NE/Prabhupada 0613 - हामीले ख्याल राख्नुपर्ने विशेष छ कुराहरु



Lecture on BG 2.13-17 -- Los Angeles, November 29, 1968


नन्दरानी: जब गृहस्थ महिलाले उनीहरुको बच्चा कृष्ण भावनामा हुर्काउँछन्, यो कृष्णप्रतिको अप्रत्यक्ष सेवा देखिन्छ | के उनीहरुले उहाँलाई अझ प्रत्यक्ष सेवा गर्ने प्रयास गर्नुपर्छ, तपाईलाई थाहा छ, हुन सक्छ मन्दिरमा पकाउने, वा केहि यस्तो हुने, अझ प्रत्यक्ष रुपमा, वा के बच्चा हुर्काउनु र केवल घरायसी कार्य गर्नु, के यो पर्याप्त सेवा हो ? के यो पर्याप्त सेवा हो ?

प्रभुपाद: हो, मूल कुरा भनेको हामी कृष्ण भावनाभवित हुनुपर्छ | बिजुलिकरण जस्तै | बिजुलीसँग एउटा तारले छुँदा, अर्कोसँग अर्को जोड्ने, अर्को तार, यदि स्पर्श छ, वास्तविक, तब बिजुली सबैतिर हुन्छ | त्यसैले यदि हाम्रो कृष्ण भावना ठिक ढंगले जोडिएको छ, तब प्रत्यक्ष वा अप्रत्यक्षको कुनै प्रश्न हुँदैन | किनकि परम जगतमा कुनै भिन्नता हुँदैन | जब यो प्रत्यक्ष सम्बन्धसँग जोडिएको हुन्छ....... त्यसलाई गुरु-शिष्य परम्परा भनिन्छ | किनकि आम्बंध एक पछी अर्को गर्दै आउँदैछ, त्यसैले यदि हामी यहाँ छुन्छौं, अध्यात्मिक गुरुलाई जो उनी तरिकाले जोडिएको हुनुहुन्छ, तब बिजुलीको मेल त्यहाँ हुन्छ | प्रत्यक्ष वा अप्रत्यक्षको कुनै प्रश्न छैन | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | हामीले केवल हेर्नुपर्छ कि सम्बन्ध छुटिएको छ कि छैन | यदि सम्बन्ध छ, तब बिजुली कुनै अवरोध बिना आउँछ | त्यसैले हाम्रो बद्ध अवस्थामा धेरै शंका हुन्छन, धेरै कठिनाई | तर उनी कुरा जसरी मैले तिमीलाई उदाहरण दिएँ, कि तत्काल नतिजा पाउन धेरै हतार नगर | केवल हामीले अनुसरण गर्नुपर्छ । हामीले पालन गर्नुपर्छ । तत्-तत्-कर्म​-प्रवर्तनात् (उपदेशामृत ३) | यो रुप गोस्वामीद्वारा सुझाव दिइएको छ | छ कुराको हामीले विशेष ख्याल राख्नुपर्छ, र छ कुरा हामीले नकार्नुपर्छ, कृष्ण भावनामा पूर्ण हुन | त्यसैले उत्साहाद् धैर्यान् निश्चयात् | प्रथम सिद्धान्त भनेको एक धेरै उत्साही हुनुपर्छ | उसले विश्वाश गर्नुपर्छ कि कृष्णले भन्नुभएको छ कि न मे भक्तः प्रणश्यति, "मेरो भक्त कहिल्यै परास्त हुनेछैन |" त्यसैले "म कृष्णको भक्त इमान्दारीपूर्वक बन्छु | म कृष्णको भक्त इमान्दारीपूर्वक बन्नुपर्छ |" यसलाई भनिन्छ उत्साह | अनि धैर्यात् | "म कृष्णको भक्त बनेको छु, तर अझ पनि म खुसी अनुभव गर्दिनँ | कसरी ?" तसर्थ तपाई धैर्य हुनुपर्छ | उत्साह हुनुपर्छ, तपाई धैर्य पनि हुनुपर्छ | र निश्चयात् | निश्चयात् भनेको तपाई आश्वस्त हुनुपर्छ | "ओहो, कृष्णले भन्नुभएको छ कि उहाँको भक्त कहिल्यै परास्त हुनेछैन त्यसैले अवश्य पनि म परास्त हुनेछैन, मैले अहिले अनुभव नगरे पनि | म मेरो कर्तव्य गर्छु |" उत्साहाद् ध्ऐर्यान् निश्चयात् तत्-तत्-कर्म​-प्रवर्तनात् | तपाईले आफ्ना कर्तव्य निर्धारित गरिए अनुसार गर्नुपर्छ | सतो वृत्तेः | तपाईले ...... कुनै छल हुनुहुँदैन | सत् वृत्ते: भनेको सरल व्यवहार, सिधा व्यवहार | स्तो वृत्ते: र साधु सङ्गे, र भक्तको सङ्गमा | त्यसैले एक उत्साही हुनुपर्छ, धैर्य हुनुपर्छ, आश्वस्त हुनुपर्छ, उअले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ, भक्तसँग सङ्ग गर्नुपर्छ, र व्यवहारमा धेरै इमानदार हुनुपर्छ | छ कुरा | यदि यी छ कुरा हुन्छ, अवश्य सफलता |