NE/Prabhupada 0634 - कृष्ण माया शक्तिद्वारा कहिल्यै पनि प्रभावित हुनुहुन्न



Lecture on BG 2.28 -- London, August 30, 1973


तसर्थ, व्यासदेवले देख्नुभयो, अपश्यत् पुरुषं पूर्णम् | उहाँले देख्नुभयो..... जस्तै हवाईजहाज, तपाई बादल माथि जानुहुन्छ | सुर्य बादलबाट थोरै पनि प्रभावित हुँदैन | हवाईजहाजको तल तपाईले ठुलो बादलको थुप्रो देखे तापनि | त्यसैगरी, मायाले कृष्णलाई प्रभावित पार्न सक्दिनन् | तसर्थ भगवद-गीतामा भनिएको छ दैवी ह्य् एषा गुणमयी मम माया | मम माया (भ गी ७|१४), कृष्ण भन्नुहुन्छ,"मेरी माया शक्ति |" कृष्ण कहिल्यै माया शक्तिद्वारा प्रभावित हुनुहुन्न | ठिक बादल जस्तै | तर मायावादी दार्शनिकहरु, तिनीहरु भन्छन् कि जब निराकार परमसत्य आउँछन्, प्रकट हुन्छन्, उनीहरु पनि अवतार स्विकार्छन्, तर उनीहरुको दर्शन भनेको अन्तिममा परमसत्य निराकार हो | जब उहाँ व्यक्तिको रुपमा आउनुहुन्छ, उहाँले माया शरीर स्वीकार्नुहुन्छ | यो मायावाद हो | कृष्णलाई परम भगवानको रुपमा स्वीकार्न सकिन्छ, तर उहाँले भौतिक शरीर स्विकार्नुभएको छ | त्यो भनेको तिनीहरु कृष्णलाई साधारण जीवसँग तुलना गर्न चाहन्छन्, र त्यो भगवद गीतामा वर्जित छ | भनिएको छ कि अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९|११) | किनकि कृष्ण उहाँको मूल रुपमा आउनुहुन्छ...... मूल रुप दुई-भुजा रुपी हुन्छ | यो बाइबलमा पनि स्वीकारिएको छ "मानिस भगवानको तस्विरबाट बनेको हो |" त्यसैले भगवानका दुई भुजा छन् | चतुर्भुज विष्णु रुप पनि मूल रुप हुनुहुन्न | विष्णु रुप शंकर्षणको गौण अभिव्यक्ति हुनुहुन्छ | त्यसैले कृष्ण कहिल्यै मायाद्वारा प्रभावित हुनुहुन्न | यो हो तर्क |