NE/Prabhupada 0642 - कृष्ण भावनाले भौतिक शरीरलाई आध्यात्मिक शरीरमा परिवर्तन गरिदिन्छ



Lecture on BG 6.1 -- Los Angeles, February 13, 1969


भक्त: प्रभुपाद ? हजुरले भन्नुभयो कि आत्मा कपालको टुप्पोको दश हजार भागको एक भाग हुन्छ | अध्यात्मिक आकाशमा, के आत्मा त्यति ठुलो हुन्छ ?

प्रभुपाद: हँ ?

भक्त: आत्मा, जब ऊ फर्कन्छ.....

प्रभुपाद: त्यो उसको मौलिक अवस्था हो | अध्यात्मिक आकाशमा वा भौतिक आकाशमा, ऊ उही हुन्छ | तर जसरी तिमी भौतिक जगतमा भौतिक शरीरको विकास गर्छौ, त्यसैगरीअध्यात्मिक जगतमा तिमीले अध्यात्मिक शरीर विकास गर्छौ | तिमीले बुझ्यौ ? तिम्रो अवस्था त्यो सानो कण हो, तर आत्माको विस्तार हुन सक्छ | यो विस्तार भौतिक जगतमा पद्धार्थको सम्पर्कमा हुँदैछ | र अध्यात्मिक जगतमा, त्यो विस्तार आत्मामा हुन सक्छ | यहाँ भौतिक जगतमा म आत्मा हुँ | म यो शरीरभन्दा भिन्न छु किनकि यो शरीर पद्धार्थ हो र म जीवित छु | म जीवन शक्ति हुँ, तर यो भौतिक शरीर जीवन शक्ति होइन | र अध्यात्मिक जगतमा सबै कुरा जीवन शक्ति हुन्छ | त्यहाँ कुनै मृत पद्धार्थ हुँदैन | तसर्थ शरीर पनि अध्यात्मिक हुन्छ | जस्तै पानीसँग पानी, पानी, त्यति हो | तर पानी र तेल - भेद | त्यसैगरी, म आत्मा हुँ, म, भनौं तेल | म पानीमा छु, त्यसैले त्यहाँ भेद छ | तर यदि म तेलमा हुन्छु, तब सबै ठिक हुन्छ | त्यसैले निरकरवादीहरु, तिनीहरु शरीर विकास गर्दैनन् | तिनीहरु केवल आत्माको कण भएर रहन्छन् | त्यो तिनीहरुको विचार हो | तर हामी वैष्णव, हामी कृष्णको सेवा गर्न चाहन्छौं, तसर्थ हामीलाई हात, खुट्टा र मुख र जिब्रो चाहिन्छ, सबै | त्यसैले हामीलाई त्यस्तो शरीर दिइन्छ | जसरी तिमीले आमाको गर्भबाट यो शरीर प्राप्त गर्दैछौ, त्यसैगरी अध्यात्मिक जगतमा हामीले शरीर प्राप्त गर्छौं | आमाको गर्भबाट होइन, तर प्राप्त गर्ने विधि छ, तिमीले प्राप्त गर्न सक्छौ |

भक्त: त्यो कृत्रिम रुपले भने गर्न सकिन्न | कसैले जादु जसरी गर्न सक्दैन |

प्रभुपाद: कृत्रिम रुपले ?

भक्त: हो, कसैले आफ्नो सोचले अध्यात्मिक शरीर विकास गर्न सक्दैन, "ओहो म अध्यात्मिक शरीर विकास गर्नेछु | अभ्यासले |"

प्रभुपाद: यो कृष्ण भावनामृत अभ्यास यो भौतिक शरीरलाई अध्यात्मिक शरीरमा परिवर्तन गर्दैछ | यो कसरी हुन्छ ? मैले यो उदाहरण धेरै पटक दिएको छु, कि तिमि फलामलाई आगोमा हाल | यो जति तातो हुन्छ, यो आगो बन्छ | जब फलाम रातो-तातो हुन्छ- त्यो भनेको फलामले आगोको गुण प्राप्त गरेको छ- तिमि फलामलाई जहाँ पनि स्पर्श गर, यसले आगोको रुपमा कार्य गर्छ | त्यसैगरी, यो शरीर, भौतिक भए तापनि- धेरै उदाहरणहरु छन् | एउटा फलाम, बिजुलिकरण गरिएको, फलाम बिजुली होइन | तर जब यसलाई बिजुलिकरण गरिन्छ, तिमि फलामलाई स्पर्श गर, तिमीले तत्काल बिजुलीको झट्का पाउँछौ | जस्तै बिजुलीको तार | तामा | तर जब यसको बिजुलिकरण हुन्छ, तिमी यसलाई स्पर्श गर, तिमीले बिजुलीको झट्का पाउँछौ | धेरै उदाहरणहरु छन् | त्यसैगरी, यदि तिम्रो शरीरको अध्यत्मिक हुन्छ तब त्यहाँ थोरै पनि भौतिक कार्य हुँदैन | भौतिक कार्य भनेको इन्द्रियतृप्ति | त्यसैले जति कोहि अध्यात्मिक हुन्छ, पद्धार्थ माग शुन्य हुन्छ | कुनै भौतिक गतिविधि हुँदैन | त्यो तिमीले कसरी गर्न सक्छौ ? उही उदाहरण: तिमीले फलामलाई आगोमा निरन्तर राख्नुपर्छ | तिमीले आफुलाई कृष्ण भावनामा निरन्तर राख्नुपर्छ | तब तिम्रो यो शरीर पनि, भौतिक शरीर, अध्यात्मिक हुन्छ | संस्कृत व्याकरण नियम छ जसलाई मयत् भनिन्छ, मयत्-प्रत्यय | मयत् भनेको, एउटा शब्द छ, जस्तै स्वर्णमय | स्वर्णमय भनेको सुनौलो | सुनौलो भन्न सकिन्छ, जब यो शुद्ध सुनबाट बन्छ, त्यो पनि सुनौलो हो | र यदि कुनै कुरा केहि अरु बनेको छ तर सुनको लेप हुन्छ, ठुलो मात्राको सुन, यो पनि सुनौलो हुन्छ | त्यसैले, जब यो भौतिक शरीर केवल अध्यात्मिक गतिविधीबाट पूर्ण हुन्छ, यो पनि अध्यात्मिक हुन्छ | तसर्थ साधुहरु, अवश्य पनि तिम्रो देशमा सबजनालाई बितेपछी चिहानमा हालिन्छ, तर भारतमा वैदिक विधि अनुसार, केवल उच्च व्यक्तित्व, भक्तहरु, उनीहरुको शरीर जलाइँदैन | यसलाई अध्यात्मिक मानिन्छ | एक सन्यासीको शरीर जलाइँदैन किनकि यसै अध्यात्मिक मानिन्छ | यो कसरी अध्यात्मिक हुन्छ ? उही उदाहरण: जब शरीरको कुनै भौतिक गतिविधि छैन, केवल कृष्ण भावनामा अध्यात्मिक गतिविधि, त्यो शरीर अध्यात्मिक हुन्छ | त्यसैले यदि यो शरीर कृष्ण भावनामा पूर्ण हुन्छ, कोहि पनि इन्द्रियतृप्तिको लागि कार्यरत हुँदैन, केवल कृष्णको सन्तुष्टिको लागि, यो संसार तत्काल अध्यात्मिक संसार बन्छ | यसलाई बुझ्न थोरै समय लाग्छ | कृष्णको लागि जे पनि प्रयोग हुन्छ, केवल कृष्णको सन्तुष्टिको लागि, त्यो अध्यात्मिक हुन्छ | जस्तै हामी यो माइक्रोफोन कृष्णको बारेमा बोल्न प्रयोग गर्दैछौं, तब यो अध्यात्मिक हुन्छ | अन्यथा यो प्रसादम् र साधारण खानामा के भिन्नता छ ? हामी प्रसादम् वितरण गर्दैछौं, मानिसले भन्नेछन्,"किन प्रसादम् छ ? उही फल हामी खान्छौं, र तपाईले केवल टुक्रा पार्नुभएको छ, यो प्रसादम् बन्यो ?" तिनीहरुले त्यस्तो भन्न सक्छन् ? यो कसरी प्रसादम् हुन्छ ? तर यो प्रसादम् हो | तिमी यो प्रसादम् खाँदै जाऊ, तिमी अध्यात्मिक हुन्छु | वास्तवमा यो प्रसादम् हो | जस्तै उही उदाहरण, यदि तिमी त्यो फलाम लिन्छौ, तातो फलाम, यदि मैले भन्छु "यो आगो हो |" कसैले भन्न सक्छ,"ओहो यो किन आगो हो ? यो फलाम हो |" म भन्छु "यसलाई स्पर्श गर |" तिमी देख्छौ ? यी कच्चा उदाहरण हुन्, तर त्यो..... जब तिम्रो गतिविधि हरु- वास्तवमा उच्चतम हिसाबले कुनै पद्धार्थ छैन | कुनै पद्धार्थ छैन, सबै कुरा अध्यात्मिक हो किनकि कृष्ण अध्यात्मिक हुनुहुन्छ | कृष्ण पूर्ण आत्मा हुनुहुन्छ, र पद्धार्थ कृष्णको एउटा शक्ति हो | तसर्थ यो पनि आत्मा हो | तर किनकि यसको दुरुपयोग भएको छ, कृष्णको प्रयोजनको लागि होइन, तसर्थ यो पद्धार्थ हो | त्यसैले हाम्रो कृष्ण भावनामृत अभियान सबै कुरालाई पुन: अध्यात्मिक बनाउन हो | सम्पूर्ण सामाजिक अवस्था, राजनैतिक आवस्था, सबै | यो धेरै राम्रो अभियान छ | मानिसले यो बुझ्ने प्रयास गर्नुपर्छ | र यदि हामी वास्तवमा सम्पूर्ण संसारलाई अध्यात्मिक बनाउँछौं- अवश्य पनि त्यो सम्भव छैन, तर आदर्श त्यस्तो छ | तर कम्तिमा यदि व्यक्तिगत रुपमा कसैले यो पुन:अध्यात्मिक बनाउने प्रक्रियामा प्रयास गर्छ, उसको जीवन पूर्ण हुन्छ |