NE/Prabhupada 0647 - योग भनेको भगवानसँगको सम्बन्ध



Lecture on BG 6.2-5 -- Los Angeles, February 14, 1969


भक्त: श्लोक संख्या चार | "एक व्यक्तिले योग प्राप्त गरेको मानिन्छ जब सम्पूर्ण भौतिक इच्छा त्यागेर, उसले न इन्द्रियतृप्तिको लागि कार्य गर्छ न फल प्रदायक गतिविधिहरुमा संग्लग्न हुन्छ (भ गी ६|४) |"

प्रभुपाद: हो | यो योग विधि, योग अभ्यासको पूर्णताको स्तर हो | एक व्यक्तिले योग प्राप्त गरेको मानिन्छ | त्यसको मतलब, योग भनेको सम्बन्ध | जस्तै, उही उदाहरण | मानौं यो औना मेरो शरीरभन्दा बाहिर थियो | वा यो औंला नलिऔं, कुनै यन्त्रको भाग लिऔं | यो यन्त्र भन्दाबाहिर छ, त्यसै बस्दै | र जब तपाईले यन्त्रसँग जोद्नुहुन्छ, यो विभिन्न कार्य सहित काम गर्छ | कटाकट, कटाकट, कटाकट, यसले काम गर्छ | मतलब योग, यो जोडिएको छ | त्यसैगरी, हामी अहिले छुट्टिएका छौं | यी भौतिक गतिविधिहरु, फल प्रदायक गतिविधिहरु, तिनीहरु केवल समय नाश गर्ने भनेर वर्णित छन् | मुढ | मुढ | तिनीहरु भगवद गीतामा मुढको रुपमा वर्णित छन् | मुढ भनेको धुर्त | किन ? त्यस्तो ठुलो व्यापारी ? तपाई भन्नुहुन्छ धुर्त, किन ? उसले दैनिक हजारौं डलर कमाउँदैछ | तर तिनीहरु मुढ, धुर्तको रुपमा वर्णित छन्, किनकि तिनीहरु यति मेहेनत गर्दैछन्, तर उसले के भोग गर्दैछ ? उसले उही मात्रामा खाने, सुत्ने र मैथुन गर्ने भोग गर्दैछ | त्यति हो | एउटा मानिस जसले दैनिक लाखौं डलर कमाउँदैछ, यसको मतलब यो होइन कि उसले लाखौं स्त्रीसँग मैथुनको आनन्द लिन सक्छ | होइन | त्यो सम्भव छैन | उसको मैथुन गर्ने क्षमता उही छ जुन एउटा दश डलर कमाउने मानिससँग छ | उसको खाने क्षमता उही छ जुन एउटा दश डलर कमाउने मानिससँग छ | उसले सोच्दैन कि "मेरो जीवनको आनन्द उही मात्रामा छ जुन एउटा दश डलर कमाउने मानिससँग छ | तब किन म दैनिक लाखौं डलर कमाउनको लागि यति धेरै मेहेनत गर्दैछु ? किन म मेरो शक्ति त्यस प्रकारले नाश गर्दैछु ?" तपाई देख्नुहुन्छ ? तिनीहरुलाई भनिन्छ मुढ | न मां दुष्कृतिनः- वास्तवमा ऊ संग्लग्न हुनुपर्ने थियो, जब उसले दैनिक लाखौं डलर कमाउँछ, उसले आफुलाई, आफ्नो समय र शक्तिलाइ संग्लग्न गराउनु पर्ने थियो, कसरी भगवानलाई बुझ्ने, जीवनको प्रयोजन के हो | किनकि उसको आर्थिक समस्या छैन | त्यसैले ऊसँग पर्याप्त समय छ, उसले कृष्ण भावना वा भागवत भावनामा उपयोग गर्न सक्छ | तर उसले त्यस प्रकारले भाग लिंदैन | तसर्थ ऊ मुढ हो | मुढ भनेको, वास्तवमा मुढ भनेको गधा | उसको बुद्धि त्यति राम्रो हुँदैन | एउटा व्यक्तिले योग प्राप्त गरेको मानुन्छ जब उसले सम्पूर्ण भौतिक इच्छा त्यागेको हुन्छ | यदि कोहि योगमा पूर्ण छ, तब ऊ सन्तुष्ट हुन्छ | उसको कुनै भौतिक इच्छा हुँदैन | त्यो पूर्णता हो | उसले न इन्द्रियतृप्तिको लागि कार्य गर्छ न फल प्रदायक गतिविधिहरुमा संग्लग्न हुन्छ | फल प्रदायक गतिविधिहरु पनि, फल प्रदायक भनेको तपाईले इन्द्रियतृप्तिको लागि केहि कमाउनुहुन्छ | एक मानिस व्यवहारिक रुपमा केहि इन्द्रियतृप्तिमा संग्लग्न हुन्छ, र एक मानिस इन्द्रियतृप्तिको लागि पैसा जम्मा गर्दै हुन्छ | फल प्रदायक गतिविधिहरु, मानौं पुण्य गतिविधिहरु | पुण्य गतिविधिहरु, वेद अनुसार, सबैतिर, यदि तपाई धार्मिक हुनुहुन्छ, यदि तपाईले दानमा केहि पैसा दिनुहुन्छ, यो धार्मिक गतिविधि हो | यदि तपाईले केहि पैसा अस्पताल खोल्न दिनुहुन्छ, यदि तपाईले केहि पैसा विद्यालय खोल्न दिनुहुन्छ, नि:शुल्क शिक्षा, यी अवश्य धार्मिक गतिविधिहरु हुन् | तर तिनीहरु इन्रियतृप्तिको लागि पनि हुन् | मानौं मैले केहि दान शिक्षा वितरणको लागि दिएँ | तब मेरो अर्को जीवनमा मैले शिक्षाको लागि राम्रो सुविधा पाउनेछु, म धेरै शिक्षित हुनेछु, वा शिक्षित भएर मैले राम्रो पद प्राप्त गर्नेछु | तर अन्त्यमा, विचार के हुन्छ ? यदि मैले राम्रो पद प्राप्त गर्नेछु, यदि मैले राम्रो स्थान प्राप्त गर्नेछु, मैले त्यसलाई कसरी उपयोग गर्नेछु ? इन्द्रियतृप्तिको लागि | राम्ररी, त्यति हो | किनकि मलाई अरु केहि थाहा छैन | त्यो हो फल प्रदायक गतिविधि | यदि म स्वर्ग जान्छु, जीवनको राम्रो स्तर | मानौं, तपाईको अमेरिकामा, भारतमा भन्दा राम्रो स्तरको जीवन | तर यसको मतलब के हो "राम्रो स्तरको जीवन" ? उही खानु, सुत्नु, राम्रो ढंगमा, त्यति हो | तपाईले केहि बढी गर्नुभएको छैन | तिनीहरु पनि खाँदैछन् | तिनीहरु केहि मोटो अन्न खाँदैछन्, तपाई धेरै राम्रो कुरा खाँदै हुनुहुन्छ | तर खानु | खानुभन्दा पर होइन | त्यसैले मेरो राम्रो स्तरको जीवन भनेको कुनै अध्यात्मिक अनुभूति होइन | राम्रो स्तरको खानु, सुत्नु, मैथुन गर्नु, त्यति हो | यसलाई भनिन्छ फल प्रदायक गतिविधि | फल प्रदायक गतिविधि पनि इन्द्रियतृप्तिको अर्को स्वरूप हो, तर यो इन्द्रियतृप्तिको आधारमा छ | र योग भनेको परमब्रह्मसँगको सम्बन्ध | जब परमब्रह्म जोदिनुहुन्छ, जस्तै ध्रुव महाराज | जब उनले भगवान, नारायण देखे.... ती बालक कठिन तपस्या गर्दै थिए, भगवानलाई देख्न | उनले देखे | तर जब उनले देखे, उनले भने, स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे (चै च मध्य २२|४२) | "मेरा प्रिय प्रभु, म अहिले पूर्ण रुपले सन्तुष्ट छु | मलाई केहि सोध्न चाहन्न, हजुरबाट केहि आशिर्वाद |" किनकि आशिर्वाद के हो ? आशिर्वाद भनेको तपाईले धेरै राम्रो राज्य प्राप्त गर्नुहुन्छ वा धेरै राम्री पत्नी, वा धेरै राम्रो भोजन, धेरै राम्रो | यी कुराहरु हामी आशिर्वादको रुपमा मानिन्छ | तर वास्तवमा जब अकोही भगवानसँग जोडिन्छ, उसले त्यस्तो केहि आशिर्वाद इच्छा गर्दैन | ऊ सन्तुष्ट हुन्छ | पूर्ण रुपले सन्तुष्ट | स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे (चै मध्य २२|४२) | यो ध्रुव महाराजको इतिहास, मैलेधेरै पटक भनिसकें, कि उनी बच्चा थिए, पाँच वर्षका | उनी आफ्ना सौतेनी आमाबाट अपमानित भएका थिए | उनी आफ्ना पिताका काखमा बस्दै थिए, वा उनी प्रयास गर्दै थिए | र उनकी सौतेनी आमाले भनिन्,"ओहो तिमी आफ्ना पिताका काखमा बस्न सक्दैनौ किनकि तिमि मेरो गर्भमा जन्मिएका होइनौ |" किनकि उनी क्षत्रिय बालक थिए, पाँच वर्षको भए तापनि, उनले ठुलो अपमानको रुपमा लिए | उनी आफ्नै आमाकहाँ गए | "आमा, सौतेनी आमाले मलाई यसरी अपमानित गर्नुभयो |" उनी रुँदै थिए | आमाले भनिन्,"मैले के गर्न सक्छु, मेरो प्रिय बाबु ? तिम्र पिताले तिम्री सौतेनी आमालाई धेरै प्रेम गर्छन् | मैले के गर्न सक्छु ?" "होइन, म मेरो पिताको राज्य चाहन्छु | भन्नुहोस् मैले कसरी प्राप्त गर्न सक्छु |" आमाए भनिन्,"मेरो प्रिय बाबु, यदि कृष्ण, भगवानले तिमीलाई आशिर्वाद दिनुहुन्छ, तिमीले प्राप्त गर्न सक्छौ |" "भगवान कहाँ हुनुहुन्छ ?" उनले भनिन्,"हामीले सुनेका छौं भगवान जङ्गलमा हुनुहुन्छ | महान ऋषिहरु त्यहाँ जान्छन् र खोज्छन् |" त्यसैले उनी जङ्गल गए र कठिन तपस्या गरे र उनले भगवानलाई देखे | तर जब औंले भगवान, नारायणलाई देखे, उनी आफ्ना पिताको राज्यप्रति अझै आतुर थिएनन् | अझै आतुर थिएनन् | उनले भने ,"मेरो प्रिय प्रभु, म सन्तुष्ट छु, पूर्ण सन्तुष्ट | म केहि चाहन्नँ, मेरो राज्य, मेरा पिताको राज्य |" उनले तुलना दिए कि "म केहि ढुंगा खोज्दै थिएँ तर मैले बहुमुल्य गहना प्राप्त गरें |" त्यसको मतलब उनी धेरै सन्तुष्ट थिए | जब तपाई वास्तवमा आफुलाई भगवानसँग जोड्नुहुन्छ, तब तपाईले आफुलाई यो भौतिक जगतको आनन्दभन्दा लाखौं गुणा सन्तुष्ट पाउनुहुन्छ | त्यो भागवत साक्षात्कार हो | त्यो योगको पूर्णता हो |