NE/Prabhupada 0641 - भक्तको कुनै माग हुँदैन



Lecture on BG 6.1 -- Los Angeles, February 13, 1969


भक्त: अध्याय छ | सांख्य योग | श्लोक संख्या एक | "भगवानले भन्नुहुन्छ,"जो कर्मफल प्रति अनासक्त हुन्छ र आफ्नो कर्तव्यको पालन गर्छ, ऊ नै सन्यासी हो र ऊ वास्तविक योगी हो | ऊ होइन जसले कुनै आगो बल्दैन र कुनै कार्य गर्दैन |" (भ गी ६|१) तात्पर्य: यस अध्यायमा भगवानले व्याख्या गर्नुहुन्छ कि अष्टाङ्ग योगपद्धति मन र इन्द्रियहरुलाई नियन्त्रण गर्ने मध्यम हो | तर साधारण मानिसलाई यो सम्पन्न गर्न धेरै कठिन छ, विशेषगरी कलि युगमा | यस अध्यायमा अष्टाङ्ग योगपद्धतिको सिफारिश गरिए तापनि कर्म योग वा कृष्ण भावनामा कार्य गर्ने राम्रो हो भनेर जोड दिनुभएको छ | सबजना यस संसारमा आफ्नो परिवार र सम्पत्तिको रक्षा गर्न कार्य गर्छन्, तर कोहि पनि स्वार्थ, केहि व्यक्तिगत इन्द्रियतृप्ति बिना कार्य गर्दैन, त्यो चाहे केन्द्रित होस् वा विस्तृत | कर्मफल को भोग गर्ने उद्देश्य नराखी कृष्ण भावनामा कार्य गर्नु नै पूर्णताको रहस्य हो | कृष्ण भावनामा कार्य गर्नु हरेक जीवको कर्तव्य हो, किनकि हामी मौलिक रुपले भगवनको अंश हौँ | शरीरका अंगहरु सम्पूर्ण शरीरको अन्तुष्टिको लागि कार्य गर्छन् | शरीरका अंगहरु आफ्नो सन्तुष्टिको लागि होइन राता सम्पूर्ण शरीरको सन्तुष्टिको लागि कार्य गर्छन् | त्यसैगरी जुन जीव, व्यक्तिगत सन्तुष्टिको लागि होइन तर भगवानको सन्तुष्टिको लागि कार्य गर्छ, पूर्ण सन्यासी, पूर्ण योगी हो | "सन्यासीहरु कहिलेकाही कृत्रिम रुपले सोच्छन् कि उनीहरु सम्पूर्ण भौतिक कर्तव्यबाट मुक्त भए, र तसर्थ तिनीहरु अग्नि-होत्र यज्ञ गर्न छाड्छन् |"

प्रभुपाद: केहि यज्ञहरु छ जुन सबैले शुद्धिकरणको लागि गर्नुपर्छ | एक सन्यासीले यज्ञ गर्नुपर्दैन | त्यसैले ती यज्ञको कर्मकाण्ड रोकेर, कहिलेकाही, तिनीहरु सोच्छन् कि तिनीहरु मुक्त भए | तर वास्तवमा, जबसम्म ऊ कृष्ण भावनाको उत्कृष्ठ स्तरमा आउँछ, मुक्तिको कुनै प्रश्न छैन | अघि बढ |

भक्त: "तर वास्तवमा, तिनीहरु स्वार्थ हुन्छन् किनकि तिनीहरुको लक्ष्य निराकार ब्रह्मसँग एकाकार हुने हुन्छ |"

प्रभुपाद: हो | यो माग छ | निराकारवादीहरु, तिनीहरुले एउटा माग गर्छन्, कि परम निराकार व्यक्तिसँग एक हुनु | तर एउटा भक्तको माग हुँदैन | ऊ केवल आफुलाई कृष्णको सन्तुष्टिको लागि कृष्णको सेवा गर्न संग्लग्न हुन्छ | उनीहरु केहि पनि प्रतिफल चाहँदैनन् | त्यो हो शुद्ध भक्ति | जस्तै चैतन्य महाप्रभुले भन्नुहुन्छ, न धनं न जनं न सुन्दरीं कवितां वा जगदीश कामये: (चै च अन्त्य २०|२९, शिक्षष्टक ४) "म केहि धन चाहन्न, म कुनै संख्यामा अनुयायी चाहन्न, म कुनै सुन्दर पत्नी चाहन्न | केब मलाई हजुरको सेवामा संग्लग्न हुन दिनुहोस् |" त्यति हो |यो हो भक्ति योग विधि | जब प्रह्लाद महाराजलाई नृसिंहदेव​ले सोध्नुभयो,"मेरो प्रिय बालक, तिमीले मेरो लागि यति धेरै पिडा भोगिसक्यौ, त्यसैले जे तिमी चाहन्छु, तिमी माग |" उनले अस्विकार गरे | "मेरो प्रिय प्रभु, म हजुरसँग व्यापार गरिरहेको छैन, कि मेरो सेवाको लागि म केहि पारिश्रमिक लिउँ |" यो शुद्ध भक्ति हो | त्यसैले योगी वा ज्ञानी, तिनीहरु माग गर्छन् कि तिनीहरु भगवानसँग एकाकार हुनुपर्छ | किन भगवानसँग एकाकार ? किनकि तिनीहरुसँग तितो अनुभव छ, भौतिक कष्टको कारणले गर्दा | तर एक भक्तसँग त्यस्तो कुरा हुँदैन | भक्त रहन्छ, भगवानबाट अलग भए तापनि, उसले भगवानको सेवामा पूर्ण आनन्द लिंदै हुन्छ | अघि बढ |

भक्त: "त्यस्तो इच्छा कुनै भौतिक इच्छाभन्दा ठुलो हुन्छ | तर यो नि:स्वार्थ हुँदैन | त्यसैगरी आधा-खुला आँखासँग योग अभ्यास गर्ने योगी, सम्पूर्ण भौतिक गतिविधिहरु बन्द गरेर, आफ्नो व्यक्तिगत सन्तुष्टिको लागि केहि इच्छा गर्छ | तर जो व्यक्तिहरु.....

प्रभुपाद: वास्तवमा योगीहरु केहि भौतिक शक्ति चाहन्छन् | त्यो योगको पूर्णता हो | पूर्णता होइन, त्यो एक विधि हो | जस्तै यदि तपाई वास्तवमा योगको नियमको अभ्यास गर्दै हुनुहुन्छ तब तपाईले आठ प्रकारको पूर्णता प्राप्त गर्न सक्नुहुन्छ | तपाई कपास भन्दा हलुका बन्न सक्नुहुन्छ | तपाई ढुंगाभन्दा गह्रौं बन्न सक्नुहुन्छ | तपाईले जे पनि प्राप्त गर्न सक्नुहुन्छ, जे तपाई चाहनुहुन्छ, तत्काल | कहिलेकाही तपाईले एउटा ग्रहको सिर्जना पनि गर्न सक्नुहुन्छ | त्यस्ता शक्तिशाली योगीहरु छन् | विश्वामित्र योगि, उनले वास्तवमा गरे | उनले रुखबाट मानिस प्राप्त गर्न चाहन्थे | "किन मानिस दश महिना आमाको गर्भभित्र बसेर जन्मनुपर्यो ? तिनीहरु फल जस्तै उत्पादित हुन्छन् |" उनले त्यस्तो गरे | त्यसैले कहिलेकाही योगीहरु यति शक्तिशाली हुन्छन्, तिनीहरुले गर्न सक्छन् | यी सब भौतिक शक्ति हुन् | त्यस्ता योगीहरु, तिनीहरु पनि परास्त हुन्छन् | कहिलेसम्म तपाई यो भौतिक शक्तिमा रहन सक्नुहुन्छ ? त्यसैले भक्ति-योगीहरू, उनीहरु केहि त्यस्तो चाहन्नन् | अघि बढ |

भक्त: "तर कृष्ण भावनामा कार्यरत व्यक्तिले कुनै स्वार्थ बिना पूर्णताको सन्तुष्टिको लागि कार्य गर्छ | एक कृष्ण भावनाभवित व्यक्तिको आत्मसन्तुष्टिको कुनै इच्छा हुँदैन | उनको सफलताको मापदण्ड कृष्णको सन्तुष्टि हो | र तसर्थ ऊ पूर्ण सन्यासी वा पूर्ण योगी हो | चैतन्य महाप्रभु, कृष्ण भावनाको सर्वश्रेष्ठ प्रतिक, यस प्रकारले प्रार्थना गर्नुहुन्छ: 'हे सर्वशक्तिमान प्रभु, मलाई धन संग्रह गर्ने कुनै इच्छा छैन, म न् सुन्दरीसँग भोग गर्ने | न म कुनै संख्यामा अनुयायीहरु चाहन्छु | म केवल जन्म-जन्मान्तर हजुरको भक्तिको अहैतुकी कृपामात्र चाहन्छु |"

प्रभुपाद: एक भक्तले मुक्ति समेत चाहँदैन | किन चैतन्य महाप्रभुले "जन्म-जन्मान्तर" भन्नुहुन्छ ? मोक्षवादीहरु, तिनीहरु रोक्न चाहन्छन्, शुन्यावादीहरु, तिनीहरु यो जीवनको भौतिक तरिका रोक्न चाहन्छन् | तर चैतन्य महाप्रभु भन्नुहुन्छ, "जन्म-जन्मान्तर |" त्यो भनेको उहाँ जन्म-जन्मान्तर हरेक प्रकारको भौतिक कष्ट भोग्न तयार हुनुहुन्छ | तर औहन के चाहनुहुन्छ ? उहाँ केवल भगवानको सेवामा संगग्न हुन चाहनुहुन्छ | त्यो हो पूर्णता | मलाई लाग्छ तिमी रोक्न सक्छौ | यहाँ रोक |