NE/Prabhupada 0643 - जो विकसित छन्, उनीहरुले कृष्णको लागि कार्य गर्नुपर्छ



Lecture on BG 6.1 -- Los Angeles, February 13, 1969


प्रभुपाद: हँ ?

भक्त: प्रभुपाद: भगवद गीतामा लेखिएको छ कि हामीले हालसालै पढ्यौं, कृष्णले हामीलाई प्रदान गर्नुहुन्छ भन्ने श्रद्ध हुनु सम्बन्ध | र गीतामा अझ पनि भनिएको छ कि भगवानले तिनीहरुको मदत गर्नुहुन्छ जसले आफ्नो मदत गर्छन् |

प्रभुपाद: हो |

भक्त: अब कसरी हामीले थाहा पाउने कि हामीले के.....?

प्रभुपाद: आफ्नो मदत गर्छन् भनेको तिमीले आफुलाई कृष्ण अन्तर्गत राख्छौ; त्यो आफुलाई मदत गर्नु हो | र यदि तिमी सोच्छौ,"ओहो म आफुलाई बचाउन सक्छु," तब तिमि आफुलाई मदि गरिरहेका छैनौ | जस्तै यो औंला, जबसम्म यो स्वस्थ हुन्छ, कार्यरत, यदि कुनै समस्या हुन्छ, मैले यसको लागि हजारौं डलर खर्च गर्न सक्छु | तर यदि यो औंला मेरो शरीरबाट काटिन्छ, यदि तिमीले यो औंला आफ्नो खुट्टाले कुल्चिन्छौ, म यसको मतलब गर्दिनँ | त्यसैगरी, आफुलाई मदत गर्नु भनेको आफुलाई उचित अवस्थामा राख्नु, कृष्णको अंशको रुपमा | त्यो वास्तविक मदत हो | अन्यथा तिमीले कसरी मदत गर्छौ ? औंलाले आफुलाई हातको उचित अवस्थामा राखेर र सम्पूर्ण शरीरको लागि कार्य गरेर आफ्नो मदत गर्न सक्छ | त्यो उचित अवस्था हो | यदि औंलाले सोच्छ कि, "म यो शरीरबाट छुतियेरा बस्छु र आफ्नो मदत गर्छु," यो मर्नेछ | त्यसैले जब तिमीले सोच्छौ कि "म स्वतन्त्र बाँच्नेछु, कृष्णको ख्याल नगरी," त्यो मेरो मृत्यु हो | र जब म आफुलाई कृष्णको अंशको रुपमा संग्लग्न गराउँछु, त्यो मेरो जीवन हो | त्यसैले आफ्नो मदत गर्नु भनेको आफ्नो अवस्था थाहा पाउनु र त्यस प्रकारले कार्य गर्नु | त्यो मदत हो | उसको अवास्था थाहा नपाई, उस्ल्ले आफ्नुलाई कसरी मदत गर्न सक्छ ? यो सम्भव छैन | हँ ?

भक्त: तब हामीले सधैं भेदपूर्ण तरिकाले कार्य गर्ने प्रयास गर्नुपर्छ र सधैं कृष्णको सेवा गर्ने र कृष्णबाट सेवा नलिने प्रयास गर्नुपर्छ | सधै अनुभव गर्ने कि हामीले कृष्णको सेवा गर्ने प्रयास गर्नुपर्छ र यो नभन्ने कि हामी यो गर्नेछौं र कृष्णले प्रदान गर्नुहुनेछ, कृष्णले हाम्रो मदत गर्नुहुनेछ |

प्रभुपाद: तिमी कृष्णको सेवा गर्दैछौ, त्यो भनेको तिमी गर्दैछौ | सेवा गर्नु भनेको गर्नु | सेवा गर्नुको मतलब के हो ? वास्तवमा जब तिमी कसैको सेवा गर्छौ, के तिमी केहि गरिरहेका हुँदैनौ ? तिमी कसरी कृष्णको सेवामा संगलग्न हुन्छौ ? तिमी कृष्ण भावना प्रचार गर्न जाँदैछौ, तिमी पकाउँदैछौ, तिमी सफाई गर्दैछौ, तिमी धेरै कुरा गर्दैछौ | त्यसैले कृष्णलाई मदत गर्नु भनेको केहि गर्नु | कृष्णलाई मदत गर्नुको मतलब तिमी चुप लागेर बस्ने होइन | त्यो कृष्ण भावनाभवित गतिविधि हो | जे कार्य पनि तिमीले गर्नुपर्छ, कृष्णको लागि उपयोग गर | त्यो भक्ति हो | अहिले हामीसँग छ, हामीसँग के सम्पत्ति छ ? हामीसँग यो मन छ | ठिक छ, कृष्णको बारेमा सोच | हामीसँग यो हार छ- मन्दिर सफा गर वा कृष्णको लागि पकाउ | हामीसँग खुट्टा छन्- कृष्णको मन्दिर जाऊ | हामीसँग यो नाक छ- ओहो, कृष्णलाई अर्पण गरिएको फुलको वासना लिऊ | त्यसैले तिमीले संग्लग्न गराउन सक्छौ | त्यसैले कृष्ण भावनाभवित संग्लाग्नता भनेको कार्य गर्नु, गतिविधि | अर्जुन, उनी कार्य गर्न अस्विकार गर्दै थिए | र कृष्ण उनलाई कार्य गर्न प्रोत्साहन दिंदै थिए | यो सम्पूर्ण भगवद गीता हो | कृष्ण भावनाको मतलब कुनै कार्य नगर्ने होइन | आफुलाई कृष्ण भावनामा संग्लग्न गराउनु भनेको कार्य गर्नु- कृष्णको लागि | कृष्णले भन्नुहुन्न, अवश्य पनि यस अध्यायमा कृष्णले भन्नुहुनेछ...... उहाँले अर्जुनलाई कहिल्यै भन्नुहुन्न,"मेरो प्रिय मित्र अर्जुन, तिमी यो संसारको वास्ता नगर | बस र ममा ध्यान गर |" के तिमीले भगवद गीतामा देखेको छौ ? यो ध्यान भनको सब नचाहिने कार्य रोक्नु, चुप लागेर बस्नु | तर को कृष्ण भावनामा विकसित हुन्छन्, उनीहरुले कृष्णको लागि कार्य गर्नुपर्छ | जस्तै एउटा बच्चा | केवल घरमा उपद्रव गर्ने | आमाले भन्छिन्,"मेरो प्रिय बच्चा, यहाँ बस |" तर यदि उसले राम्ररी कार्य गर्न सक्छ,"ओहो हुन्छ," आमा सोध्छिन्," मेरो प्रिय बाबु, तिमीले य ओगर्नुप्रछ, तिमीले त्यो गर्नुपर्छ, तिमीले त्यो गर्नुपर्छ |" त्यसैले नचाहिने कुराको लागि चुप लागेर बस्नो | बुद्धिमानको लागि होइन | बेकारको लागि, जति धेरै ऊ बस्छ, कम्तिमा उसले केहि बेकार गर्दैन, त्यति हो | बेकार कुरालाई नकार्ने | त्यो सकारात्मक होइन | यहाँ सकारात्मक गतिविधि छ | त्यसैले नकार्नु कुनै जीवन होइन | सकारात्मक जीवन भने जीवन हो | "यो नगर," जीवन होइन | "यो गर," जीवन हो | तर आथिक तरिकाले गर्नको लागि, केहि "नगर"हरु छन् | "नगर" जीवन होइन, "गर" जीवन हो | सम्पूर्ण भगवद गीता "गर" छ | "मेरो लागि युद्ध गर |" कुनै "नगर" छैन | अर्जुन चाहन्थे, "मलाई प्रोत्साहन नदिनुहोस् |" र कृष्णलाई त्यो मन परेन | "तिमी अनार्य जसरी बोल्दैछौ ।" कुतस् त्वा कश्मलम् इदम् अनार्य​-जुष्टम् (भ गी २|२) | "यस प्रकारका शब्दहरु अनार्यद्वारा बोलिन्छ |" उनलाई अनार्य भएको आरोप लागेको थियो | अनार्य | त्यसैले कृष्ण भावना भनेको चुप लगेर बस्नु होइन | हामीसँग कृष्णका सम्पूर्ण लिला गतिविधिले पूर्ण छ | जब तिमी अध्यात्मिक जगतमा जान्छौ, कृष्ण सधैं नाच्दै हुनुहुन्छ | तिमीले त्यहाँ चौबिस घण्टा नाच्नुपर्छ र खानुपर्छ | बस्ने कहाँ छ ? बस्ने कुनै प्रश्न छैन | के तिमीले गोपीहरुले ध्यान गरेको कतै सुनेको छौ ? बस | (हाँसो) के तिमीले सुनेको छौ ? पृथ्वीमा, कृष्ण........ चैतन्य महाप्रभु ? उहाँले गर्नुभयो, जे उहाँले गर्नुभयो, "हरे कृष्ण |" तिमि देख्छौ ? तिमि देख्छु, आत्मा, तिमि आत्मा हौ, कसरी तिमीले आफुलाई शान्त राख्न सक्छौ ? त्यो सम्भव छैन | अर्जुनले अस्विकार गरे, जब..... तिमीले यो अध्यायमा पाउँछौक कि जब अर्जुनलाई सिफारिश गरिएको थियो, "मेरा प्रिय अर्जुन, तिमी ध्यान गर |" उनले तत्काल अस्विकार गरे | "मेरा प्रिय कृष्ण, यो मेरो लागि सम्भव छैन | यो मेरो लागि सम्भव छैन |" त्यो वास्तविक तथ्य हो | यो उनको लागि कसरी सम्भव हुन्छ ? उनी गृहस्थ थिए, उनी राज्य चाहन्थे, उनी देशमा शासन गर्न चाहन्थे | उनको ध्यान गर्ने समय कहाँ थियो ? उनले सिधै अस्विकार गरे | "मेरा प्रिय कृष्ण, यो मेरो लागि सम्भव छैन |" उनले भने कि मन नियन्त्रण गर्नु: वायोर् इव सुदुष्करम् | "यो हावालाई नियन्त्रण गर्नु जति कठिन छ |" त्यो तथ्य हो | तिमीले मन कृष्णमा संग्लग्न गराउनुपर्छ | तब यो नियन्त्रित हुन्छ | अन्यथा, कृत्रिम रुपले तिमीले नियन्त्रण गर्न सक्दैनौ | यो असम्भव छ | अर्जुनले भने, अर्को के कुरा गर्नु | अर्जुन, उनी को हुन् ? व्यक्तिगत रुपमा कृष्णसँग बोल्दैछन् | के तिमीलाई लाग्छ कि उनी साधारण मानिस हुन् ? उनले भने कि यो असम्भव छ | वायोर् इव सुदुष्करम् (भ गी ६|३४) | यो उदाहरण उनले दिएका छन् | चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद् दृढम् (भ गी ६|३४) | "मेरा प्रिय कृष्ण, हजुरले मलाई मन नियन्त्रण गर्न भन्दै हुनुहुन्छ | यो यति शक्तिशाली छ कि, र अशान्त,- "मलाई लाग्छ कि मनलाई नियन्त्रण गर्नु हावालाई नियन्त्रण गर्नु बराबर छ |" "यदि बतास चल्छ, के तिमी यसलाई नियन्त्रण गर्न सक्छौ ? त्यसैले उनले यो उदाहरण दिन्छन् | तिनीले मन तब नियन्त्रण गर्न सक्छौ जब तिमीले मनलाई कृष्णको चरणकमलमा एकाग्र गर्छौ, त्यति हो | तिम्रो मनमा कुनै नचाहिने कुरा आउन सक्दैन, केवल कृष्ण | त्यो ध्यानको पूर्णता हो |