NE/Prabhupada 0635 - आत्मा हरेक शरीरमा उपस्थित हुन्छ,कमिलाभित्र पनि



Lecture on BG 2.30 -- London, August 31, 1973


भक्त: अनुवाद: "हे भरतवंशी, जो शरीरमा अवस्थित छ, ऊ शाश्वत छ र उसलाई कहिल्यै मार्न सकिंदैन | तसर्थ तिमीले कुनै पनि जीवको लागि शोक गर्नुपर्दैन |"

प्रभुपाद: देही नित्यम् अवध्यो ऽयं देहे सर्वस्य भारत​ | देहे, देहे भनेको शरीर, शरीर भित्र | यो शिर्षक सुरु भयो, देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा (भ गी २|१३) | देह, देही | देही भनेको जसको शरीर छ | जस्तै गुणी | आस्थते इन् प्रत (?) | व्याकरण | गुण, देहमा, प्रत(?)मा | देहिन् शब्द​ | देहिन् शब्द को कर्ताकारक देही हो | देही नित्यम्, शाश्वत | धेरै तरिकाले, कृष्णले व्याख्या गर्नुभएको छ | नित्यम्, शाश्वत | अविनाशी, अचल | यसले जन्म लिंदैन, यो मर्दैन, यो सधैं छ, निरन्तर उही छ | न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | यसप्रकारले, फेरी उहाँले नित्यम्, शाश्वत भन्नुहुन्छ | अवध्य, कसैले मार्न सक्दैन | शरीरमा ऊ छ | तर देहे सर्वस्य भारत​ | यो धेरै महत्वपूर्ण छ | यो होइन कि मानव शरीरमा आत्मा छ र अरु शरीरमा छैन | त्यो धुर्तता हो | सर्वस्य | हरेक शरीरमा | कमिलाभित्र पनि, हात्ती भित्र पनि, विशाल वटको रुखभित्र वा जीवाणुभित्र पनि | सर्वस्य | आत्मा छ | तर केहि धुर्तहरु, तिनीहरु भन्छन् पशुको आत्मा हुँदैन | यो गलत हुन्छ | तपाईले कसरी भन्न सक्नुहुन्छ कि पशुको आत्मा छैन ? सबजना | यहाँ कृष्णद्वारा आधिकारिक बयान छ: सर्वस्य | र अर्को स्थानमा, कृष्ण भन्नुहुन्छ, सर्व​-योनिषु कौन्तेय सम्भवन्ति मूर्तयः याः: (भ गी १४|४) जीवनको हरेक योनीमा, जति पनि रुपहरु छन्, ८४,००,००० विभिन्न जीवनका रुपहरु, तासां महद् योनिर् ब्रह्म​ | महद् योनिर् | उनीहरुको शरीरको श्रोत यो भौतिक प्रकृतिको हो | अहं बीज​-प्रदः पिता: "म बिज प्रदायक पिता हुँ |" जसरी पिता वा माता बिना कुनै बच्चा हुँदैन, त्यसैले पिता कृष्ण हुनुहुन्छ र माता भौतिक प्रकृति हुन्, वा भातिक प्रकृति | दुई प्रकृति छन् | त्यो सातौँ श्लोकमा व्याख्या गरिएको छ | भौतिक प्रकृति र अध्यात्मिक प्रकृति | वा वरिष्ठ प्रकृति वा निच प्रकृति | जस्तै हाम्रो शरीरमा निच भाग र वरिष्ठ भाग छन् | शरीर उही हो | तर तब पनि शरीरका विभिन्न भागहरु छन् | तिनीहरु मध्ये कुनैलाई निच मानिन्छ र कुनैलाई वरिष्ठ मानिन्छ | दुई हात पनि | वैदिक सभ्यता अनुसार, दायाँ हात वरिष्ठ हात हो र बायाँ हात निच हात हो | जब तपाई कसैलाई केहि दिन चाहनुहुन्छ, तपाईले दायाँ हातबाट दिनुपर्छ | यदि तपाईले बायाँ हातले दिनुहुन्छ, यो अपमान हुन्छ | दुइवटा हात चाहिन्छ | किन यो हात वरिष्ठत हो, यो हात....? त्यसैले हामीले वैदिक सभ्यता स्वीकार्नुपर्छ | दुवै प्रकृति, अध्यात्मिक प्रकृति र भौतिक प्रकृति, उही श्रोत, परमसत्यबाट आएको भए तापनि...... जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | सबै उहाँबाट आइरहेको छ | अझ पनि, निच प्रकृति र वरिष्ठ प्रकृति छ | निच र वरिष्ठबीच के अन्तर छ ? निच प्रकृति वा भौतिक प्रकृति, भागवत चेतना लगभग शुन्य हुन्छ | जो सतो गुणमा हुन्छन्, तिनीहरुको थोरै भागवत चेतना हुन्छ | र जो रजो गुणमा हुन्छन्, तिन्हारुको थोरै मात्रामा हुन्छ; र जो तमो गुणमा छन्, तिनीहरुमा भागवत चेतना हुँदैन | पूर्ण अनुपस्थित | मात्राहरु |