर्को शरीर स्वीकार्नुहुन्छ-क्लेशद | न साधु मन्ये यतो आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देहः (श्री भा ५|५|४) | असन्न् अपि | यो शरीर स्थायी छैन | त्यसैले किनकि शरीर स्थायी छैन, रोग पनि स्थायी छैन | त्यसैले कृष्णको सुझाव भनको तांस् तितिक्षस्व भारत​ | मात्रा-स्पर्शास् तु कौन्तेय शीतोष्ण​-सुख​-दुःख​-दाः (भ गी २|१४) | तपाई समाधान निकाल्नुहोस् - त्यो महानतम समाधान हो, कि कसरी जन्म-मृत्यु रोक्ने | तर त्यो तिनीहरुलाई थाहा छैन, कि यसलाई रोक्न सकिन्छ | तिनीहरु केवल आफ्नो अस्थायी समस्यासँग व्यस्त छन् | र तिनीहरु त्यसलाई धेरै महान रुपमा लिंदैछन् | महान के हो ? मानौ यदि यहाँ तपाईको एउटा फोका छ | केवल सुईले घोचेर (फुकेको आवाज निकाल्नुहुन्छ) के यो निको हुन्छ ? शल्यक्रिया हुनुपर्छ, पिपलाई निकाल्नुपर्छ | त्यसैले यो अभियान त्यस प्रयोजनको लागि हो | यो जन्म-मृत्युको लागि होइन, मेरो मतलब, अस्थायी जरा-व्याधि | त्यो ठिकै छ, तर कृष्ण भन्नुहुन्छ - यदि हामी कृष्णको सुझाव लिन्छौं, भगवद-गीता - त्यो समस्या होइन | यदि थोरै समस्या हुन्छ, तांस् तितिक्षस्व भारत​ | वास्तविक समस्या जन्म-मृत्यु-जरा-व्याधि (भ गी १३|९), यसलाई रोक्ने प्रयास गर्नुहोस् | त्यो बुद्धिमानी हो | त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति क्औन्तेय (भ गी ४|९) | त्यो संस्कृति हो, त्यो शिक्षा हो - अस्थायीबाट धेरै झन्झटमा नपर्ने | त्यो धेरै बुद्धिमानी होइन | उनीहरुलाई यो संस्कृति, कृष्ण भावना दिनुहोस् | हामीसँग यो शरीर छ | जबसम्म तपाईसँग यो शरीर छ, तपाईले आँखालाई राहत दिनुहोला तर अर्को समस्या आउनेछ | यो पक्का छैन कि आँखालाई राहत दिएर उसले सम्पूर्ण किसिमको रोगबाट राहत पाउँछ | त्यो चल्नेछ, चल्दैछ, जन्म-मृत्यु,.......अँ, मात्रा-स्पर्शास् तु कौन्तेय (भ गी २|१४) | त्यसैले राहत दिनुहोस्, वास्तविक राहत, कसरी रोक्ने...... त्यो हाम्रो वैदिक सभ्यता हो, कि तपाई पिता बन्नुहुँदैन, तपाई माता बन्नुहुँदैन, यदि तपाईले आफ्ना बच्चालाई जन्म र मृत्युको चक्रबाट सुरक्षा दिन सक्नुहुन्न | पिता न स स्याज् जननी न सा स्यात् न मोचयेद् यः समुपेत​-मृत्युम् (श्री भा ५|५|१८) | यो वास्तविक समस्या हो | वास्तविक संस्कृति भनेको "यो बच्चा मकहाँ आएको छ, त्यसैले उसलाई यस्तो प्रकारले पालिम दिनुपर्छ कि पुन: शरीर स्विकार्नुपर्दैन |" किनकि जब हामीले शरीर स्वीकार्छौं...... यो धेरै कठिन विषय हो, अवश्य पनि, बुझ्नलाई, तर भगवद गीतामा सिकाइएको छ, यदा यदा हि धर्मस्य ग्लानिर् भवति (भ गी ४|७) | जब मानिस यो समस्या बिर्सन्छन्, जन्म-मृत्यु-जरा-व्याधि, कृष्ण व्यक्तिगत रुपमा उनीहरुलाई सिकाउन आउनुहुन्छ कि "यो तिम्रो समस्या हो |"