NE/Prabhupada 0612 - जसले जिह्वाग्रे, जिब्रोद्वारा हरे कृष्ण जप्छ, ऊ गौरवशाली हुन्छ



Lecture on SB 3.28.19 -- Nairobi, October 29, 1975


छ गोस्वामीहरु, उहाँहरु सधैं संग्लग्न हुनुहुन्थ्यो, कृष्णोत्कीर्तन​, ठुलो स्वरले जप्दै | उही प्रक्रिया हामी अनुसरण गर्दैछौं: सधैं ठुलो स्वरले जप्नेल् अर्चनामा संग्लग्न हुने | सधैं कृष्ण भावनाको सम्भावना छ | सुविधाहरु छन् | चैतन्य महाप्रभुले हामीलाई सिकाउनुभएको छ कीर्तनीयः सदा हरिः (चै च आदि १७|३१) | अनि प्रेक्षनीय​," ऊ हेर्न लायक हुन्छ |" हामी धेरै कुराहरु हेर्न अभ्यस्त छौं | त्यो हाम्रो बन्धन हो | अक्ष्नोः फलं | यदि आँखाले तपाईले अर्च विग्रह, वैष्णवलाई हेर्नुहुन्छ...... वैष्णव, तिलकसँग, कन्ठीसँग, जप मालासँग, जब तपाईले देख्नुहुन्छ...... र व्यवहारिक रुपमा तपाईलाई थाहा छ | जब तिनीहरु यी हरे कृष्ण अभियानका मानिसहरु देख्छन्, तिनीहरु पनि "हरे कृष्ण" जप्छन्, अरुलाई मौका दिंदै | पहिरन पनि चाहिन्छ | तपाई सधैं तिलक, कन्ठी र सिखा, सुत्रबाट सुसज्जित हुनुपर्छ | तब, जब एक साधारण मानिसले देख्छ,"ओहो, यहाँ हरे कृष्ण मानिस छ | हरे कृष्ण," उसले जप्नेछ | स्वत: तपाईले उसलाई हरे कृष्ण जप्ने मौका दिनुहुनेछ | त्यसैले यो चाहिन्छ | मुर्ख धुर्तहरु, तिनीहरु भन्छन् कि "यसको, त्यसको के आवश्यकता छ ?" होइन | यो आवश्यक छ | तपाई सधैं वैष्णव जसरी सजिनुपर्छ | त्यो आवश्यक छ | त्यसैले प्रेक्षणीय​: "हेर्न धेरै सुन्दै |" अन्यथा कसरी तिनीहरु प्रभावित भए ? तत्काल तिनीहरु यति पुण्य हुन्छन् कि तिनीहरु हरे कृष्ण जप्छन् | हरे कृष्णको जप त्यति सजिलो छैन | धेरै मानिसहरु यहाँ आउँछन्, तर जब जप हुन्छ, तिनीहरु जप्दैनन् किनकि यो सजिलो छैन | यज्-जिह्वाग्रे नाम तुभ्यम् | शास्त्रमा भनिएको छ, अहो बत श्व​-पचतो ऽपि गरीयान् यज्-जिह्वाग्रे नाम तुभ्यम् | जो हरे कृष्ण जप्दैछ, जिह्वाग्रे, जिब्रोबाट, ऊ चण्डालको परिवारमा जन्मिए पनि ऊ प्रशंसनीय हुन्छ | ऊ प्रशंसनीय हुन्छ | यज्-जिह्वाग्रे नाम तुभ्यम् | त्यसैले हामी यो मौका दिन्छौं | जब उसले हरे कृष्ण जप्छ, तत्काल ऊ प्रशंसनीय हुन्छ | तत्काल प्रशंसनीय हुन्छ | अहो बत श्व​-पचतो ऽपि गरीयान् यज्-जिह्वाग्रे ना..., तेपुस् तपस् ते (श्री भा ३|३३|७) | त्यो भनेको उसको अघिल्लो जीवनमा उसले धेरै यज्ञ सम्पन्न गरिसकेको छ | तसर्थ ऊसँग हरे कृष्ण जप्ने योग्यता छ | तेपुस् तपस् ते जिहुवुः सस्नुर् आर्या (श्री भा ३|३३|७) | तिनीहरु वास्तवमा आर्या हुन्, आर्यन्, जो हरे कृष्ण जप्दैछन् | त्यसैले हामीले आफैं सधैं हरे कृष्ण जप्ने अभ्यास गर्नुपर्छ | कीर्तनीय: सदा हरि:, चैतन्य महाप्रभुले सिफारिश गर्नुभयो | तृणाद् अपि सुनीचेन​, तरोर् अपि सहिष्णुना, अमानिना मानदेन​, कीर्तनीयः सदा हरिः (चै च आदि १७|३१) हरि-नाम, यो हरे कृष्ण मन्त्रको जप, सधैं अभ्यास गर्नुपर्छ | हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे/ हरे राम, हरे राम, राम राम, हरे हरे | त्यसैले प्रेक्षणीय इहितं ध्यायेत् | यो ध्यान हो | ध्यायेत् शुद्ध​-भावेन​, शुद्ध​-भावेन​ | कृत्रिम होइन | तर यदि तपाईले कृत्रिम रुपले गर्नु भए पनि, तपाई जपद्वारा शुद्ध हुनुहुनेछ | कृत्रिम रुपले यदि हामी गर्छौं....... त्यो शास्त्रमा छ | तब पनि, पवित्र नामको जप यति शक्तिशाली छ कि याले तपाईलाई....... किनकि यो भगवानसँगको प्रत्यक्ष सङ्ग हो | ध्यायेत | त्यसैले जब तपाईले जप्नुहुन्छ, तत्काल ध्यान हुन्छ, शुद्ध-भावेन चेतसा, चेतनाबाट, मनबाट, बुद्धिबाट | त्यसैले यो सिफारिश छ |