NE/Prabhupada 0607 - हाम्रो समाजमा तिमीहरु सबै गुरुभाई, गुरुबहिनी हौ



Lecture on SB 1.3.13 -- Los Angeles, September 18, 1972


ऋषभदेव​, उहाँले सिकाउनुभयो कि "मेरा परिता पुत्रहरु, यो जीवन, मानव जीवन, सुँगुर र कुकुरजसरी नाश गर्नको लागि होइन |" इन्द्रियतृप्ति सुँगुरमा हुन्छ- अझ राम्रो सुविधा | कुनै प्रतिबन्ध हुँदैन | कुनै प्रतिबन्ध हुँदैन | मानव समाजमा कम्तिमा केहि आधिकारिक प्रतिबन्ध हुन्छ | मात्रा स्वस्रा दुहित्रा | सबै शास्त्रमा भनिएको छ,"कुनै......." तर समाजहरु छन् - हामी छलफल गर्न चाहँदैनौं - जो माता, बहिनि र छोरीसँग पनि यौन सम्बन्ध राख्छन् | तर यो पहिले पनि थियो | त्यस्तो होइन, धेरै सामान्य | तर शास्त्रमा भनिएको छ, मात्रा स्वस्रा दुहित्रा वा नाविविक्तासनो भवेत् (श्री भा ९|१९|१७) | "तिमी एकान्त स्थानमा आफ्नी आमासँग, बहिनीसँग, छोरीसँग पनि नबस |" मानिस भन्न सक्छन्,"कोहि मुर्ख वा सबभन्दा पतितमात्र आना, बहिनि र छोरीको सङ्गले उत्तेजित हुन्छ |" होइन | शास्त्रमा भनिएको छ बलवान् इन्द्रिय​-ग्रामो विद्वांसम् अपि कर्षति | "इन्द्रियहरु यति बलियो छन् कि एउटा विद्वानपनि उत्तेजित हुन सक्छ |" ऊ उत्तेजित हुन्छ, आमा, बहिनि र छोरीको उपस्थितिमा पनि | त्यसैले इन्द्रियहरु धेरै बलियो छन् | बलवान् इन्द्रिय-ग्राम: | यो प्रतिबन्धित छ | अरुको के कुरा गर्नु | तसर्थ, सामान्य नैतिक शिक्षा र वैदिक सभ्यता भनेको आफ्नी श्रीमती बाहेक कुनै पनि स्त्रीलाई आमाको रुपमा स्विकार्नु हो | मातृवत् पर​-दारेषु | पर​-दारेषु | सबजनाको विवाह हुन्छ | दार भनेको पत्नी | पर-दारेषु, अरुको पत्नी | यो मतलब हुँदैन कि उनी सानी वा ठुली छिन तर उनलाई आमाको रुपमा व्यवहार गर्नुपर्छ | तसर्थ वैदिक संस्कृतिमा चलन छ कि, जब कसैले अर्की स्त्रीलाइ देख्छ, उनलाई "आमा", माताजीको रुपमा सम्बोधित गरिन्छ | तत्काल,"आमा" | त्यसले नाता बनाउँछ | स्त्रीले अपरिचित पुरुषलाई छोराको रुपमा व्यवहार गर्छिन् र अपरिचित पुरुषले अपरिचित स्त्रीलाई आमाको रुपमा ववहार गर्छन् | यो वैदिक सभ्यता हो | त्यसैले हामी धेरै सावधान हुनुपर्छ | हाम्रो समाजमा, तपाईहरु सबै गुरुभाई, गुरुबहिनी हुनुहुन्छ | वा जो विवाहित छन्, उनीहरु आमा जस्तै छन् | त्यसैले तपाई धेरै सावधान हुनुपर्छ | तब तपाई धीर, शान्त रहनुहुनेछ | यो ब्राह्मण योग्यता, ब्राह्मण संस्कृति हो | यो होइन कि "किनकि मसँग सुन्दर स्त्रीसँग मिसिने सुविधा छ, त्यसैले मैले फाइदा उठाउनेछु र उनीहरुलाई शोषण गर्नेछु |" वा केटिहरुले लिनेछन्....... होइन | तसर्थ हाम्रो प्रतिबन्ध: अवैध सम्बन्ध नराख्ने | धीर बन्नुपर्छ | तब भागवत् चेतनाको प्रश्न आउँछ | पशुले भागवत् चेतना प्राप्त गर्न सक्दैनन् | तसर्थ विशेषगरी धिराणाम् उल्लेख गरिएको छ | वर्तम | जुन बाटो उहाँले देखाउनुभयो, त्यो धीरको लागि हो, अधीरको लागि होइन | धीराणाम् | र यो यति राम्रो छ कि सर्वाश्रम​-नमस्कृतम् | सबै आश्रमहरुले सराहना गर्नेछन् र प्रणाम गर्नेछन् | सबै आश्रम भनेको ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ, र सन्यास | त्यसैले स्त्रीसँग व्यवहार..... विशेषगरि पुरुषहरुको लागि उपदेश दिइएको छ | सबै साहित्य, सबै बैदिक साहित्य, यिनीहरुमा विशेषगरि पुरुषको लागि उपदेश छ | स्त्रीले पतिको अनुसरण गर्नुपर्छ | त्यति हो | पतिले पत्नीलाई उपदेश दिनेछन् | त्यस्तो कुनै कुरा छैन कि केटि ब्रह्मचारी आश्रम लिन विद्यालय जानुपर्छ, वा अध्यात्मिक गुरुकहाँ उपदेश लिन जानुपर्छ | त्यो वैदिक विधि होइन | वैदिक विधिमा पुरुषलाई पूर्ण उपदेश दिइन्छ, र स्त्री, केटि पुरुषसँग विवाहित हुनुपर्छ | पुरुषको धेरै पत्नी भए पनि, बहुविवाह, हरेक महिला विवाहित हुनुपर्छ | र उनले पतिबाट उपदेश ल्लिनुपर्छ | यो वैदिक विधि हो | महिलालाई विद्यालय, कलेज, वा अध्यात्मिक गुरुकहाँ जाने अनुमति हुँदैन | तर पति र पत्नी, उनीहरु दीक्षित हुन सक्छन | यो वैदिक विधि हो | त्यसैले धीराणाम् वर्तम | किनकि मानिसहरु सर्वप्रथम सज्जन हुनुपर्छ | तब कृष्ण र भागवत् चेतनाको कुरा | यदि ऊ पशु छ, उसले के बुझ्न सक्छ ? यो वैदिक प्रक्रिया हो | धीराणाम् | धीर भनेको सज्जन हुपर्छ, पूर्णता सज्जन | सबै स्त्रीलाई "आमा"को रुपमा सम्बोधित गर्नुपर्छ | मातृवत् पर​-दारेषु पर​-द्रव्येषु लोष्ट्रवत् | यो तालिम हो, कि एकले अरुको पत्नीलाई आमाको रुपमा मान्नुपर्छ, र अरुको पैसालाई सडकको फोहोरको रुपमा | कसैले त्यसको मतलब गर्दैन | त्यसैगरी, अरुको पैसा छुनुहुँदैन | कसैले आफ्नो पर्स बिर्सिए पनि, सडकमा पैसाको थैली, कसैले त्यसलाई छुँदैन | त्यस मानिसलाई फर्केर लिन देउ | त्यो हो सभ्यता हो | पर​-द्रव्येषु लोष्ट्रवत्, आत्मवत् सर्व​-भूतेषु | र अरु सबै जीवलाई आफुजस्तै व्यवहार गर्ने | यदि कसैले मलाई चिमोट्छ, मलाई दुख्छ | किन मैले अरुलाई चिमोट्ने ? यदि कसैले मेरो घाँटी काट्छ, म धेरै दु:खी वा व्यथित हुन्छु | किन मैले अरु पशुको घाँटी काट्ने ? यो हो सभ्यता | यो हो वैदिक सभ्यता हो | र यो होइन कि पशुलाई मार्दै जाने र स्त्री, नग्न स्त्री खोज्दै जाने, व्यापार गर्ने | यो सभ्यता होइन | यो मानव सभ्यता होइन |